Thursday 5 Bhadra, 2071 |
Menu

समाज

एकसाता लामो आन्दोलन टुंगियो

  • बुधबार १८ बैशाख, २०७०
  • रोहित राई
  • DISQUS_COMMENTS
(0 votes)
धरान -विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीबीच आज १९ बुँदे सहमति भएको छ। सहमतिसँगै जुनियर रेसिडेन्टहरुको एकसाता लामो आन्दोलन टुंगिएको छ। सोसाइटीले बुधबार साँझमा नै प्रतिष्ठानका चार जना पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोलिदिएको छ। जुनियर रेसिडेन्टहरु साँझदेखि नै काममा पनि फर्किएका छन्।
आज दिउँसो प्रतिष्ठानका चार पदाधिकारी र सोसाइटीका प्रतिनिधिबीच वार्ता भएको थियो। यसअघि, आइतबार राती नै प्रतिष्ठान पदाधिकारी र सोसाइटीबीच मौखिक सहमति भएपनि लिखितरुपमा भने सहमति हुन सकेको थिएन। 'हाम्रो मागको विषयमा १९ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लियौं, आजै ताला खोल्यौं र काममा पनि फर्किसक्यौं,' सोसाइटीका अध्यक्ष डा.विकास गौचनले भने।
गत मंगलबारदेखि आन्दोलनमा उत्रिएका जुनियर रेसिडेन्टहरुले उपकुलपति डा.विपी दास, शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठ, अस्पताल निर्देशक डा.अरबिन्द सिन्हा र रजिष्टार नन्दकुमार थापाको कार्यकक्षमा ताला लगाइदिएका थिए भने चरणवद्ध ओपिडी सेवा, वार्ड र आकस्मिक कक्षको काम पनि बहिष्कार गरेका थिए। प्रतिष्ठान पदाधिकारी र आन्दोलनरत पक्षबीच यसअघि पटक-पटक वार्ता भएपनि सहमति भने हुन सकेको थिएन।
खासगरी पछिल्लो पटक सोसाइटीलाई आधिकारिक मान्यता दिइनुपर्ने मागमा कुरा मिलेको थिएन। 'अरु मागको विषयमा सकारात्मक थियौं, सोसाइटीलाई मान्यता दिनुपर्ने बिषयमा समस्या थियो। अहिले प्रतिष्ठानको आन्तरिक प्रयोजनको लागि मान्यता दिने भन्नेमा दुवै पक्ष मिलेपछि समस्या रहेन,’ प्रतिष्ठानका शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठले भने। 
सहमतिअनुसार प्रतिष्ठानले फ्याकल्टी डेभलपमेन्ट प्रोग्राम(एफडिपी)को लागि अर्न्तवार्ता हटाएर सन् २०१२ को पद्दतीअनुसार लिखित परीक्षा लिएर मेरिटको आधारमा नै लिने, सोसाइटीलाई प्रतिष्ठानको आन्तरिक प्रायोजनमा आधारिक मान्यता दिने, खुल्ला कोटा र एफडिपिमा सिट संख्याको ३३ प्रतिशत सिट राख्ने सहमति भएको छ।
यसैगरी सन् २०१२ को एमडि/एमएस प्रवेश परीक्षाको विवादको विषयमा छानविन भइरहेकेाले एक साताभित्रमा प्रगति विवरण सार्वजनिक गर्ने, जेआरको आश्रितहरुलाई सामाजिक स्वास्थ्य विमा व्यवस्था गर्ने, लाइब्रेरीको समितिमा जेआरको प्रतिनिधि राख्ने, जेआरको डिउटी समयलाई सम्बन्धित विभागले नै कुन वैज्ञानिक हो भनेर हल गर्ने, दुर्घटनामा परी विद्यार्थीको देहान्त भएको घटनाको छानबिन विवरण चार हप्ताभित्र प्रस्तुत गर्ने र सुरक्षा कमजोरीको मुल्याङ्कन गरी दोषीलाई कारबाही गर्ने, सुरक्षा समितिमा सोसाइटीको प्रतिनिधि रहनेलगायतका सहमति भएको छ। 
प्रतिष्ठानको आर्थिक र विरामीको हितलाई ध्यान दिएर हरेक जाँच, परीक्षणहरु भित्रै गराउने र अन्यत्र पठाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने पनि दुवै पक्षबीच सहमति भएको छ। यस्तै, प्रतिष्ठानको पेइङ सेवाको समय ४ बजेपछि मात्रै भएकोले निर्धारित समयलाई पालना गराउन विशेष ध्यान दिइने पनि सहमति भएको छ। 'यो सहमति प्रतिष्ठान र यहाँ कार्यरत जेआरसँगै आम सर्वसाधारण विरामीहरुको हितमा छ, यसलाई कार्यान्वयन गराउन निरन्तर पहल गरिरहन्छौं,’ सोसाइटीका अध्यक्ष डा.गौचनले भने।

