8 Kartik, 2071 |
Menu

समाज

भारतीय राजदूतद्वारा 'नेपाल : ल्यान्ड अफ कन्ट्रास्ट' विमोचित

  • शुक्रबार २० बैशाख, २०७०
  • नागरिक
  • DISQUS_COMMENTS
(0 votes)
नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले पिजे क्लब र फाइन प्रिन्टद्वारा प्रकाशित पुस्तक 'नेपाल : ल्यान्ड अफ कन्ट्रास्ट' को शुक्रबार होटल सोल्टी क्राउन प्लाजा काठमाडौंमा विमोचन गरे। क्लबले गत वर्ष आयोजना गरेको देशव्यापी फोटो प्रतिस्पर्धा 'मेगा बैंक फोटो प्रतियोगिता २०६८' बाट छानिएका ७६ जना फोटोग्राफर तथा पत्रकारका उत्कृष्ट १ सय ३८ फोटो समावेश गरी उक्त पुस्तक प्रकाशन गरेको हो। पुस्तकमा नेपालको जीवनशैली, पर्यटन, वन्यजन्तु तथा प्रकृति, समाचार र फोटो कथा विधाका तस्बिरहरु समावेश गरिएका छन्।
पुस्तक विमोचनपछि राजदूत प्रसादले 'नेपालको सदृश्य आवाज' उजागर गर्ने उद्देश्यले पुस्तक प्रकाशन थालेकोमा प्रशंसा गरे। 'यो नेपालका ऊर्जाशील फोटो पत्रकार तथा नेपाल भ्रमणका उत्सुक पर्यटकका लागि फलदायी रहने मैले विश्वास लिएको छु,' उनले भने। फोटो पुस्तकको माध्यमबाट नेपालको मौलिकता र नेपालीको जीवनशैली बुझ्न सजिलो हुने उनको विश्वास थियो।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले पुस्तकबाट फोटोमार्फत नेपालको सुन्दरता दर्शन गर्न पाइने बताए। 'हाम्रो सहकार्यमा सुरु भएको अभियान सफलताको बाटोमा लम्किएको पाउँदा हामीलाई गौरव लागेको छ,' उनले भने- 'आगामी दिनमा पनि पिजे क्लबसँग नयाँ कार्यक्रममा सहकार्य गर्दै जानेछौं।'

क्लबले आयोजना गर्ने प्रतियोगिताको आउँदा संस्करणको मुख्य प्रायोजक बनेको ग्लोबल आइएमई बैंक तथा आइएमई मनी ट्रान्सफरका अध्यक्ष चन्द्रप्रसाद ढकालले ३ वर्षका लागि क्लबसँग सहकार्य गर्न लागेको जानकारी दिए। 'अबको ३ वर्षमा क्लबको अभियानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वासमा छौं,' उनले भने। प्रतियोगिताका मुख्य निर्णायकसमेत रहेका वरिष्ठ फोटापत्रकार गोपाल चित्रकारले वर्षेनी प्रतिस्पर्धी फोटोहरुको संख्या बढ्दै गएकोमा खुसी व्यक्त गरे। 'पहिलो वर्ष प्रदर्शनीका लागि फोटो समावेश गर्न संख्या नै नपुगेजस्तो भएको थियो,' उनले भने, 'गतवर्ष भने आएका धेरै राम्रा फोटोमध्ये उत्कृष्ट छान्न निकै कठिन भयो। यसबाटै यो अभियान सफलताको बाटोमा अघि बढेको प्रष्ट हुन्छ।'

गतवर्ष सर्वोत्कृष्ट फोटोग्राफरको पुरस्कार जितेका नरेन्द्र श्रेष्ठले एउटा फोटोले त्यससँग सम्बन्धित पात्रको जीवनमै परिवर्तन ल्याएको अनुभव सुनाए। उनले खिचेको अनुहारमा रौं भएकी दोलखाकी बालिका भावना थामीको तस्बिरले गतवर्षको सर्वोत्कृष्ट पुरस्कार जितेको थियो। श्रेष्ठले आफूले पाएको पुरस्कार राशि २५ हजारसहित ७५ हजार रुपैयाँ थामीको सहयोगार्थ उपलब्ध गराएका थिए।

