12 Bhadra, 2072 |
Menu

समाज

republica-header

ist-cc

बन्दको माइकिङ गर्ने परिषद्का तीन कार्यकर्ता प्रहरी नियन्त्रणमा

(0 votes)
इलाम, वैशाख – आमहड्ताललाई सहयोग गर्न आग्रहका साथ माइकिङ गर्दै हिँडेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्धसंघीय लिम्बुवान राज्य परिषद्का पाँच कार्यकर्तालाई प्रहरीले सदरमुकामबाट आज दिउँसो नियन्त्रणमा लिएको छ। इलाम बसपार्कमा बन्दलाई प्रभावकारी बनाउन भन्दै माइकिङ गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका परिषद्का जिल्ला उपाध्यक्ष पहलमान सुब्बा, कार्यकर्ताहरु चन्द्र लिम्बू र भीम एक्तेनलाई नियन्त्रणमै राखेर अरु दुई विद्यार्थीलाई भने छाडिएको प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले बताए। 
इलाम उद्योग वाणिज्य संघ, होटल एशोसिएसन, पूर्वेली ट्याक्सी व्यवसायी संघ, पूर्वेली मजदुर संघ, बिल्याँटे बजार व्यवस्थापन समिति र पूर्वेली ट्याक्सी व्यवसायी संघ उपसमिति बरबोटेले आइतबार संयुक्त प्रेश विज्ञप्ती प्रकाशित गरी बन्दले सर्वसाधारण तथा व्यवसायीलाई प्रत्यक्ष असर परेकाले बन्द फिर्ता लिन आग्रह गरेका छन्। बन्दले जनजीवन प्रभावित भएपछि प्रहरीले बजार खुलाउने प्रयास गरेको थियो। बन्दले मेची राजमार्गमा अलपत्र परेका यात्रुलाई स्कर्टिङ्ग गरी गन्तव्यमा पुर्याउन सहयोग गरेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

खुकुरी प्रहारबाट ८ घाइते, घटनामा संलग्न ३ पक्राउ

ओखलढुंगा– जन्तरखानी–२ ठाडे बजार बस्ने १०–१२ जना व्यक्तिहरु मादक पदार्थ सेवन गरी एकआपसमा झगडा भएपछि खुकुरी प्रहार गर्दा सिद्धिचरण नगरपालिका–३ बस्ने २३ वर्षीय सुमन राईसहित ८ जना घाइते भएका छन्।

ललितपुरमा करिब दुई सय ट्रक गाँजाका बोट नष्ट

ललितपुर– ललितपुर जिल्लाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले यस जिल्लामा प्रहरीले हाल अभियानका रूपमा काम गरी करिब ४ सय युवकलाई लागू पदार्थ दुव्र्यसनबाट मुक्त गर्न प्रयास गर्नुका साथै...

६ वर्षीया बालिका बालात्कृत

रौतहट–रौतहटको चन्द्रपुरमा नगरपालिकामा एक ६ वर्षीया बालिकामाथि बालात्कार भएको छ । चन्द्रपु नगरपालिका–१२ बसन्तपुरटोलमा १९ वर्षीय अजयराम चमारले छिमेकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

मरिण खोलाले बगाएर ६० वर्षे वृद्धको मृत्यु

सिन्धुली– जिल्लाको कपिलाकोट–८ स्थित मरिणखोला तर्ने क्रममा एक बृद्धको खोलाले बगाएर ज्यान गएको छ।

त्रिशुली तर्न तुइनको सहारा (भिडियो)

काठमाडाैं–पुलको विकल्पमा तुइनबाट नदी पार गर्नु त्रिशुली किनाराका स्थानीयको बाध्यता बनेको छ। धादिङको त्रिशुली नदी किनाराका वस्तिका सर्वसाधारण जोखिम मोलेर तुइनबाट नदी पार गरेरै अाफ्नो दिनचर्या विताउने गरेका छन्। सामान...

बालककी आमाको प्रश्नः मेरो डेढ वर्षको छोराको के दोष थियो?

टीकापुर (कैलाली)-मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ? टीकापुरमा गत सोमबार भएको घटनामा मृत्यु भएका बालक टेकबहादुरकी आमा यशोदा साउद सबैसँग यसरी नै प्रश्न गरिरहन्छिन्।

बसामाडीका किशोरी यौनका कुरामा निर्धक्क

काठमाडौँ-यौनका कुरा चल्दा लाजले भुतुक्कै हुने बसामाडीका किशोरी अहिले निर्धक्कसँग समाधानको गाँठो फुकाइदिन साथीसङ्गी वा आफन्तसँग आग्रह गर्ने गर्छन्।

ब्याँजा नकः वनेगु अर्थात् भ्यागुताको पूजा गरी भोजन खुवाइयो

भक्तपुर-जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् । वर्षा गराउने दूत तथ प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभिन्न परिकारका भोजन...