जमिन भासिएपछि ९ परिवार विस्थापित

खोटाङ- भारी वर्षाका कारण जमिन भासिएपछि खोटाङमा थप ९ घरपरिवार विस्थापित भएका छन्। वर्षाको पानीले जमिन गलेर भासिएपछि सदरमुकाम दिक्तेल नगरपालिकासँग जोडिएको नेर्पा–५ भुल्केका वर्णबहादुर राई, वुद्धिबल राई, भलकुमार राई,...

मोटरसाइकल चोरीमा संलग्न समूह पक्राउ

कोहलपुर-मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्रन सफल भएको छ। बाँके र बर्दिया जिल्लालाई केन्द्र बनाएर मोटरसाइकल चोर्ने र विक्री गर्ने आठ जनाको समूहलाई ईलाका प्रहरी कार्यालय कोहलपुर र क्षेत्रीय प्रहरी...

खोलामा बेपत्ता बालक नभेटिएपछि काजकिरिया

खोटाङ– खोटाङको रावा खोलामा बेपत्ता भएका बालक फेला नपरेपछि आफन्तले काजकिरिया गरेका छन्। पौडी खेल्नेक्रममा खोलामा बेपत्ता बनेको तीन हप्तासम्म पनि नभेटिएपछि उत्तरी गाविस खार्पा–९ का १४ वर्षीय बालक धनबहादुर...

वीरगन्ज नाका पनि 'हेल्थ डेस्क'को स्थापना

वीरगन्ज- दक्षिण अफ्रिकाबाट फैलिएको महामारी इबोला भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन पर्सामा पनि विशेष सतर्कता अपनाइएको छ।

मान्छे मार्ने बाघ नियन्त्रणमा

चितवन - चितवन राष्ट्रिय निकुञ्जको टोलीले मान्छेको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान साढे छ बजे सो बाघले निकुञ्ज मुख्यालय कसरा नजिक हरिशचन्द्र बोटेको ज्यान लिएको थियो।

सहरी सौन्दर्य बढाउन सरकार क्रियाशील

 काठमाडौँ- आगामी मङ्सिर १० र ११ गते यहाँ आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलन तयारीको सिलसिलामा सहरी सौन्दर्य र हरियाली कायम गर्न सरसफाइ तथा नगर...

जिशिअ नभएको मौकामा झोलेलाई रकम

रौतहट-जिल्ला शिक्षा कार्यालयका एक शाखा अधिकृतले जिल्ला शिक्षा अधिकारी नरहेको मौका छोपी झोले विद्यालयका नाममा अवैध तरिकाले रकम निकासा गरेको पाइएको छ।

दावालाई छोड्न सभासदको दबाब

दावालाई छोड्न सभासदको दबाब

काठमाडौं-खैरो हेरोइनसहित पक्राउ परेका दावा लामालाई छुटाउन दबाब दिन नेपाली कांग्रेस काभ्रेका सभासद तीर्थ लामा प्रहरी कार्यालय पुगेका छन्। मंगलवार दिउँसो उनी महानगरीय प्रहरी अपराध महाशाखा गएर दावालाई छुटाउन दबाब...