Friday 18 Bhadra, 2072 |
Menu

समाज

republica-header

ist-cc

ठक्करपछि राजमार्ग बन्द

(0 votes)
हेटौँडा - वीरगन्जबाट नारायणगढ जाँदै गरेको ना२ख ७०३२ नंको ट्रकले हेटौँडा नारायणगढ खण्डको मनहरिमा आज बिहान ८:३० बजे ठक्कर दिई एक वृद्धलाई गम्भीर घाइते तुल्याएकाले स्थानीय बासिन्दा आक्रोशमा आई  राजमार्ग अवरुद्ध पारेका छन्।
सो ट्रकले स्थानीय मनहरि–३ बस्ने ८१ वर्षीय शेरबहादुर लामालाई मनहरि बजारबाट आफ्नो घरतर्फ जान लाग्दा सडक छेउमा ठक्कर दिएको थियो। घाइते वृद्धलाई तत्काल उपचारका लागि चितवनको शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 
 प्रहरीले सो ट्रक र ट्रकका चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिई मनहरि इलाका प्रहरी कार्यालयमा राखिएको जनाएको छ। घाइतेको परिवार स्थानीय बासिन्दासँग छलफल गरी यातायात चालु गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोको टोलीलाई अहिले मनहरितर्फ पठाइसकिएको प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठले बताए। -रासस

प्रतिक्रिया

'आफैं धामी, आफैं बोक्सी' बन्छन्

'आफैं धामी, आफैं बोक्सी' बन्छन्

काठमाडौं- नेपालीमा चर्चित उखान छ– आफैं धामी, आफैं बोक्सी। मेडिकल शिक्षामा यही उखान चरितार्थ गरिरहेका छन्, विभिन्न दलका नेता र सभासद।गलत नीतिको फाइदा उठाउँदै छिट्टै करोडौं कमाउन सकिने मेडिकल कलेजमा...

कमलनयनलाई गाली गरेको छैन: श्रीनिवासाचार्य

काठमाडौं— युवा सन्त श्रीनिवासाचार्यले राप्रपा नेपालले आह्वान गरेको प्रदर्शनका क्रममा आफूले स्वामी कमलनयनलाई अपशब्द प्रयोग नगरेको दाबी गरेका छन्। 

सार्वजनिक यातायातको भाडा घटाउन निर्देशन

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीका आधारमा सार्वजनिक सवारीसाधनको भाडा घटाउन निर्देशन दिएको छ। मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ३७ औं बैठकले...

बजारमा हजारका नक्कली नोट

काठमाडौं- कार्यालयको फोटोकपि मेसिन प्रयोग गरी नक्कली नेपाली नोट बनाउने गिरोहले १६ हजार रुपैयाँका नक्कली नोट बजारमा पठाइसकेको खुलेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका नुवाकोट वागेश्वरीका दीपक न्यौपानेले...

रित्तै हात घर फर्कन्छन् मजदुर

महोत्तरी- 'बुबा मलाई बिस्कुट किनिदिनुस् न!'यो वाक्यले जलेश्वर–५ का विनोद पासवानलाई रातभरि निदाउन दिएन। हिजो साँझ मात्र छोरीले यसो भनेकी थिइन्। खल्ती छामे, एक पैसा थिएन। प्यारी छोरीको सानो आग्रह...

आन्दोलनकारीले नागरिक दैनिक जलाए

आन्दोलनकारीले नेपालगंज-गुलरिया सडकखन्डमा पर्ने मैनापोखरमा नागरिक दैनिक जलाएका छन्। आन्दोलनको समाचारलाई प्रथामिकता नदिएर थारु आन्दोलनलाई दमन गर्न खाजेको आरोप लगाउँदै पत्रिका आगजनी गरेको कर्मचारी दुर्गा पौडलले बताए।

सम्बन्धनमै अडि्कयो गाँठो

काठमाडौं- एघार दिनदेखि आमरण अनशनरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको प्रमुख मागमै सरकार लचिलो नभएपछि बिहीबार भएको वार्ता निष्कर्षविहीन बनेको छ। माथेमा प्रतिवेदनका महत्वपूर्ण बुँदा कार्यान्वयनका सवालमा सरकारी...

आन्दोलनको स्वरूप फेर्न आग्रह

आन्दोलनको स्वरूप फेर्न आग्रह

राजविराज- सप्तरीसहित तराई–मधेसका जिल्ला तीन सातादेखि ठप्प छन्। कलिला बालबालिकाको पठनपाठनदेखि गरिब मजदुरको चुलोसमेत बन्द छ। यातायात, बजार, बैंक ठप्प छन्। बन्द, झडप र आन्दोलनको त्रासका बीच सर्वसाधारण चौतर्फी मार...