Wednesday 14 Magh, 2071 |
Menu

समाज

HUB

हतियारधारी ‘गुण्डा’ले मध्यरात बस्तीमा डोजर चलाए (साथमा फोटो)

  • १४ बैशाख, २०७०
  • शेरबहादुर केसी
  • DISQUS_COMMENTS
(4 votes)
हतियारधारी ‘गुण्डा’ले मध्यरात बस्तीमा डोजर चलाए (साथमा फोटो)
बुटवल- हतियारधारी युवा समूहले डोजर प्रयोग गरी मध्यरातमा बुटवल७ नेपालगञ्जरोडमा नौ घर भत्काएको छ। राति साढे दुई बजे तीन वटा डोजर प्रयोग गरी ती घर भत्काएका हुन्। झण्डै पचास युवाले सडक नियन्त्रणमा लिदै घरघरमा पसेर पेस्तोल देखाउदै सुतिरहेका व्यक्तिहरुलाई ज्यान बचाउने भए बाहिर निस्कन भन्दै धम्क्याएर डोजर चलाएको स्थानीय बासिन्दाको भनाइ छ।
मध्यरातमा फिल्मी शैलीमा चलाएको डोजरले एउटा बनाउँदै गरेको दुई तले पक्की घर र अरु कच्ची टिनले छाएका घर भत्किएका छन्। घटनाबारे जानकारी पाएलगत्तै आएको प्रहरीले घर भत्काउदै गरेका तीन डोजर मध्ये दुईलाई चालकसहित नियन्त्रणमा लिएको छ। एउटा डोजर भागेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राजकुमार बैदवारले बताए।

मध्यरातमा मस्त सुतिरहेकालाई ढोका हान्दै सडक कार्यालयले डोजर चलाएर घरहरु भत्काउन लागेकाले बाच्ने भए बाहिर निस्केर भाग्न चेतावनी दिएपछि निद्राबाट ब्युझिएको स्थानीय विकासमान जोशीले बताए। उनका अनुसारबाहिर निस्कदा मुखमा मास्क लगाएर हातमा पेस्तोल समाएका युवाको लस्कर थियो। भत्काउदै गर्दा हामीहरु हातमा खुकुरी लिएर निस्कदा उनीहरु भागाभाग गरे,' उनले भने।

घटनाको आधाघण्टामै पुगेको प्रहरीले भाग्दै गरेका दुई डोजरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। हतियारधारी युवाको घेरामा मध्यरातमा सर्वसाधारणको घरमा डोजर चलाउनुको कारण नेपालगञ्ज रोडको मूल्यवान जग्गाको स्वामित्वको विषयलाई लिएर भएको हो। जानकारका अनुसार२०३२ सालमा राजमार्ग बनाउँदा जग्गा धनी बीरबहादुर थापाले क्षतिपूर्ति लिए। तर सडकले छाडेको साढे चार धुर जग्गाको क्षतिपूर्ति पाएपनि मालपोतमा उनको स्वामित्व कायमै रहयो। खाली ठाउँभएकाले विभिन्न ठाउबाट आएका व्यक्तिहरु टहरा बनाएर बस्न थाले। समय बित्दै जादा जग्गाको भाउ उर्लियो। यो जग्गामा बीरबहादुरका छोरा थानेश्वर थापाले आँखा गाडे। लालपूर्जामा साढे चार धुर भएपनि अन्य खाली जग्गासमेत गरी दुई कठ्ठाको हाराहारीमा जग्गा भएको स्थानीयको भनाइ छ।basti ma dojar 2

यो जग्गा हात पार्न थानेश्वरले अनेक जुक्ति निकाले। कहिले प्रहरी कार्यालयमा उजुरी दिए त कहिले एमाओवादी नेताको दैलो चहारे। अन्ततः कुनै उपाय नलागेपछि भाडामा युवाहरु लिएर डोजर चलाएको स्थानीयको बुझाई छ। तीन महिना अघि काठमाडौंका डन दिपक मनाङेको समूह घर खाली गराउने जिम्मा लिएर बुटवल आएपनि प्रहरीले बेलैमा सूचना पाएर नियन्त्रणमा लिएको थियो। यसपाली प्रहरीले सूचना पाउन नसक्दा सर्वसाधारणको घरमा डोजर चलेको हो। 

स्थानीय तुलसी न्यौपानेले १२ लाख रुपैयाँमा मणिग्रामको जग्गा बेचेर १० लाख रुपैयाँमा दुई महिना अघि होटल किनेको बताइन्। व्यापार जग्दै थियोमध्यरातमा डोजर चलाएर सम्पत्ति नष्ट भयोउनले भनिन्। घर भत्केर मर्कामा भाडामा बस्दै आएका परेका छन्। ४ लाख रुपैयाँ पेश्की घरभेटीलाई दिएर किराना पसल सुरु गरेका गिरीप्रसाद अर्यालले २० लाखको धनमाल नष्ट भएको बताए। प्रहरीले गुण्डाशैलीमा लगाइएको डोजरबाट भएको क्षति संकलन गर्ने काम भइरहेको जनाएको छ। १ करोडभन्दा बढीको धनमाल क्षति भएको स्थानीयको दाबी छ। लाखौंको सम्पत्ति नष्ट भएपछि क्षतिपूर्ति र शान्तिसुरक्षाको माग गर्दै पीडित सर्वसाधारणले शनिवार बिहान १० बजेसम्म बुटवलमा सडक अवरुद्ध गरेका थिए। प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले क्षतिपूर्तिदोषीलाई कारबाही गर्ने र शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खुलेको थियो।

