Monday 3 Kartik, 2071 |
Menu

समाज

च्याउँ खाँदा ४ विरामी, २ को अवस्था गम्भीर

  • शुक्रबार २० बैशाख, २०७०
  • भीम चापागाईं
  • DISQUS_COMMENTS
(0 votes)

इलाम – विशाक्त च्याउ खाएपछि धुसेनी गाउँ विकास समितिको एकै परिवारका चारजना विरामी परेका छन्। विरामीमध्ये दुईको अवस्था गम्भीर छ। खानासँगै च्याउको तरकारी खाएपछि धुसेनी–१ का ५५ वर्षीय बालकृष्ण ढुङ्गेल, उनकी श्रीमती ५५ वर्षीया चेतकुमारी, छोरा २७ वर्षका भोला र बुहारी रञ्जना विरामी परेका हुन्।

उनीहरुमध्ये चेतकुमारी र रञ्जनाको अवस्था गम्भीर रहेको बालकृष्णकै जेठा छोरा स्थानीय शिक्षक नेत्र ढुङ्गेलले बताए। नेत्रले भने 'रञ्जनाको होस् खुलेको छैन। आमाको भर्खरै बोलीसम्म खुलेपनि होसको कुरा गर्नुहुन्न।'

विरामी चारैजनाको अहिले मंगलबारेस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। गम्भीर विरामी दुई जनालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको नेत्रले बताए।

मंगलबारे गाविस–६ याक्सीका भीम खनालको घरमा उत्पादन गरिएको पराले च्याउ ल्याएर खाएपछि परिवारका सबै विरामी परेको उनले बताए। आजै विहान १० बजेतिर खाना खानेबित्तिकै बेहोस् बनेका चारै विरामीलाई उपचारका लागि तत्कालै मंगलबारे ल्याइएको नेत्रले जनाए।

उद्योगपीडित किसानलाई आठ करोड क्षतिपूर्ति

रौतहट– बाढीको समयमा रौतहटका तीन उद्योगले रसायन मिसिएको पानी छाडेपछि धानबालीमा व्यापक क्षति पुगेको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटले ती उद्योगहरूलाई दण्डित गर्ने निर्णय सुनाएको छ। विभिन्न रिपोर्टका आधारमा उद्योगहरू...

बाग्मती नदीको दुबै किनारामा उद्यान बन्ने

काठमाडौं-नेपाल टेलिकमले बाग्मती नदीको दुबै किनारामा उद्यान निर्माण गर्ने भएको छ। उद्यान निर्मण गरी संञ्चालन गर्न अधिकार सम्मपन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग आज टेलिकमले सम्झौता गरेको छ।

तिहारमा उत्सव बत्ती नबाल्न प्राधिकरणको आग्रह

तिहारमा उत्सव बत्ती नबाल्न प्राधिकरणको आग्रह

काठमाडौं—नेपाल विद्युत् प्राधिकरणले तिहारमा उत्सब बत्ती नबाल्न आग्रह गरेको छ। ६८ मेगावाट विद्युत् उत्पादन घटेको भन्दै प्राधिकरणले उच्च विद्युत् खपत गर्ने उपकरणहरु फ्रिज, आइरन, राइस कुकुर, एयरकन्डिसन जस्ता सामग्री कात्तिक...

१२ लाखको चाँदीसहित एक भारतीय पक्राउ

वीरगन्ज- भारत बिहारको पश्चिमी चम्पारण टिकुलिया घर भएका ३३ वर्षे विजयकुमार सर्राफलाई प्रहरीले २० किलो चाँदीसहित वीरगन्ज भन्सार नाकाबाट पक्राउ गरेको छ। नारायणी अञ्चल प्रहरी कार्यालय, वीरगन्जको 'बिशेष टोलीले सुराकीले...

यात्रुबाहक बसमा २० किलो स्टोन फेला

काठमाडौं- स्थलमार्ग हुँदै उपत्यकामा स्टोन तस्करी हुने गरेको खुलेको छ। एक यात्रुबाहक बसमा प्रहरीले २० किलो विभिन्न प्रकृतिका स्टोन फेला परेपछि पछिल्लो समय स्टोन कारोबारीले उपत्यकामा स्टोन ल्याउन सार्वजनिक यातायातको...

लेन मिच्ने ५ सयलाई कारबाही

काठमाडौं- उपत्यकाका सडकमा सवारीको मनपरी बढेको भन्दै लेन अनुशासनमा कडाइ गर्दै आएको ट्राफिकले एक साता अवधिमा २५ सयभन्दा बढी चालकलाई कारबाही गरेको छ। चालकले लेन मिच्दै जथाभावी सवारी गुडाउन थालेपछि...

पत्रकार घिमिरेको सम्झनामा

पत्रकार घिमिरेको सम्झनामा

काठमाडौं- पत्रकार सञ्जीव घिमिरेको सम्झनामा नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाले आइतबार श्रद्धान्जली सभा आयोजना गरेको छ। हृदयघातका कारण शनिबार निधन भएका पत्रकार घिमिरेको सम्झनामा नेपाल रिपब्लिक मिडियाको कार्यालय बागदरबार सुन्धारामा...

हिमपातमा ज्यान गुमाउने ४० पुगे

पोखरा/जुम्ला- 'हुडहुड' आँधी प्रभावले उच्च हिमाली क्षेत्रमा भएको हिमपात र हिमपहिरोमा ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। मनाङ र मुस्ताङमा बिहीबार थप १० शव फेला परेका छन्। मुस्ताङमा ९ नेपाली...