Friday 15 Falgun, 2071 |
Menu

समाज

HUB

फोटो प्रतियोगिता हुने

  • बुधबार १८ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
फोटो प्रतियोगिता हुने
काठमाडौं - नेपालमा फोटो पत्रकारितालाई विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आइएमइ–ग्लोबल बैंक र पीजे क्लब(फोटो पत्रकार क्लब)बीच एक सम्झौतामा हस्ताक्षर भएको छ। सो कार्यक्रममा आइएमइ–ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र क्लबका अध्यक्ष प्रकाश माथेमाले हस्ताक्षर गरेका थिए । तीन वर्षसम्म फोटो पत्रकारिताको प्रदर्शन तथा प्रतिस्पर्धाको आयोजना प्रायोजन गर्ने अवसर पाएका बैंकले त्यस प्रायोजनका लागि रु २० लाख खर्च गर्ने जानकारी दिइयो। 
पर्यटन, दैनिक जीवन चर्या, खेलकुद, नेपाल स्माइल जस्ता विविध छ विधामा प्रतिस्पर्धा गरिने फोटो प्रदर्शनीमा उत्कृष्टताको आधारमा रु ४० हजार,रु ३० हजार र रु १५ हजार तथा विशेष पुरस्कारको रुपमा एक जनालाई रु एकलाख पुरस्कारको व्यवस्था गरिने पीजे क्लबका अध्यक्ष माथेमाले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले समाज परिवर्तन गर्ने मुख्य बाहक पत्रकारिता र बैंकको संयुक्त सहकार्यबाट मात्र सहरमा मात्र सीमित सेवालाई गाँउगाँउ पुर्यागउन सकिने बताए । उनले यी कार्यक्रमबाट पत्रकारहरू अझ बढी दक्ष, कर्तव्यनिष्ठ तथा सेवा भावबाट प्रेरित भई समाज परिवर्तनमा इमान्दार हुने विश्वास व्यक्त गरे । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको सहयोगले फोटो पत्रकारको उद्देश्य हासिल गर्न सघाउ पुग्ने विचार व्यक्त गरे । क्लबका अध्यक्ष माथेमाले २०६७ सालमा ६०० प्रतियोगिले भाग लिएकोमा २०६८ मा प्रतियोगिको सङ्ख्या ८०० पुगेको जानकारी दिँदै हाल प्रतियोगिताका लागि सात हजारभन्दा बढी फोटो प्राप्त भएको र १५० वटा उत्कृष्ट फोटो छनौट गरी प्रदर्शनीमा राखिने जानकारी दिए ।

सगरमाथा आरोही संघमा माया शेर्पा चयन

काठमाडौं- सगरमाथा आरोही संघको नयाँ केन्द्रीय कार्यसमितिको नेतृत्वमा माया शेर्पा चयन भएकी छन्। विश्वको अग्लो शिखर सगरमाथा चढ्नेहरुको संयुक्त साझा संस्थाको नेतृत्वमा माया शेर्पा निर्विरोध चयन भएकी हुन्।

काठमाडौंबासीको आयु ८२, जुम्लाबासीको ३६ वर्ष

काठमाडौं- मानवीय दृष्टिमा दुर्गम र सहरी क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको छ। काठमाडौंमा जन्मिने शिशुको आयुदर ८२ वर्ष र जुम्लाको शिशुको आयुदर ३६ वर्ष मात्र हुने स्वास्थ्य सेवा विभागले...

माथिल्लो कर्णाली परियोजना बिथोल्न खोज्ने माओवादी कार्यकर्तालाई स्थानीयले लखेटे

माथिल्लो कर्णाली परियोजना बिथोल्न खोज्ने माओवादी कार्यकर्तालाई स्थानीयले लखेटे

दैलेख– निर्माणको तयारीमा रहेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबारे लगानी बोर्डले प्रभावित क्षेत्रमा छलफलमा आयोजनाका पक्ष र विपक्षबीच झडप भएको छ। छलफलको सुरुमै योजनाको विरोधमा उत्रिएका वैद्य माओवादी कार्यकर्ताले माइक खोसेर...

नेपाल यातायातले ३ मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

काठमडौं- राजधानीको तीनकुनेमा नेपाल यातायातले ३ वटा मोटरसाइकललाई एकसाथ ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

हुँदै नभएको अपरेसनको पैसा मागेपछि...

पोखरा-माघ ८ गते वालिङकी डिला न्यौपाने, ७१, लाई मोटरसाइकलले ठक्कर दियो। टाउकोमा चोट लागेकी उनलाई स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरेर पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइयो। उनको करङमा पनि चोट लागेकाले...

म्याद गुज्रिँदा पनि बन्दैनन् पुल

म्याद गुज्रिँदा पनि बन्दैनन् पुल

सुर्खेत-डिभिजन सडक कार्यालय, जुम्लाले सोमबारको एक राष्ट्रिय दैनिकमा कन्काई नेपाल प्रगति जेभीका नाममा ‘अत्यन्त जरुरी सूचना’ प्रकाशित गर्योम। उक्त सूचनामा ‘पटक–पटक मौखिक एवं लिखित ताकेता गर्दा पनि निर्माणकार्य समयमा सम्पन्न...

रंगेहात घुस प्रकरण: प्रहरी उपरीक्षक कोइराला निलम्बित

रंगेहात घुस प्रकरण: प्रहरी उपरीक्षक कोइराला निलम्बित

नेपालगन्ज-जिल्ला प्रहरी कार्यालय, बाँकेका तत्कालीन प्रहरीप्रमुख प्रहरी उपरीक्षक शेखर कोइराला निलम्बित भएका छन्। घुस प्रकरणमा दोषी देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले कोइरालालाई निलम्बन गरेको हो।

डेभिज फलको आम्दानी स्कुललाई नै

पोखरा-पोखरा घुम्न आउने पर्यटकले नछुटाउने गन्तव्य पाताले छाँगो (डेभिज फल) को भोगाधिकार स्थानीय छोरेपाटन उच्चमाविकै हुने भएको छ। पोखरा उपत्यका नगरविकास समितिले छाँगो सञ्चालनका लागि आफूखुसी आह्वान गरेको टेन्डर सहरी...