प्रमुख जिल्ला अधिकारी पन्थीले अपराधीलाई कुनै पनि आधारमा उन्मुक्ति नदिइने बताए। समाजमा गुण्डाराजविरुद्ध कारबाही नचाल्ने हो भने भयावह अवस्था आउछ,' उनले भने। 

तीन महिनाअघि दिपक मनाङेको समूह सक्रिय भएपनि अहिले यो समूह हो होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा स्थानीय वाइसिएलयुथफोर्स र तरुणदलमा संगठित भएका केही युवाको संग्लग्नता भएको प्रहरी अनुसन्धानले खुलाएको छ। केही दिनमा सबै खुल्छअहिले व्यक्तिबारे केही नभनौं,' इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी बैदवारले बताए। मध्यरातमा बस्तीमा चलेका डोजर र चालक नियन्त्रणमा लिएकोले प्रहरीले यसलाई दरिलो प्रमाण मानेको छ। अनुसन्धानको लागि यो एउटा दरिलो प्रमाण हो,' डीएसपी बैदवारले भने। पक्राउ परेका डोजर चालक स्थानीय बासिन्दाको ढुंगा प्रहारबाट गम्भीर घाइते भएकाले भरतपुर मेडिकलमा उपचार भइरहेको छ। अर्का चालक कपिल न्यौपानेसहचालक मुक्ति पराजुली र डोजर धनी पोषराज अधिकारी इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन्। 

बम हत्याकान्डमा उत्कृष्ट काम गर्ने दुई प्रहरीको पदोन्नति

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या अनुसन्धानमा उत्कृष्ट काम गर्ने २ जना प्रहरीको पदोन्नति भएको छ। प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटीले बम हत्याका अभियुक्त पक्राउ गर्न प्रभावकारी काम गरेकोमा प्रहरी...

होटलमा युवती राखेर अनैतिक क्रियाकलाप गराउने पक्राउ

सुरुङ्गा- होटलमा युवती राखेर अनैतिक क्रियाकलाप गराउँदै आएका विर्तामोड निवासी होटल सञ्चालकद्वय पक्राउ परेका छन्। पक्राउ पर्नेमा फ्रेन्डसीप होटलका सञ्चालकद्वय विपिन कोइराला र उमादेवी कोइराला रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले...

आगोमा जलेर महिलाको ज्यान गयो

बागलुङ- जिल्लाको बाटकाचौर गाबिसमा गोठमा आगलागी हुँदा बुधबार एक महिलाको ज्यान गएको छ। बाटकाचौर-३ स्थित प्रेमबहादुर खत्रीको घरमा अचानक लागेको आगलागीबाट ४५ वर्षीया पुनम बोहोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...

ग्यासको अभाव अन्त्य गर्न माग

काठमाडौं- खाना पकाउने एलपी ग्यासको अभाव अन्त्य गर्न अखिल (क्रान्तिकारी)ले सरकारसँग माग गरेको छ। माइतिघर मण्डलाबाट नेपाल आयल निगमसम्म खाली ग्यास सिलिन्डरसहित प्रदर्शन गर्दै आज विद्यार्थीले कृत्रिम अभाव अन्त्य गर्न...

यातना दिने आमाविरुद्ध छोरीको उजुरी

रत्ननगर- चितवनको जुटपानीकी एक महिलाले आफ्नै आमाविरुद्ध उजुरी दिएकी छिन्। तल्लो जातसँग बिहे गरेको भन्दै आमाले यातना दिएपछि ती महिलाले आफ्नै आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आज उजुरी दिएकी छिन्। उजुरीका...

भक्तपुर तीनकुनेमा पार्क निर्माण

भक्तपुर- भक्तपुर नगरपालिकाले अरनिको राजमार्गसँगै जोडिएको भक्तपुर सल्लाघारी तीनकुनेमा हरियालीसहितको पार्क निर्माण गरेको छ।

बसको ठक्करबाट यात्रुको मृत्यु

रौतहट- पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर-१ स्थित लमाहा जंगलमा बसको ठक्करबाट एक जना यात्रुको ज्यान गएको छ। काठमाडौंबाट कटारीको लागि छुटेको ना५ख १८१७ नम्बरकाे ठक्करबाट सर्लाही बर्दिवास-११ बस्ने ६५ वर्षीय पुष्पराज...

कम्प्युटर छ, शिक्षक छैनन्

कम्प्युटर छ, शिक्षक छैनन्

काठमाडौं-सन् २०२५ भित्र सबै विद्यालयमा डिजिटल प्रविधि पुर्‍याउने सरकारी गुरुयोजना शिक्षक नहुँदा प्रभावहीन भएको छ। जसोतसो आइपुगेका कम्प्युटर शिक्षक नभएका कारण विद्यालयहरुले पोको पारेका राखेका छन्। सरकारले कम्प्युटर, प्रिन्टर र...