18 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

कलंकी चोकमा भूमिगत मार्ग बनाइने

  • आइतबार २२ बैशाख, २०७०
  • ज्ञान न्यौपाने
  • Be the first to comment!
(1 Vote)
काठमाडौं- जेठ पहिलो सातादेखि विस्तार गर्न लागिएको कलंकी–सातदोबाटो–कोटेश्वर दस लेन सडकको कलंकी चोकमा भूमिगत मार्ग (अन्डर पाथ) बनाइने भएको छ। कलंकी क्षेत्रमा सवारी साधनको अत्यधिक चाप हुने भएकाले त्यसलाई व्यवस्थित गर्न यस्तो बाटोको अवधारणा ल्याइएको चक्रपथ सडक विस्तार परियोजनाले जनाएको छ।


nepalipatr-april
व्यस्त चोकमा भूमिगत मार्ग बनेपछि सवारी आगमन सजिलो हुन्छ, यसबाट पैदलयात्रीले समेत सहजै बाटो काट्न सक्छन्।
कलंकी बाहिरबाट उपत्यकामा सवारी साधन भित्रिने प्रमुख स्थान भएकाले त्यहाँ भूमिगत मार्ग निर्माण गर्न लागिएको परियोजनाले जनाएको छ। सडक डिभिजन कार्यालय, ललितपुर तथा परियोजनाका प्रमुख अशोक तिवारी भन्छन्, 'व्यस्त चोकमा भूमिगत मार्ग बनेपछि सवारी आगमन सजिलो हुन्छ, यसबाट पैदलयात्रीले समेत सहजै बाटो काट्न सक्छन्।' भूमिगत बाटो ८ सय ४० मिटर हुने र यो बनाउन एक वर्ष लाग्नेछ। बल्खुबाट कलंकी हुँदै स्वयम्भुतर्फ जाने सवारी साधनलाई भूमिगत मार्ग तथा नैकाप कलंकी हुँदै कालिमाटी जाने सवारी साधन माथिबाट जाने व्यवस्था मिलाइने तिवारीले जानकारी दिए।

चीनको सहयोगमा जेठ ४ देखि सडक विस्तार थालिने भएपछि सडक डिभिजन कार्यालयले सवारी आवागमनका लागि वैकल्पिक बाटो खोज्न महानगरीय ट्राफिक प्रहरीलाई जिम्मा दिएको छ। ' ट्राफिकलाई वैकल्पिक सडक खोजी गर्न जिम्मेवारी दिएका छौं,' तिवारीले भने, 'भूमिगत मार्ग बनाउँन एक वर्ष लाग्ने भएकाले वैकल्पिक मार्ग खोज्न लागिएको हो।' सडक विस्तार अन्तर्गत कलंकीमा भूमिगत मार्ग बनाइने भएकाले वैकल्पिक बाटो खोज्नुपरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

कलंकी चोकमा भूमिगत मार्ग बन्ने भएपछि ट्राफिक प्रहरीले बिहीबार दुईवटा वैकल्पिक रुटबारे गृहकार्य थालेको छ। नैकापबाट खसीबजार निस्किने एउटा र नागढुंगाबाट सीतापाइला निस्किने अर्को गरी दुईवटा रुटबारे छलफल भइरहेको ट्राफिक महाशाखाले जनाएको छ। 'हामीले दुइै रुट पहिचान गरेका छौं, तर यिनीहरूबारे निर्णय भइसकेको छैन,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डिएसपी पवनकुमार गिरीले भने, ' अन्य वैकल्पिक रुट पनि प्रयोग गर्न सकिन्छ।' चक्रपथ परिक्रमा गर्ने सवारी साधनका लागि पनि विकल्प खोजी भइरहेको महाशाखाले बताएको छ।

