Tuesday 19 Shrawn, 2072 |
Menu

समाज

ist-cc

पहिरो जाने डरले रातभर जाग्राम

  • बुधबार १८ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
सल्यान, - सल्यान र रुकुमको सिमावर्ती खौला क्षेत्रअन्तर्गत दयाडाँडाका एक दर्जन परिवार पहिरोका कारण जोखिममा परेका छन्। पहिरो नियन्त्रणका बारेमा सम्बन्धित निकायले चासो नदिँदा पानी परेमा जुन बेला पनि गाउँ बगाउने डरले स्थानीयवासी त्रसित बनेका हुन्। पहिरोको जोखिममा पर्दा गाउँ छोड्नुपर्ने अवस्था भएपनि आर्थिक अभावका कारण बाहिर जान नसक्दा आफूहरू जोखिमै मोलेर बस्न बाध्य भएको स्थानीय कर्णबहादुर वलीले बताए ।

गत वर्ष वर्षातको समयमा चारैतिरबाट गएको र एक हप्ताअघिको वर्षाका कारण पहिरो थपिएपछि गाउलेहरू सङ्कटमा परेका छन्। पहिरोका कारण स्थानीय कर्णबहादुर वली, जयराम वली, प्रेम वलीलगायतका परिवार चिन्तित बनेका छन्। 

पहिरो बढ्दै जाँदा उनीहरू राति सुत्दा पालो कुर्न बाध्य भएका छन्। त्रसित गाउलेले बस्ती सार्न सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन्।
'आर्थिक अवस्था कमजोर हुँदा घर छाडन सकेका छैनौ। बस्ती नजिकै पाच–छ ठाउमा पहिरो जादा सम्बन्धित निकाय समक्ष पुगेर तारजाली मागेका थियौ। कसैले चासो देखाएनन।' पीडितले भने।

प्रतिक्रिया

नेपाली युवतीको चीन सपना चकनाचुर

काठमाडौं—सम्पन्न आधुनिक जीवनशैलीको सपना बुन्दै चिनियाँ नागरिकसँग उत्तरी छिमेकमा घरजम बसाउने नेपाली युवतीहरुका सपना अन्ततः यौन हिंसा, यातना र शोषणमा परिणत भएका छन्। चीन पुगेर जीवनमा सुखसयल थप्ने अनि नयाँ...

भारतबाट ल्याइएका महिलाबारे अनुसन्धान सुरु

काठमाडौँ-नेपाली महिला तथा युवतीलाई नयाँदिल्ली हुँदै पर्यटक र कलाकारको भिसा मिलाई तेस्रो मुलुक पु¥याउन लागिएको अवस्थामा आज काठमाडौँ ल्याइएका २७ जना महिलाका अवस्थाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु...

स्थानीयलाइ कुटपिट गरेको आरोपमा दुई प्रहरी निलम्बित

रौतहट–जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जना प्रहरी जवानलाई निलम्वन गरेको छ । हजमिनिया गाविसमा मादक पदार्थ सेवन गरेर हो हल्ला गर्दै स्थानीयलाई कुटपिट गरेको आरोपमा...

युवा सञ्जालको आयोजनामा फोटो प्रतियोगिता हुने

काठमाडौं–अन्तर्राष्ट्रिय युवा दिवस मनाउन नेपाल युवा संस्था संञ्जाल (आयोन)ले फोटो प्रतियोगिताको लागि फोटोहरुको पठाउन आवेदन खुला गरिएको छ । मंगलबार नेपाल युवा संस्था संञ्जाल (आयोन)ले प्रेस विज्ञप्तिमार्फत फोटो आवेदनको औपचारिक...

कर्णाली राजमार्ग दुर्घटनाका पीडितलाई आठ महिनापछि क्षतिपूर्ति

नेपालगन्ज–कर्णाली राजमार्ग अन्र्तगत पोखरीकाडाँमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारले आठ महिनापछि क्षतिपूर्ति पाएका छन् । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघद्वारा सञ्चालित ना४ख ६८५७ नम्बरको बस गत मसिर २१ गते...

करेन्ट लागेर महिलाको मृत्यु

नुवाकोट -जिल्लाको बेलकोट गाबिसमा एक महिलाको करेन्ट लागेर ज्यान गएको छ। घाँस काटेर पालीमा हँसिया राख्न खोज्दा बेलकोट –७ अमारेकी २५ वर्षीय ममता पन्त करेन्ट लागी घाइते भएकी थिइन्।

संगठित अपराधका 'मोस्टवान्टेड' पक्राउ

सिरहा–विभिन्न संगठित अपराध मुद्दाका फरार अभियुतmलाई सिरहा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । भारतको जयनगरबाट ल्याएको २४ थान लागुऔषध कोरेक्ससहित फरार अभियुतm सिरहा नवराजपुर–४ का अजय मोची (२३)लाई सिमावर्ती गाउँ...

पत्नीसँग झगडा पर्दा विषादी सेवन गरी आत्महत्या

गौशाला-पत्नीसँग झगडा पर्दा महोत्तरीको धीरापुर गाविसमा गएराति एकजनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् ।मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने नथुनी शेषका छोरा ३३ वर्षीय जसाउद्दिन शेष रहेको जिल्ला प्रहरी कार्यालय...