5 Baishak, 2072 |
Menu

समाज

sagoon

श्रमिकहरूको हक, अधिकारका लागि समाजवाद आवश्यक–अध्यक्ष खनाल

(0 votes)
भद्रपुर - नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले श्रमिकहरूको हक हित र अधिकारका लागि मुलुकमा समाजवाद ल्याउनुपर्नेमा जोड दिएका छन् । एकसय बिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष खनालले छिमेकी राष्ट्र चीनमा समाजवादी नीति अवलम्वन गरेपछि अहिले विश्वमा चीन आर्थिक विकासमा धेरै अघि बढिसकेको उल्लेख गरे ।
उनले मजदुरहरूको गाँस, बास र कपासको समस्या समाधान गर्न एकजुट भई सङ्गठित हुनुपर्ने, पुँजीवादी तथा तानाशाही प्रवृत्ति हटाएर एमालेको शान्तिपूर्ण बाटोलाई अवलम्वन गरेर समाजवादी नीतिलाई सहयोग गर्नुपर्ने बताए ।
अध्यक्ष खनालले विगतका समयमा भएका निरङ्कुश र तानाशाही राजतन्त्रलाई निमूल गरेर ०६२ सालको जनआन्दोलनले लोकतन्त्र, महिला पुरुषबीचको समानता, छुवाछुतको अन्त्य तथा धार्मिक स्वतन्त्रता दिएर परिवर्तन ल्याउन खोजेपनि माओवादी उग्र बामपन्थी हुनाले नयाँ संविधान निर्माण गरी संस्थागत गर्न नसकिएको धारणा व्यक्त गरे ।
उनले आगामी संविधानसभा निर्वाचनमा श्रमिकहरूले पनि आफ्नो श्रम ऐन तर्जुमा गराउन र संविधान निर्माणका लागि सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा पेसागत महासङ्घका उपाध्यक्ष प्रेमकुमार खनालले श्रमिकहरूको शक्ति परिवर्तन गर्न पेसागत हक हित र अधिकारका लागि एकताबद्ध र समावेसी पहल हुनुपर्ने बताए ।

नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टका महासचिव उमेश उपाध्यायले श्रमिकले श्रमअनुसारको उचित ज्याला र सुविधा पाउनुपर्ने माग गरे ।

'परिवर्तन श्रम शक्तिको विकासबाट' भन्ने मूल नाराका साथ सुरु भएको उक्त श्रमिक दिवसमा जननिर्वाचित सबै स्थानबाट श्रमिक वर्गको १० प्रतिशत व्यवस्था गर भन्ने सामूहिक माग गरिएको थियो। रासस

बबईमा डुब्दा दुईको मृत्यु

दाङ–नदीमा डुब्दा शनिबार दाङमा दुई किशोरको मृत्यु भएको छ। तुलसीपुर नगरपालीका सीतलपुर स्थित बबई नदीमा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

अस्पतालमा आगलागी,दुईकरोड बढिको क्षति

दाङ–जिल्ला स्थित एक निजी अस्पतालमा आगलागी भएको छ। घोराहीमा रहेको गोर्खा हस्पिटल प्रालिमा आगलागी हुँदा दुईकरोड बढीको क्षती भएको छ। शनिबार विद्युत सर्ट भई अस्पतालको अप्रेशन थिएटरमा आगलागी भएको हो।...

नयाँ स्वरुपमा बाग्मती सफाइ महाअभियान

काठमाडौँ-बाग्मती सफाइ महाअभियान १०१औँ हप्तामा प्रवेश गरेपछि नयाँ स्वरुपका साथ अगाडि बढ्न लागेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।

चट्याङ लागेर एकको मृत्यु,तीन घाइते

दाङ–चट्याङ लागेर रुकुममा एक महिलाको मृत्यु भएको छ। अन्य तीन घाइते भएका छन्। रुकुमको चौखावाङ ४ लिंगुर निवासी चन्द्रवहादुर खड्काको घरमा शुक्रवार राती चट्याङ पर्दा चन्द्रवहादुरकी श्रीमती हिरा खड्काको मृत्यु...

'मालदार' अड्डा जान मान्दैनन् कर्मचारी

काठमाडौं– कुनै जमाना थियो, 'मालदाल' अड्डामा सरुवा मिलाउन कर्मचारी मरिहत्ते गर्थे। मन्त्री, सचिवलगायत शक्ति केन्द्रको चाकडी गरेरै भए पनि त्यस्ता सरकारी कार्यालयमा सरुवा मिलाउँथे। र, नाति पनातिसम्मलाई पुग्ने सम्पत्ति(अबैध)आर्जन गर्थे।

सरस्वतीनगर-बालुवाखानी सडकको यो दुर्दशा (फोटो फिचरसहित)

सरस्वतीनगर-बालुवाखानी सडकको यो दुर्दशा (फोटो फिचरसहित)

काठमाडौं-कांग्रेस नेता तथा सभासद गगन थापाको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने सरस्वतीनगर-आकासेधारा-बालुवाखानी सडकखण्ड लामो समयदेखि मर्मत नहुँदा स्थानीय मर्कामा परेका छन्।

जाजरकोटमा फैलिएको महामारी नियन्त्रण निकटः स्वास्थ्य सचिव

काठमाडौं– स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको निकट पुगेको दावी गरेका छन।

शालिग्रामको चोरी निकासी रोकिएन

शालिग्रामको चोरी निकासी रोकिएन

बेनी (म्याग्दी)-विश्वमै अत्यन्त दुर्लभ मानिएको बहुमूल्य धार्मिक शिला शालिग्राम चोरी सिकारीको कारण कालीगण्डकी नदीबाट लोप हुने अवस्थामा पुगेको छ।