Friday 29 Magh, 2072 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

दाङमा तीन सय ८५ थान अवैध हतियार सङ्कलन

  • २१ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
तुलसीपुर (दाङ) - जिल्ला प्रहरी कार्यालय दाङले तीन सय ८५ थान अवैध हतियार सङ्कलन गरेको छ। कार्यालयले अवैध हतियार बुझाउन दोस्रोपटक सूचना जारी गरी थपेको म्यादभित्र ती हतियार सकङ्लन भएका हुन्। कार्यालय परिसरमा आज आयोजित पत्रकारसम्मेलनमा दाङका प्रहरी प्रमुख लोकेन्द्रबहादुर मल्लले सबैभन्दा बढी देउखुरी क्षेत्रको गढवाबाट एक सय ४१ थान हतियार सकङ्लन भएको जानकारी दिए। 
nepalipatro-nagarik
गृह मन्त्रालयले अवैध हातहतियार बुझाउन औपचारिक अनुरोध गरेको एक महिना बितिसक्दा दाङमा भने कसैले हतियार बुझाएका थिएन तर दोस्रोपटक पुनः म्याद थप गरी हतियार बुझाउन अनुरोध गरेपछि मात्र सम्बन्धित व्यक्तिहरुले हतियार बुझाएका हुन्। 

पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले अवैध हतियार सङ्कलनबाट जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्ने महत्वपूर्ण सघाउ पुग्ने बताए ।

प्रतिक्रिया

ताप्लेजुङमा 'बहुदले किरा' आतंक

ताप्लेजुङ–हिउँद याममा बर्षेनी झुसिलकिराको प्रकोप खेप्दै आएका ताप्लेजुङको कालिखोला, सादेवा र पाँचथरको फलैंचाका बासिन्दाले यो वर्षपनि त्यो पीडाबाट मुक्ती पाएनन्।

आगोले बिक परिवारको उठिबास

खोटाङ–खोटाङ सदरमुकाम दिक्तेलस्थित लफ्याङ्मा भएको आगलागीमा ११ लाख बढीको धनमाल नष्ट भएको छ।

हत्या अभियोगमा एक किशोरी पक्राउ

सुरुङ्गा (झापा)-झापाको कनकाई नगरपालिका–३ निवासी ५० वर्षीय मनोरथ पाठकको हत्या आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।

बुधबार राति भूकम्पको धक्का

काठमाडौं–बुधबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु भएको भूकम्पको धक्का महशुस गरिएको छ।

मधेस आन्दोलनताका अपहरण र असुलीमा संलग्न पक्राउ

बारा–प्रहरीले व्यापारीको अपहरण,रिलायन्स चिनी मिलको चिनी लोड गरेको ट्रकमा गरेको आगजनी र मोटरसाईकल चोरी अभियोगमा बुधबार उमेश यादवलाई पक्राउ गरेको छ।

वर्ष बित्यो तर मिटर आएन, अँध्यारोमै बस्न बाध्य

कपिलवस्तु– आवेदनसहित शुल्क बुझाएको एक वर्ष बित्दा पनि जिल्लाका सर्वसाधारणहरुको घरमा अझै मिटर जडान भएको छैन।

झापामा तीन सातादेखि खोप सेवा ठप्प

झापा– बालबालिका तथा गर्भवतीलाई अनिवार्य गरिएको खोप सेवा झापामा तीन सातादेखि ठप्प भएको छ।

सात वर्षीय बालकको घाँटी रेटी हत्या

कोहलपुर– चारदिन अघिदेखि बेपत्ता रहेका सात वर्षीय बालकको कोहलपुरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ।