Wednesday 10 Mangshir, 2071 |
Menu

खेल

नेपालको लगातार दोस्रो हार

  • मङ्गलबार १७ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
Ad MyNepal Nagarik
(1 Vote)
काठमाडौँ, १७ वैशाख। बर्मुडामा जारी विश्व क्रिकेट डिभिजन–३ (आइसिसी) प्रतियोगिताअन्तर्गत सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपाल युगान्डासँग पराजित भएको छ। आइतबारको पहिलो खेलमा अमेरिकासँग ९४ रनले हार व्यहोरेको नेपाल गएराति सम्पन्न खेलमा युगान्डासँग ६ विकेटले पराजित भएको आइसिसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
समरसेट क्रिकेट क्लबको मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलब २ ओभरमा सबै विकेट सकाएर ११६ रनको योगफल तयार पारेको थियो। एक सय १७ रनको झिनो विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको युगान्डाले २७ ओभरमा ४ विकेट गुमाएर १३८ बल बाँकी छँदै नेपालले प्रस्तुत गरेको लक्ष्य भेटायो ।

नेपाली खेलाडी अमृत भट्टराई र चन्द्र साउदले समान एक एक विकेट लिए भने बसन्त रेग्मीले दुई विकेट खसाले। त्यसैगरी खेलमा नट आउट रहेका कप्तान पारस खड्काले १० बलमा एक चौका प्रहार गर्दै ६ रन बनाए। १ चौका प्रहार गरेका सुभास खकुरेलले मात्र ५ रन बनाए भने प्रदीप ऐरीले एक छक्का र ४ चौकाको मद्दतमा २४ रन जोडे। १ छक्का र २ चौका प्रहार गरेका पृथु बास्कोटाले १८ रन बनाए।

खेलमा अभिजित चन्द्र साउदले ३ रन, बसन्त रेग्मीले ४ रन, ज्ञानेन्द्र मल्लले १० रन, बिनोद भण्डारीले १८ रन बनाए भने अनिल भट्टराई र शरद भेषावकरले एक रन पनि बनाउन नसक्दै पेभिलियन फर्के। नेपाली खेलाडी लामो समयसम्म क्रिजमा टिक्न नसक्नु नै पराजयको मुख्य कारण रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

आज नेपालले आयोजक बर्मुडासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको चौथो खेलमा नेपालले ओमनको सामना गर्नेछ भने २१ गतेको अन्तिम खेलमा नेपाल र इटाली आमनेसामने हुनेछन्।
‍‍गर या मरको अवस्थामा मनाङ

‍‍गर या मरको अवस्थामा मनाङ

काठमाडौं- साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबले सोमबार गर या मरको अवस्थामा किंग्स कप फुटबलमा घरेलु टोली उगेन एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ। भुटानमा हरेक वर्ष लोकप्रिय बन्दै गएको किंग्स कपमा...

क्यान विवाद मैदानमा छताछुल्ल

क्यान विवाद मैदानमा छताछुल्ल

काठमाडौं- यु–१९ महिला राष्ट्रिय च्याम्पियनसिपको फाइनल कीर्तिपुरको पारिलो मैदानमा जनकपुरलाई नतिजा सुम्पँदै सम्पन्न भइसकेको थियो। विजेता जनकपुरसँगै उपविजेता विराटनगरलाई ट्रफी उचाल्दै खुसी मनाउने हतारो थियो।

अझै थप चाहन्छन् उनीहरु

अझै थप चाहन्छन् उनीहरु

लन्डन- गुस हिडिंक र फाबियो कापेलो युवाहरूको खेलका हजुरबुबा हुन्। डच प्रशिक्षक हिडिंक र इटालियन नागरिक कापेलो दुवैको उमेर ६८ वर्ष पुगिसकेको छ। दुवैले करिअरको उत्कर्षमा विभिन्न टोलीमा नियुक्ति र...

स्थापित हुँदै भारतीय सुपर लिग

स्थापित हुँदै भारतीय सुपर लिग

नयाँ दिल्ली- खेलको स्तर र ढल्कँदो उमेरका खेलाडीको प्रदर्शनले दर्शकलाई सन्तुष्ट पार्न सकेको छैन। तर, भव्यताका साथ सुरु गरिएको पाँच साता नबित्दै भारतको नयाँ फुटबल लिग एसियाको लोकप्रिय लिगमा स्थापित...

स्पेन र इङाल्यान्ड विजयी

स्पेन र इङाल्यान्ड विजयी

पेरिस- इङ्ल्यान्ड र साविक विजेता स्पेनले युरो २०१६ को छनोटअन्तर्गत शनिबार घरेलु मैदानमा विजय हासिल गरे पनि केही अप्रत्यासित नतिजा निस्केका छन्। समूह 'इ' मा इङल्यान्ड्ले स्लोभानियालाई ३–१ हराएको थियो।...

युरोमा रोनाल्डोको कीर्तिमान

युरोमा रोनाल्डोको कीर्तिमान

बर्लिन- पोर्चुगलले युरो कप छनोट फुटबलमा अल्मेरियालाई १–० ले हराएसँगै क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपको अहिलेसम्मकै उच्च गोलकर्ता बनेका छन्। विश्वकप विजेता जर्मनीले शुक्रबार जिब्राल्टारलाई ४–० ले पराजित गर्योई। जर्मनी रहेको...

भगवतीले जितिन् कांस्य

भगवतीले जितिन् कांस्य

काठमाडौं- नेपालले थाइल्यान्डको फुकेटमा बुधबार सुरु चौथो एसियाली बिच खेलकुदमा पहिलो पदक जितेको छ। साम्बो खेलाडी भगवती माझीले ५२ केजी तौल समूहबाट नेपाललाई कांस्य पदक दिलाइन्। भगवती सेमिफाइनलमा काजकिस्तानकी खेलाडीसँग...

तीनदिवसीयमा पहिलो पराजय

तीनदिवसीयमा पहिलो पराजय

काठमाडौं– नेपालले श्रीलंकामा जारी प्रथम श्रेणीको मान्यताप्राप्त तीनदिवसीय खेलमा पहिलो हार बेहोरेको छ। राजेश पुलामीले सानदार ब्याटिङ गरे पनि नेपाल मंगलबार कुरुनगेला कम्बाइन–११ सँग ८७ रनले पराजित भयो।