9 Jestha, 2072 |
Menu

समाज

अपहरणकारी पक्राउ

(0 votes)
काठमाडौं- अपहरणमा संलग्न काठमाडौं लप्सेफेदी४ काफलचौर बस्ने २४ वर्षीय जीवन तामाङ र काभ्रेपलाञ्चोक नाल्दुम गाविस८ नगरकोट बस्ने २१ वर्षीय हरि तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ। 


वैशाख १४ गते १२:३० बजे लप्सीफेदी गाविस७ बागधारास्थित सडकबाट लप्सीफेदी पौवा नाङ्लेभारे हुँदै चापाकोट सडक पिच गर्ने ठेक्का लिई काम गर्दैआएका ललितपुर गोदामचौर८ घर भई ठैब बस्ने ३८ वर्षीय रमेशकुमार थापालाई अभियुक्त तामाङसहितका २५/२६ जनाको समूहमा आएका व्यक्तिले अपहरण गरी लगेका थिए। 

सो घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्ध तथा मातहतसमेतबाट खटिएको प्रहरी टोलीले अपहृत थापालाई सोही दिन लप्सीफेदी गाविस६ कात्तिके आलाचौरबाट सकुशल उद्धार गरेको थियो। 

उक्त घटनामा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा उनीहरुलाई प्रहरीले भक्तपुर जिल्ला खरिपाटीबाट पक्राउ गरेको थियो।निजहरुमाथि अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

महाभूकम्पपछिे हलेसीमा पर्यटक घटे

खोटाङ–महाभूकम्पपछि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने पर्यटक घटेका छन् । हिउँद–वर्षा दुबै मौसममा बाक्लो भीड लाग्ने हलेसीमा भूकम्पले निम्त्याएको बिपत्तिपछि आन्तरिक तथा बाह्य पर्यटक घटेका हुन्।

छाडेन भात–भान्छाले

काठमाडाैं-मेखमाया तामाङ कोटेश्वरस्थित आर्मी पोस्टको कम्पाउन्डभित्र रहेको अस्थायी शिविरमा लुगा धुन व्यस्त छिन् । नजिकै पालभित्र भने पुरुषहरू तासको खालमा जमिरहेका छन् । लुगा धुँदाधुँदै उनले केहीपर रहेको पाइपबाट चार–पाँचपटक...

प्लस टु परीक्षा सार्न दबाब

काठमाडौं- उच्च मावि शिक्षा परिषदले कक्षा १२ को परीक्षा यही जेठ २० देखि सञ्चालन गर्ने सार्वजनिक गरे पनि उपत्यकाका भूकम्प पीडित विद्यार्थीले आफूहरू मानसिक र शारीरिक रूपमा परीक्षा दिन तयार...

सकसमा सुत्केरी र शिशु

सकसमा सुत्केरी र शिशु

काठमाडौं– वैशाख १२ गते विनाशकारी भूकम्प जानुभन्दा ठिक एक घन्टाअघि पाटन अस्पतालको प्रसूति वार्डमा मुना तामाङले साढे तीन किलोको शिशुलाई जन्म दिइन् । रातो गुराँसझैं सुन्दर ती बालकले च्याँच्याँपछि जसै आँखा...

सहुलियतका त्रिपालमा कालोबजारी

मोरङ-विराटनगरका व्यापारीले भन्सार छुटमा ल्याइएका त्रिपालमा कालोबजारी गरेको पाइएको छ । भूकम्पपछि पीडितलाई राहत पुग्ने गरी सरकारले भन्सार छुट गरेको मौकाको फाइदा उठाउँदै लाखौं रुपैयाँका त्रिपाल भित्रायाएका व्यापारीले सर्वसाधारणसँग चर्को...

भूकम्पपछि वैदेशिक रोजगारीमा जानेको संख्या कम

काठमाडौँ-गत वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ ।  गत चैतमा ५२ हजार २१० जना वैदेशिक रोजगारीमा गएकामा वैशाखमा...

भूकम्पपीडितलाई नयाँ घरको आशा

भूकम्पपीडितलाई नयाँ घरको आशा

इलाम/पाँचथर/ताप्लेजुङ- स्थानीय प्रशासनले 'हचुवाका भरमा राहत नदिने' बताइरहे पनि मेची पहाडका सयौं भूकम्पपीडितले नयाँ घरको आश गरेका छन्। दुई शक्तिशाली भूकम्पले पूर्णरुपमा घर क्षति भएका पीडितले सरकारबाट सहुलियतमा ऋण पाउने...

'भीरमा लाश देखिन्छ, निकाल्न सकिँदैन'

गोरखाबजार- वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शव अझै निकाल्न सकिएको छैन।