कार्यक्रममा क्बलका अध्यक्ष प्रकाश माथेमा, संस्थापक अध्यक्ष तथा पुस्तक संयोजक चन्द्रशेखर कार्की, महासचिव विकास कार्की र फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले मन्तव्य व्यक्त गरेका थिए।

पेसागत मर्यादा र प्रतिष्ठा बनाउँदै फोटो पत्रकारितालाई प्रवर्द्धन गर्ने योजनाअनुरुप पिजे क्लबले विसं २०६८ सालबाट नियमित रुपमा फोटो प्रतियोगिता तथा प्रदर्शनी गर्दै आएको छ। फोटो प्रदर्शनीलाई क्लबले राजधानीसहित मोफसलका सहरमा पनि विस्तार गरिसकेको छ। पिजे क्लबको आयोजनामा २ वर्षदेखि लगातार हुँदै आएको फोटो प्रदर्शनीमा वार्षिक ५० हजारभन्दा बढी दर्शकको उपस्थिति हुँदै आएको छ।

नेपाली व्यावसायिक फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लब एक दशकअघि स्थापना भएको हो। देशभरका व्यावसायिक तथा श्रमजीवी फोटो पत्रकारलाई एउटै छातामुनि गोलबद्ध गर्दै फोटो पत्रकारको हकहित तथा फोटो पत्रकारिताको प्रवर्द्धनमा लाग्ने उद्देश्य राखी क्लबको स्थापना भएको थियो।

सिङ्गो गाउँमै सामूहिक टीका

गजुरी- उत्तरी धादिङको लापा गाविसस्थित कपुरगाउँमा सबै मानिसले एकै ठाउँमा जम्मा भएर सामूहिक भाइटीका लगाएका छन्।

करेन्ट लागेर प्रहरीको मृत्यु

सप्तरी-कोसी अञ्चल प्रहरी कार्यालय धरानमा कार्यरत एक सहायक प्रहरी निरीक्षकको गएराति करेन्ट लागेर मृत्यु भएको छ।

नुवाकोट बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० को सनाखत

नुवाकोट— काठमाडौंबाट रसुवाको स्याफ्रुवेशी जाँदै गरेको बा २ ख २२६६ नम्बरको यात्रुबाहक बस बेलकोटको आरुबोटे भिरमा दुर्घटनाग्रस्त हुदाँ ३ विदेशी सहित १४ जनाको मृत्यु भएकोमा १० जनाको सनाखत भएको छ। जिल्ला...

जिप दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची-खिल्जीमा गए राति जिप दुर्घटना हुँदा त्यसका चालक खिल्जी–१ का भोजबहादुर बस्नेतको मृत्यु भएको छ।

आज भाइटीका, साइत ११ बजेर ३५ मिनेटमा

काठमाडौँ–यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ। भाइटीकाको उत्तम साइत...

युवा जोडीद्वारा एउटै डोरीमा झुन्डिएर 'आत्महत्या'

सोलुखुम्बु– वाकु–४ सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष प्राप्त भएको छ।

बियरको बोतलले हानेर सशस्त्र प्रहरी जवानको हत्या

सुर्खेत— बीरेन्द्रनगर नगरपालिका–११ चनौटे घर भई सशस्त्र प्रहरी गण मुख्य कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान ईन्द्र बहादुर बुढाको कुटपिटबाट मृत्यु भएको छ।

डाँकाले हानेको गोली खुट्टामा लाग्यो, दुई पक्राउ

धनुषा—लवटोली–९ बस्ने बद्री अधिकारी र हेम कुँवरको घरमा डकैत गर्न आज शुक्रबार आएका डाँकाहरुले घर भित्र प्रबेश गरी डकैत गर्न खोज्दा स्थानीय बासिन्दाले प्रतिकार गरेपछि झडप भएको छ। झडपका क्रममा...