19 Ashad, 2072 |
Menu

समाज

ist-cc

चौध हिमाल आरोहण गरेर कीर्तिमान राख्ने दाजुभाइ

  • आइतबार २२ बैशाख, २०७०
  • नारायण न्यौपाने/रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौँ- सङ्खुवासभा मकालु गाविस– ९ नुर्वचौरका दुई शेर्पा आरोही दाजुभाइले पर्तवारोहणका क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेका छन्। पर्वतारोही मिङमा शेर्पा र छाङदावा शेर्पाले आठ हजार मिटर भन्दामाथिका विश्वका १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन्।


पर्वतारोही शेर्पाको परिवारले पर्वतारोहणका क्षेत्रमा निकट भविष्यमै अर्को नयाँ कीर्तिमान लेखाउने तयारीमा लागेका छन्।

उनीहरुका छ दाजुभाइले एकैसाथ यस वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी गरिरहेका छन्। सगरमाथा आरोहण गर्ने क्रममा शेर्पाका चार दाजुभाइ अहिले आधार शिविर पुगेका छन् भने मिङमा र छाङदावा केही दिनभित्रै त्यसतर्फ जाँदै छन्। विश्वमा आठ हजार अग्लो चौध हिमालमध्ये आठ वटा नेपालमा पर्दछन्।

कीर्तिमानधारी पर्वतारोही मिङमार र छाङदावाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफलतापूर्वक आरोहण गर्ने आफूहरु पहिलो नेपाली भएको दाबी गरे। उनीहरुले सन् २००० देखि हालसम्मको अवधिमा ती हिमालको आरोहण गरेका हुन्।

उनीहरुले सगरमाथा, मकालु, लोत्से, ब्रोड पीक, दामी काङ, नागा पर्वत, मनास्लु, लाङटाङ लिरुङ, कञ्चनजङ्गा, कञ्चनजङ्गा जी–१ जी–२, अन्नपूर्ण, धौलागिरि, के–२ र सीइसा पाङमा हिमालको आरोहण गरी सकेको जानकारी गराइयो।

मिङमाले १६ र छाङदावाले १७ वर्षको उमेरदेखि हिमाल आरोहण अभियानमा सहभागी भएका हुन्। उनीहरुले आरोहण गरेका १४ वटा हिमालमध्ये पर्वतारोहणका लागि सबैभन्दा अप्ठ्यारो पाकिस्तानको के–२ हिमाल जोखिमपूर्ण रहेको अनुभव रहेको सुनाए।

आफूहरुले कुनै आर्थिक लाभलाई भन्दा विश्वमा कीर्तिमान कायम गर्ने उद्देश्यले पर्वतारोहण क्षेत्रमा लागेको बताउँदै आफ्नो कीर्तिमान विश्व रिकर्डमा नाम दर्ता गराउने प्रयासमा रहेको उल्लेख गरे।

हालसम्म विश्वका ३१ जना पर्वतारोहीले आठ हजार मिटरभन्दा माथिका हिमालको आरोहण गरिसकेकामा मिङमा २४ औँ र छाङदावा ३१ औँ आरोही भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

पर्वतारोहण क्षेत्रमा विश्वमा नेपालको नाम फैलाउन नयाँ रेडर्क कायम गर्न आफूहरु सफल भएको जनाउँदै अब राज्यले आफूहरुलाई पनि केही गरोस् भन्ने चाहना रहेको उनीहरुले बताए।

आर्थिक हिसाबले सामान्य परिवारमा जन्मेर लामो समयसम्म चौँरी गोठालोको रुपमा कार्य गरेको ती दाजुभाइले हिमाली क्षेत्रमा बढ्दै गएको प्रदूषणलाई रोक्न पर्वतारोहीसँग लिएको रोयल्टीको केही प्रतिशत रकम सरसफाइका लागि खर्च गर्न सरकारलाई सुझाव दिए।

पहिरो जाँदा एकको मृत्यु, पाँच घाइते

चरिकोट– दोलखाको गौरीशङ्कर गाविस–९ स्थित सिप्रिङखोला जलविद्युत आयोजनामा शुक्रबार दिउँसो सुख्खा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ। यस घटनामा अन्य पाँचजना घाइते भएका छन्।

जोन जिङको भनाई प्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं- नेपाल पत्रकार महासंघले विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले भूकम्प पीडितलाई अखाद्य बस्तु वितरण गरेको विषयमा सञ्चार माध्यमा आएका समाचार प्रति संयुक्त राष्ट्रसंघअन्तर्गत मानवीय मामिला संयोजन प्रमुख जोन जिङले दिएको अभिव्यक्ति...

उच्च शिक्षाका लागि इक्यान मेला महत्वपूर्ण : योगेश भट्टराई

उच्च शिक्षाका लागि इक्यान मेला महत्वपूर्ण : योगेश भट्टराई

काठमाडौं– भृकुटी मण्डपमा बिहीबारबाट शुरु भएको इक्यान शैक्षिक मेला उच्च शिक्षा अध्ययन गर्ने तयारीमा रहेका विद्यार्थीहरुका लागि महत्वपूर्ण रहेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन्।

बरमझियाको पेडा पसलमा लागू औषध

विराटनगर— सप्तरीको बरमझियास्थित एक पेडा पसलबाट लागुऔषध बरामद भएको छ। त्रिकोल गाविस–८ बरमझियास्थित श्री बाबा बैधनाथ पेडा पसलबाट प्रहरीले छापामारी लागुऔषध बरामद गरेको हो । लागुऔषधसहित पसल संचालक ३२ वर्षीय...

अपहरणको नाटक गर्ने निर्माण व्यवसायी प्रहरी फन्दामा

रौतहट— अपहरणमा परेको नाटक गर्ने एकजना निर्माण व्यवसायी प्रहरी फन्दामा परेका छन्। साहुको ऋण तिर्नु नपरोस् भनेर अपहरणमा परेको नाटक गरी प्रहरीलाई दुःख दिएपछि प्रहरीले सखुअवा धमौरा–७ का छविलाल राउत...

जस्तापातामा कालो बजारी गर्ने पक्राउ

काठमाडा– बजार मूल्यभन्दा बढीमा जस्तापाता बिक्री गर्ने सुर्यविनायक नगरपालिका–१ सल्लाघारीमा कवाडी पसल सञ्चालक ४५ बर्षीय टुनटुन चौधरी र कामदार २२ बर्षीय अवदेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ।

बुटवलमा डाका गर्ने ४ जना पक्राउ

रुपन्देही— हतियार देखाई धनमाल चोरी गरी फरार रहेका चार जनालाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका–१० बस्ने विश्वास श्रेष्ठ, विकाश न्यौपाने, मैनिहवा–१ बस्ने प्रभु दयाल हरिजन...

बस्तीमा ठूलो ढुंगा खस्न लागेपछि ८ घर जोखिममा

खोटाङ– भूकम्पका कारण बस्तीमा ढुंगा खस्न लागेपछि खोटाङको डम्बर्खुसिवालयमा ८ घर जोखिममा परेका छन्। वैशाख–१२ गते गएको भूकम्प र पटक–पटक गएको पराकम्पनले बस्तीभन्दा माथिको ठूलो ढुंगा हल्लिएर खस्न लागेपछि डम्बर्खुशिवालय–४...