Wednesday 10 Baishak, 2071 |
Menu

समाज

बाबुद्वारा छोरी बलात्कृत

(0 votes)
तनहुँ- तनहुँको दक्षिण भेगमा पर्ने भिमाद गाविसकी एक बालिका आफ्नै बाबुद्वारा शनिबार राति घरमै बलात्कृत भएकी छिन्।भिमाद गाविस वडा नं ९ निवासी विक थरका ३४ वर्षीय बाबुले १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ।
रातको समयमा बालिका चिच्याएको सुनेपछि सानीआमाले प्रहरीमा खबर गरेपछि विकलाई पक्राउ गरिएको भीमाद प्रहरी चौकीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको र बालिकाको स्वास्थ्य परीक्षणका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। रासस

चार सामुदायिक वनमा डढेलो, तीन घर नष्ट

खोटाङ – खोटाङको छुट्टा–छुट्टै चार स्थानमा लागेको डढेलोले लाखौंको क्षति भएको छ। जिल्लाको डिकुवा, माक्पा, सिमपानी र बासपानीमा लागेको डढेलोले लाखौंको वन पैदावार एवं धनको क्षति भएको हो।

दुई महिनादेखि खाद्यान्न अभाव

दुई महिनादेखि खाद्यान्न अभाव

हुम्ला-हुम्लामा यस वर्ष चरम खाद्यान्न संकट देखिएको छ। गत फागुनदेखि ढुवानी हुन नसकेको खाद्यान्न पाउने आशमा सर्वसाधारण खाद्य संस्थानको स्थानीय डिपोमा धर्ना दिइरहेका छन्।

आरोही राहत कोष स्थापना हुने

आरोही राहत कोष स्थापना हुने

काठमाडौं-सर्वोच्च शिखर सगरमाथामा गत शुक्रबार गएको हिमपहिरोबाट भएको मानवीय क्षतिपछि सरकारले स्थायी रूपमा ‘हिमाल आरोही राहत कोष' स्थापना गर्ने निर्णय गरेको छ।

२१ करोडको ‘बस टर्मिनल' बन्ने

वीरगन्ज-खाल्डाखुल्डी र अस्तव्यस्तताले जीर्ण वीरगन्ज बसपार्क अब अत्याधुनिक ‘बस टर्मिनल' बन्ने भएको छ। २ वर्षभित्र सञ्चालनमा आउने गरी सुविधासम्पन्न टर्मिनल बनाउन सहरी विकास कोष र जर्मन संस्था जिआइजेडबीच सम्झौता भएको...

सुटिङको पैसा फर्जी कागजबाट लुट

काठमाडौं-वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा हुने गरेका फिल्म, सिरियल र भिडियो सुटिङ क्रममा उठाइने दस्तुर कर्मचारीले मिलेमतोमा आफैं खाने गरेको भेटिएको छ। नगद रसिद हुँदाहुँदै सेतो कागजमा कार्यालयको छाप र कर्मचारीले...

पोखरा सडकमा सौर्यबत्ती जोडिँदै

पोखरा सडकमा सौर्यबत्ती जोडिँदै

पोखरा-पोखराका सडक लोडसेडिङमा पनि उज्यालो हुने भएका छन्। लेकसाइड र न्युरोड क्षेत्रलाई चौबीसै घन्टा उज्यालो बनाउन सोमबारदेखि सौर्य सडकबत्ती जडान सुरु गरिएको छ।

विष सेवनबाट किशोरीको मृत्यु

खोटाङ– विष सेवनबाट खोटाङमा एक किशोरीको मृत्यु भएको छ। मेटासिट सेवनबाट खार्ताम्छा–३ की १३ वर्षीय सुनिता राईको मृत्यु भएको हो।

इनारमा खसेर बृद्धको मृत्यु

उदयपुर— यहाँका एक बृद्धको मंगलबार बिहान इनारमा डुबेर मृत्यु भएको छ। त्रियुगा नगरपालिका ४ असारीका ७१ वर्षीय रत्नबहादुर पौडेलको इनारमा खसेर मृत्यु भएको त्रियुगा नगर प्रहरी गाईघाटले जनाएको छ।

Our website is protected by DMC Firewall!