Friday 9 Shrawn, 2071 |
Menu

खेल

एन्फा महासचिवले स्वर्ण पदक पाउने

(0 votes)
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव धीरेन्द्र प्रधानलाई एसियाली फुटबल महासंघ (एएफसी) ले सर्भिस अवार्डअन्तर्गत स्वर्ण पदकबाट सम्मानित गर्ने भएको छ।

एएफसीको बिहीबार हुने विशेष साधारण सभामा महासचिव प्रधान सम्मानित हुनेछन्। एएफसी मुख्यालय मलेसियामा हुने कार्यक्रममा भाग लिन प्रधान मंगलबारै त्यसतर्फ प्रस्थान गरेका छन्।
'सर्भिस अवार्ड लिन उहाँ मलेसिया जानुभएको छ,' एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, 'फुटबलमा लामो योगदान पुर्यालएवापत उहाँले सम्मान पाउन लाग्नुभएको हो।
सन् १९८४ को पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण पदक जित्दा प्रधान टोलीका सदस्य थिए। खेलाडी र एन्फा पदाधिकारीका रूपमा उनी लगातार फुटबलमा आबद्ध छन्। चार वर्षअघि एन्फा महासचिव भएका प्रधान अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पनि हुन्।
एएफसीले सर्भिस अवार्ड, स्वर्ण, रजत र कांस्य गरी तीन विधामा दिँदै आएको छ। ३० बर्षभन्दा लामो समय फुटबल विकासमा योगदान पुर्या्उने स्वर्णबाट सम्मानित हुन्छन्।
पाँच वर्षअघि एन्फा अध्यक्ष गणेश थापा तथा तीन वर्षअघि एन्फा उपाध्यक्षद्वय महेश विष्ट र नरेन्द्र श्रेष्ठ उक्त अवार्डबाट सम्मानित भएका थिए।
एएफसीको विशेष साधारण सभाले अध्यक्षसहित केही पदको निर्वाचनसमेत गर्नेछ। सन् २०१० को एएफसी निर्वाचनबाट अध्यक्ष चुनिएका मोहम्मद बिन हमाममाथि भ्रष्टाचारको आरोप लागेपछि विश्व फुटबल महासंघ (फिफा) ले उनीमाथि प्रतिबन्ध लगाएको थियो। हमामको बर्हिगमनसँगै झाङ जिलोङ एएफसीको कार्यवहाक अध्यक्ष थिए। युएईका युसुफ अल सर्काल, साउदी अरेबियाका हाफेज अल मेडलेज, थाइल्यान्डका वारावी माकुदी र बहराइनका शेख सलमान विन इब्राहिम अल खालिफा एएफसी अध्यक्षका प्रत्याशी हुन्।
'समितिको प्रस्ताव अर्थहीन'

'समितिको प्रस्ताव अर्थहीन'

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले बिहीबार १७औं एसियाली खेलकुदमा पदक सम्भावना भएका र पदक नजिक पुग्न सक्ने खेलमात्र सहभागिता गराउनुपर्ने बताएका छन्।

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

काठमाडौं-दुई महिनापछि दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदमा नेपालबाट २४ खेलमा २ सय १७ खेलाडी सहभागी गराउने तयारी भइरहेको छ।

कप्तान जेरार्डको संन्यास

कप्तान जेरार्डको संन्यास

लन्डन– इङ्ल्यान्डका कप्तान स्टेभन जेरार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेको इङ्ल्यान्डको फुटबल एसोसिएसनले सोमबार जनाएको छ। युक्रेनविरुद्ध वेम्बलीमा २–० को विजय हात पार्दा राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका लिभरपुलका मिडफिल्डर जेरार्डले...

बिदा मनाउन आउँदा सात कीर्तिमान

बिदा मनाउन आउँदा सात कीर्तिमान

काठमाडौं- लन्डनबाट बिदा मनाउन आएकी ११ वर्षे किशोरी गौरिका सिंहले १९औं राष्ट्रिय खुला तथा १२औं ग्यालेक्सी कप अन्तरस्कुल पौडी च्याम्पियनसिपमा सात नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन्।

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

काठमाडौं- निर्वाचनको बहानामा एक वर्ष सरेको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको द्वन्द्वका कारण यो वर्ष पनि नहुने भएको छ।

स्वारेज बार्सिलोनामा पक्का

स्वारेज बार्सिलोनामा पक्का

बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाले उरुग्वेका स्ट्राइकर लुइस स्वारेज अब सतप्रतिशत आफ्नो टोलीको खेलाडी भएको बताएको छ। अघिल्लो सिजन लिभरपुलमा बिताएका स्वारेज गत साता ७ करोड ५० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध...

२० वर्षअघिको त्यो दिन

२० वर्षअघिको त्यो दिन

रियो द जेनेरियो– कोलम्बिया २० वर्षअघि विश्वकपको क्वार्टरफाइनल पुगेको भए राष्ट्रिय टोलीका रक्षक एन्ड्रेस इस्कोबारको हत्या गरेको अन्तर्राष्ट्रिय लज्जाजनक घटनाबाट देश बच्ने थियो। 

अमेरिकालाई पछि पार्दै बेल्जियम अन्तिम आठमा

अमेरिकालाई पछि पार्दै बेल्जियम अन्तिम आठमा

साल्भाडोर- अतिरिक्त समयमा केभिन डि ब्रोएन र रोमेलु लुकाकुको गोलको मद्दतले अमेरिकालाई २-१ ले पराजित गर्दै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा निर्धारित ९० मिनेटमा कुनै गोल...