Thursday 6 Kartik, 2071 |
Menu

समाज

त्रिशुलीमा सहचालक सहित ट्रक वेपत्ता

  • २१ बैशाख, २०७०
  • रामेश्वर कार्की
  • DISQUS_COMMENTS
(0 votes)
धादिङ -पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा–९ ज्यामिरेघाटमा शनिबार विहान २ बजेतिर एक मालवहाक ट्रक सहचालक सहित त्रिशुलीमा वेपत्ता भएको छ। रड बोकेर विरगञ्जबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना४ख १६२४ नम्बरको ट्रक सडकबाट करिव ७० मिटर तल त्रिशुली नदीमा पल्टिएर वेपत्ता भएको हो। 
ट्रकका सहचालक हेटौंडाका तारा गुरुङ वेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। ट्रकका चालक सर्लाहीका महेश घिमिरे भने हाम फालेर बाँच्न सफल भएका छन्। घिमिरे सामान्य घाइते भएकाले गजुरी अस्पतालमा उपचारपछि इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा राखेको छ। प्रहरी र स्थानीयको सक्रियतामा ट्रकको खोजी कार्य भइरहेको छ। नदी गहिरो भएकाले ट्रक पुरै डुबेको छ स्थानीय मनिषा भट्टराईले भनिन्। घटनाको आधा घण्टामा प्रहरी आइपुगे पनि ट्रक नदेखिएकोले उद्वार हुन सकेको छैन।

'नेपाली भाषाका लागि देवकोटाको योगदान अतुलनीय'

काठमाडौं— राष्ट्रपति रामवरण यादवले नेपाली भाषा र साहित्यको विकासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय योगदान रहेको बताएका छन्।

५९ वर्षीया श्रीमतीको हत्या

पाँचथर—पञ्चमी–१ गोपेटारका एक व्यक्तिले कुटपिट गरी आफ्नी श्रीमतीको आज हत्या गरेका छन्।

फेसबुकमा युवतीको नक्कली अकाउन्ट बनाएर अश्लिल फोटो राख्ने पक्राउ

काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा युवतीको नाउँमा नक्कली अकाउन्ट बनाएर चरित्र हत्या गर्न खोज्ने काठमाडौं जिल्ला रामकोट गाविस वडा नं १ का विकासराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरीले आफ्नै घर...

कुन कुन स्थानबाट निस्कँदैछ भिन्तुना र्‍याली?

काठमाडौं— नेपाल संवत ११३५ को उपलक्ष्यमा भिन्तुना मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ । कात्तिक ७ गते स्थानीय युवाले उपत्यकाका तीनै जिल्लामा र्‍याली गर्न लागेका हुन्।

सरकारले सर्वसाधारणलाई भन्यो– घर सिँगार्नुस्

काठमाडौं— आगामी मंसिर दोस्रो साता हुन लागेको सार्क शिखर सम्मेलनलाई राजधानी सफा, सुन्दर र आकर्षक सहरको नमुना बनाउन सडक, सरकारी भवन, पुल लगायत संरचना सिँगारिरहेको सरकारले निजी घरधनीलाई समेत घर...

सिंहदरबार गेटमा नयाँ प्लास्टर

सिंहदरबार गेटमा नयाँ प्लास्टर

काठमाडौं— नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिमतर्फको मुख्य प्रवेशद्वारको मर्मतसम्भार गरिँदै। आसन्न १८ औं सार्क शिखर सम्मेलनलाई मध्यनजर गर्दै सिंहदरबारको मुख्य प्रवेशद्वारलाई आकर्षक र सुन्दर देखाउन मर्मत सुरु गरिएको हो।

भीमेश्वर मन्दिरका घन्ट र त्रिशुल कबाडीमा बेचिए

दोलखा— प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिरमा भक्तजनले चढाएका वर्षौं पुराना घन्ट र त्रिशूल मन्दिर व्यवस्थापन समितिले नियमविपरीत कबाडीमा बेचेपछि समिति र स्थानीयबीच विवाद बढेको छ।

लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौं– बटुवा लुटेको अभियोगमा प्रहरीले ५ जनालाई पक्रेको छ। प्रहरीले ऋषिराम कडेरिया, दिपेन्द्र तिमिल्सिना, रोजिन मार्पा र गोपाल मगरलाई पक्रेको हो। काठमाडौं महानगरपालिका–१ सोल्टिमोड बस्ने अजयकुमार शाहलाई उनीहरुले कुटपिट गरी...