Thursday 13 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

सिलौटा हानेर पत्‍नीको हत्या

(0 votes)
कावासोती- नवलपरासीको कावासोतीमा एक व्यक्तिले पत्‍नीको हत्या गरेका छन्।शिवमन्दिर२ का ३७ वर्षीय विश्वास पौडेलले गए राति पत्नी पार्वतीको सिलौटाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कावासोतीलजनाएको छ।
nepali-patro-may
हत्यारालाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्गको कावासोतीमा दुई घन्टा चक्काजाम गरेका छन्। घरबाट शव निकाल्ने बेलामा प्रहरीले स्थानीयवासीलाई बल प्रयोग गर्दा पाँच घाइते भएका छन्। 

प्रहरीको बल प्रयोगबाट कावासोती५ की पार्वती देवकोटाको खुट्टा भाँचिएको छ। प्रहरीले अश्रुग्यास प्रयोग गरी स्थानीयवासीलाई हटाउने प्रयास गरेपछि महिलाले त्यसको कडा प्रतिवाद गरेका थिए। प्रहरीले गाउँलेमाथि अनावश्यक बल प्रयोग गरेकामा स्थानीयवासी रुष्ट भएका छन्। रासस

प्रतिक्रिया

मनपरी शुल्क लिने विद्यालयलार्इ कारवाही गर्न ३ दिने अल्टिमेटम

मनपरी शुल्क लिने विद्यालयलार्इ कारवाही गर्न ३ दिने अल्टिमेटम

काठमाडौं– मनपरी शुल्क असुली गर्ने निजी विद्यालयलाई कारवाहीको माग गर्दै १४ विद्यार्थी संगठनले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।

सुरक्षाकर्मी राखेर साझा बस सञ्चालन

सुरक्षाकर्मी राखेर साझा बस सञ्चालन

काठमाडौं— यातायात व्यवसायीको चक्का जाममा बिहीबार आधा दिनसम्म बन्द रहेका साझाका बस दिउसोदेखि सञ्चालनमा आएका छन्। सरकारले सुरक्षा उपलब्ध गराएपछि लगनखेल—नारायणगोपाल चोक रुटमा ८ वटा बस सञ्चालनमा आएका हुन्।

आन्दोलनकारीको नियन्त्रणमा एम्बुलेन्स

नेपालगन्ज–यात्रु ओसारेको भन्दै आन्दोलनरत यातायात व्यवसायीले बाँकेको कोहलपुरबाट एउटा एम्बुलेन्स नियन्त्रणमा लिएका छन्।

व्यवसायीको चक्काजाममा साझाका बस चलेनन्

व्यवसायीको चक्काजाममा साझाका बस चलेनन्

काठमाडौं—ट्राफिक नियम र चार वर्षअगाडि आफैँले गरेको प्रतिबद्धताविपरित यातायात व्यवसायीले आह्वान गरेको बिहीबारको चक्काजाममा सरकारी स्वामित्व समेत रहेको साझा यातायातका बस सञ्चालन भएका छैनन्।

बेल्जियम गएका विमल शुक्रबार बिहान काठमाडौं आइपुग्ने

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगर शुक्रबार बिहान नेपाल फर्किने भएका छन्। उपचारका लागि बेल्जियम गएका उनी बहिनीको शंकास्पद मृत्युको खबर पाएपछि नेपाल फर्किने भएका हुन्।

नेपाल प्रहरीद्वारा सर्वसाधारणका लागि बस संचालन

काठमाडौं-विभिन्न यातायात मजदुर संघ,संगठन तथा व्यवसायीले गरेको चक्काजामलाई मध्य नजर गर्दै नेपाल प्रहरीले बिहीबार सर्वसाधारणलाई सुविधा दिने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा दुई वटा बस संचालन गरेको छ।

कतै छुटे, कतै थपिए

गोरखा- लाभग्राही सूचीमा नाम छुटेपछि भूकम्पपीडितले धमाधम उजुरी गर्न थालेका छन्। यो सूचीमा नपरेससम्म सरकारले घर बनाउन अनुदान दिने दुई लाख रुपैयाँ पाउन सकिँदैन। सरकारले विद्युतीय माध्यमबाट पीडितको लगत संकलन...

घर भत्कँदा एक जनाको मृत्यु

बैतडी–बर्षापछि खहरे खोलामा आएको बाढीले घर भत्कँदा बैतडीमा एक जनाको मृत्यु भएको छ। कुलाँउ–४ डुङ्रीका करनसिंह साउदकी ३५ वर्षीया श्रीमती कलावतीको मृत्यु भएको प्रहरीले जनाएको छ।