सडक विस्तारका क्रममा कलंकी–सातदोबाटो क्षेत्रमा बिजुलीका पोल र रुख हटाउने काम थालिएको छ। सडक निर्माणको जिम्मा चीनको सांघाइ कन्स्ट्रक्सन ग्रुपले पाएको छ। यसका लागि चिनियाँ टोली काठमाडौं आइसकेको छ। कोटेश्वर–सातदोबाटो–कलंकी खण्डको कूल १०.३ किलोमिटर सडक विस्तार गर्न पौने चार अर्ब रकम तथा चालिस महिना लाग्ने सडक डिभिजन कार्यालय, ललितपुरले जनाएको छ।

प्रतिक्रिया

बूढापाका लुट्ने गिरोह पक्राउ

बूढापाका लुट्ने गिरोह पक्राउ

ललितपुर- काठमाडौं उपत्यकामा भएका पचासभन्दा बढी एकैप्रकारको लुटको घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। एकआपसमा संकेत र एउटा फलामको टुक्राका भरमा काठमाडौं उपत्यकामा तीन वर्षदेखि लुटमा संलग्न तीन जनासहित...

भूकम्पपीडितलाई थप ११ अर्ब

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई पहिलो किस्ता अनुदान दिन ११ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ थप रकम निकासा गरेको छ। प्राधिकरणले गोरखा, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, दोलखा,...

स्कुल भवन पाउँदा फुरुंग

स्कुल भवन पाउँदा फुरुंग

माल्टा (ललितपुर)- गाउँमुन्तिर राजधानी 'निचोरिएको' कालो पानी (बागमती) खोल्सैखोल्सा तराईतिर लम्कँदैछ। माथितिर खडेरीले फुंग उडेको अग्लो भट्टे डाँडो। ललितपुरको 'कर्णाली' मानिने विकट माल्टा गाविसस्थित ज्ञानज्योति प्राविका विद्यार्थी र अभिभावक अनुहारमा...

सरोगेसीका नाममा लुट्यो ग्रान्डीले

सरोगेसीका नाममा लुट्यो ग्रान्डीले

काठमाडौं- भाडाको कोख (सरोगेसी) सेवा दिने काठमाडौंका केही अस्पतालले भारी शुल्क असुल्दै समय पुग्नुअघि 'जानाजान' सर्जरी गरी नवजात शिशु निकालिरहेको खुलासा भएको छ। नागरिकले गरेको अनुसन्धानबाट समय नै नपुगेका सरोगेट...

पहिले भवन बलियो बनाउनुस्

पहिले भवन बलियो बनाउनुस्

काठमाडौं- गत वर्ष सुरुमै शक्तिशाली भूकम्पबाट सात लाखभन्दा धेरै निजी घरमा क्षति पुग्यो। झन्डै नौ हजारको मृत्यु भयो। २२ हजारभन्दा धेरै घाइते भए। अझै पनि अनुकम्प गइरहेका छन्। पश्चिम नेपालमा...

कागजी ढर्रामा प्रशासन

कागजी ढर्रामा प्रशासन

काठमाडौं- देशमा लोकतन्त्र आएको एक दशक भयो। बर्सेनिजसो सरकार फेरिन्छन्। नयाँ सरकारसँगै नयाँ नयाँ आश्वासन आउँछन्। नयाँ सरकारले नयाँ कार्यक्रम सार्वजनिक गर्छ। जनतालाई आशा र सपना देखाइन्छ। तर, सरकार र...

ट्राफिक जरिवाना बीस गुणासम्म वृद्धि

काठमाडौं- सरकारले सडकमा ट्राफिक नियमविपरीत सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम २० गुणासम्म बढाएको छ। नियम विपरीत सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका...

जेष्ठ नागरिक लुट्ने गिरोह पक्राउ

जेष्ठ नागरिक लुट्ने गिरोह पक्राउ

ललितपुर-काठमाडौं उपत्यकामा भएका पचास भन्दा बढि एकैप्रकारको लुटको घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। एकआपसमा संकेत र एउटा फलामको टुक्राका भरमा काठमाडौं उपत्यकामा तीनवर्षदेखि एकै प्रकारको लुटमा संलग्न तीनजना...