Thursday 6 Kartik, 2071 |
Menu

समाज

सरकारी विद्यालयमा अंग्रेजी माध्यमको पढाइ

  • शुक्रबार २० बैशाख, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट- रौतहटका विभिन्न सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठनसुरु गरेको छ। जिल्लाका उत्तरी, मध्य तथा दक्षिणी क्षेत्रमा अंग्रेजी माध्यमको पढाइ सुरु भएको पाइएको हो। सरकारी विद्यालयप्रति विद्यार्थीको संख्या घटेको र अंग्रेजी माध्यमका निजी विद्यालयप्रति विद्यालयको आकर्षण बढ्दै गएपछि विद्यार्थीलाई आकर्षित गर्न र विद्यालयलाई प्रतिस्पर्धी बनाउन विभिन्न विद्यालयले अंग्रेजी माध्यम अपनाएका हुन्।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको सुबलाल उच्च माध्यमिक विद्यालयले अंग्रेजी माध्यमको पद्धति अपनाएको छ भने सदरमुकाम गौरका जुद्ध उच्च माध्यमिक विद्यालयले पनि सोही पद्धतिमा कक्षा दशसम्मको अध्ययन अध्यापन गर्दै आएको छ। यसै वर्षदेखि बालमन्दिर निम्न माध्यमिक विद्यालय गौरले पनि कक्षा एकदेखि पाँचसम्म अंग्रेजी माध्यममा शिक्षा दिन थालेको प्रधानाध्यापक गणेश गिरीले बताएका छन्।

यसै उच्च माध्यमिक विद्यालय गरुडाले पनि कक्षा एकमा यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमको पठनपाठन सुरु गरेको व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण चौधरीले बताएका छन्। अंग्रेजी माध्यममा जिल्लाका केही सरकारीविद्यालयले पनि पठनपाठन थालेको  थाहा हुन आएको छ।

बोर्डिङभन्दा निकै कम शुल्कमा सरकारी विद्यालयमा नै अंग्रेजी माध्यमको पठनपाठन हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको र अभिभावकले पनि बोर्डिङमा नै पढाएको जस्तो अनुभूति भएको गौरको जुद्ध उच्च माध्यमिक विद्यालयका एक अभिभावकले बताएका छन्।

कुन कुन स्थानबाट निस्कँदैछ भिन्तुना र्‍याली?

काठमाडौं— नेपाल संवत ११३५ को उपलक्ष्यमा भिन्तुना मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ । कात्तिक ७ गते स्थानीय युवाले उपत्यकाका तीनै जिल्लामा र्‍याली गर्न लागेका हुन्।

सरकारले सर्वसाधारणलाई भन्यो– घर सिँगार्नुस्

काठमाडौं— आगामी मंसिर दोस्रो साता हुन लागेको सार्क शिखर सम्मेलनलाई राजधानी सफा, सुन्दर र आकर्षक सहरको नमुना बनाउन सडक, सरकारी भवन, पुल लगायत संरचना सिँगारिरहेको सरकारले निजी घरधनीलाई समेत घर...

सिंहदरबार गेटमा नयाँ प्लास्टर

सिंहदरबार गेटमा नयाँ प्लास्टर

काठमाडौं— नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिमतर्फको मुख्य प्रवेशद्वारको मर्मतसम्भार गरिँदै। आसन्न १८ औं सार्क शिखर सम्मेलनलाई मध्यनजर गर्दै सिंहदरबारको मुख्य प्रवेशद्वारलाई आकर्षक र सुन्दर देखाउन मर्मत सुरु गरिएको हो।

भीमेश्वर मन्दिरका घन्ट र त्रिशुल कबाडीमा बेचिए

दोलखा— प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिरमा भक्तजनले चढाएका वर्षौं पुराना घन्ट र त्रिशूल मन्दिर व्यवस्थापन समितिले नियमविपरीत कबाडीमा बेचेपछि समिति र स्थानीयबीच विवाद बढेको छ।

लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौं– बटुवा लुटेको अभियोगमा प्रहरीले ५ जनालाई पक्रेको छ। प्रहरीले ऋषिराम कडेरिया, दिपेन्द्र तिमिल्सिना, रोजिन मार्पा र गोपाल मगरलाई पक्रेको हो। काठमाडौं महानगरपालिका–१ सोल्टिमोड बस्ने अजयकुमार शाहलाई उनीहरुले कुटपिट गरी...

लक्ष्मीपूजा धुमधामसँग मनाइँदै

काठमाडौं– यमपञ्चक अर्थात तिहारको तेस्रो दिन बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्...

राहदानी लिन आएका 'तपस्वी' बम्जनले प्रधानमन्त्रीलाई भेटे

राहदानी लिन आएका 'तपस्वी' बम्जनले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं– बाराको हलखोरियास्थित जंगलमा '६ वर्षसम्म निर्जल तपस्या गरेका' रामबहादुर बम्जनले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन्।

छोराले आमाको हत्या गरे

रुकुम—रुकुमको पूर्वी महत गाविस–१ मा गएराति खुकुरी प्रहार गरी आफ्नै छोराले आमाको हत्या गरेका छन्।