Wednesday 5 Kartik, 2071 |
Menu

समाज

मरेको कुखुरा विक्री गरेको आरोपमा व्यापारी पक्राउ

  • बुधबार १८ बैशाख, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट - रौतहटको चन्द्रनिगाहपुर बजारमा मरेको कुखुरा विक्री गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रनिगाहपुर बजारमा रामबाबु रौनियारले सञ्चालन गरेको राज फ्रेस हाउसमा केही दिन अघि मरेको कुखुरालाई काटेर प्रतिकिलो दुइ सयका दरले विक्री गरिरहेको जानकारी पाएपछि रौनियारलाई इलाका प्रहरी कार्यालयल चन्द्रनिगाहपुरले पक्रेको हो।
चितवन जिल्ला लगायत देशका विभिन्न ठाउँहरुमा केही दिन अघि बर्डफ्लु लागेको पुष्टी भएको बेला पनि मरेको कुखुरा बेचेपछि मरेको कुखुरालाई परीक्षणका लागि जनकपुर पठाइएको प्रहरी निरीक्षक नन्दलाल साहले बताए । जन स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरी मरेको कुखुराको मासु बिक्रि गर्नेलाई कारबाही गर्न उपभोक्ता हित संरक्षण मन्च रौतहटका जिल्ला सचिव टिका घिमिरेले प्रशासन संग माग गरे ।

बहिरा महासंघ अध्यक्षमा पन्त

काठमाडौं– राष्ट्रिय बहिरा महासंघ नेपालको सोमबार सम्पन्न सातौं महाधिवेशनले रामकुशल पन्त (गोरखा) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

अबैध सुनचाँदीसहित चालक पक्राउ

लहान-पूर्व–पश्चिम राजमार्गको भारदह–१(सप्तरी) बाट म-मंगलबार राती प्रहरीले अबैध सुनचाँदीसहित एक चालकलाई पक्राउ गरेको छ।

हिमपातमा परेका भन्छन्- ‘अर्को जन्म लिएर फर्कियौं'

हिमपातमा परेका भन्छन्- ‘अर्को जन्म लिएर फर्कियौं'

म्याग्दी-पाँच नेपाली धम्पुस हिमालतिर उकालिँदै थिए। साथमा थिए तीन जापानी आरोही। धम्पुसको चुचुरो छुने जापानी चाहनालाई पूरा गराउनु थियो उनीहरूले। त्यसैले पदयात्रा सुहाउँदो मौसममा धौलागिरि बेसक्याम्पनजिकैबाट यात्रा सुरु भयो। हुडहुड...

प्रणवलाई सधैं कुकुर तिहार

प्रणवलाई सधैं कुकुर तिहार

भक्तपुर-भुस्याहा कुकुर, त्यसमा पनि बिरामी, कतिका लागि छिःछि र दुरःदुर हुन्छन्। भक्तपुर–१२ गपलीका प्रणव जोशी भने तिनलाई अँगाल्छन् र उपचारमा जुट्छन्।

पतिद्वारा जलाइएकी हेमाको मृत्यु

काठमाडौं-पतिद्वारा आगो लगाएर जलाइएकी नेपालगन्ज भुजिपीकी २५ वर्षीया हेमा धोवीको मंगलबार मृत्यु भएको छ। उपचारका लागि वीर अस्पताल ल्याइएकी हेमाको उपचारक्रममा मृत्यु भएको हो। उनलाई एक साताअघि नेपालगन्जबाट वीर अस्तपाल...

तीनकुने–गौशाला सडक थप फराक

काठमाडौं-दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले तीनकुने–एयरपोर्ट–गौशाला सडक खण्डको दुवैतर्फ दुईदुई मिटर सडक फराकिलो पारेको छ।

तिहार सुरक्षा, सडक दुर्घटना रोक्न जोड

काठमाडौं-दसैंमा भएका ठूला सवारी दुर्घटनाको संख्यालाई हेरेर प्रहरीले तिहारको सुरक्षा रणनीतिलाई सवारी दुर्घटना नियन्त्रण केन्द्रित बनाएको छ। बढी यात्रु राखेर जोखिमपूर्ण सवारीमार्गमा यात्रा गराउँदा डोटी लगायत स्थानमा दुर्घटनामा ठूलो मानवीय...

४ किलो सुन सहित एक पक्राउ

तातोपानी-तातोपानीमा दिनहुँजसो सुन बरामद हुन थालेको छ। मंगलबार चार किलो सुनसहित एक पक्राउ परेका छन्। सोमबार मात्र १३ किलो सुन बरामद भएको थियो।