Friday 5 Baishak, 2071 |
Menu

समाज

अनिश्चितकालीन बन्द अवज्ञा गरेको भन्दै लिम्बुवानद्वारा पाँच गाडी तोडफोड

  • आइतबार २२ बैशाख, २०७०
  • अमर खड्का
  • DISQUS_COMMENTS
(0 votes)
इटहरी- मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताहरुले आफूहरुले आह्वान गरेको अनिश्चितकालीन बन्दको अवज्ञा गरेको भन्दै आज इटहरीमा पाँच गाडी तोडफोड गरेका छन्। उनीहरुले बा २ ख ९९५६, को १ ख १७८९, ना २ ख ६८३६, को १ च ४२७१ र को १ च ६८३४ नम्बरका गाडी तोडफोड गरेका हुन्।


चार प्रमुख दलले संघीय गणतन्त्र धर्मनिरपेक्ष नेपाललाई उल्ट्याएर ०४७ सालको संविधान लागू गर्ने षड्यन्त्र गरेको, निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली र गृह मन्त्रालयले जन्मको आधारमा वितरण गरिएको नागरिकतालाई वंशजको आधारमा वितरण गर्न लागेको विरोधमा परिषद्ले वैशाख २१ गतेदेखि अरुण–सप्तकोशी पूर्व लिम्बुवानमा अनिश्चितकालीन आमहड्तालको आह्वान गरेको हो।

कोदालोले हानेर वृद्धको हत्या

प्यूठान— कोदालो प्रहार गरी एक वृद्धको हत्या भएको छ। उदयपुरको–७, निवासी शशिराम विश्वकर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राती सुतीरहेको समयमा अन्दाजी वर्ष ६५ को उनलाई स्थानीय जीतबहादुर सुनारले...

घरेलु महिला कामदारको श्रम स्वीकृति बन्द

घरेलु महिला कामदारको श्रम स्वीकृति बन्द

काठमाडौं– खाडी मुलुकमा घरेलु कामदारका रुपमा जाने महिला कामदारले शारीरिक तथा मानसिक यातना पाएको एवं अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले व्यक्तिगत श्रमस्वीकृति बन्द गरेको छ। घरेलु महिला कामदारको अवस्था...

उद्योगको धुवाँले दिउँसै अँध्यारो

उद्योगको धुवाँले दिउँसै अँध्यारो

बारा- वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण वरपरको बस्तीमा दिउँसै अन्धकार हुने गरेको छ। उद्योगको प्रदूषणले स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीय पटक–पटक आन्दोलित भएका छन्।

उपभोक्ता नै लगाउँछन् वनमा आगो

डडेल्धुरा- हावाहुरी चल्ने मौसम सुरु हुनासाथ हरेक वर्ष वन विभागले डढेलो नियन्त्रणका योजना बनाउन थाल्छ। त्यही समय सामुदायिक वनका उपभोक्ता भने वनमा कसरी आगो लगाउने भन्ने योजना बुन्न थाल्छन्। वन...

पुस्तकबिनै धमाधम भर्ना

इलाम- दस वर्षीय राजेश कोइराला बुधबार फूर्तिफार्तीसहित चियाबारीको आदर्श निमावि भर्ना भए। कक्षा– ५ मा नाम लेखाएपछि उनलाई शिक्षिका गीता सुवेदीले अबिर लगाइदिइन्। आमासँग झन्डै २० मिनेट हिँडेर नाम लेखाउन...

धोबीखोला करिडोर बनाउँदाको ६१ करोड खेर

काठमाडौं- सरकारका दुई निकायबीच सहकार्य नहुँदा धोबीखोला करिडोर निर्माणमा खर्च भएको ६१ करोड रुपैयाँ खेर जाने भएको छ। महालेखा परीक्षकको प्रतिवेदनले यसलाई विकासका नाममा भएको बेथितिका रुपमा व्याख्या गरेको छ।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।