Tuesday 4 Kartik, 2071 |
Menu

समाज

पतिको कुटाइबाट पत्‍नीको मृत्यु

(0 votes)
प्यूठान- पतिको कुटाइबाट प्यूठानमा पत्नीको मृत्यु भएको छ। बाङ्गेशाल, आँधीटार निवासी ३० वर्षीया भगवता विष्टको आफ्नै घरमा बसिरहेको अवस्थामा गएराति पति बलदेवले मदिरा सेवन गरी कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विष्ट दम्पती झगडा गरी घाइते भएपछि पतिलाई प्रहरी नियन्त्रणमै स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्लप्रहरीले जनाएको छ। रासस
त्रिशूलीमा ट्रक खस्यो, ४ जना हराएको आशंका

त्रिशूलीमा ट्रक खस्यो, ४ जना हराएको आशंका

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत गजुरी–२ फुर्केखोलास्थित सडकबाट त्रिशूली नदीमा आइचर ट्रक पल्टिएर बेपत्ता भएको छ। ट्रकमा सवार चार जना हराइरहेका छन्। सोमबार दिउँसो पौने पाँच बजेतिर काठमाडौंबाट चरौंदीतर्फ जाँदै गरेको तरकारी...

पत्रकारमाथि सांघातिक आक्रमण

झापा– कार्यालयबाट घर फर्कंदै गरेको अवस्थामा झापाकी पत्रकार रेजिना रोदन आइतबार सांघातिक हमलामा परेकी छिन्। बिर्तामोडबाट प्रकाशित हुने जनान्दोलन साप्ताहिककी कार्यकारी सम्पादक र अर्जुनधारा दैनिककी संवाददाता उनीमाथि राति ९ बजे...

उद्योगपीडित किसानलाई आठ करोड क्षतिपूर्ति

रौतहट– बाढीको समयमा रौतहटका तीन उद्योगले रसायन मिसिएको पानी छाडेपछि धानबालीमा व्यापक क्षति पुगेको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटले ती उद्योगहरूलाई दण्डित गर्ने निर्णय सुनाएको छ। विभिन्न रिपोर्टका आधारमा उद्योगहरू...

बाग्मती नदीको दुबै किनारामा उद्यान बन्ने

काठमाडौं-नेपाल टेलिकमले बाग्मती नदीको दुबै किनारामा उद्यान निर्माण गर्ने भएको छ। उद्यान निर्मण गरी संञ्चालन गर्न अधिकार सम्मपन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग आज टेलिकमले सम्झौता गरेको छ।

देउसी भैलो खेल्न सरकारद्वारा दुई घन्टा समय थप

देउसी भैलो खेल्न सरकारद्वारा दुई घन्टा समय थप

काठमाडौं– तिहारमा देउसी भैलो खेल्न सरकारले यसअघि साँझ ७ बजेसम्मको समय तोकेकोमा दुई घन्टा थप गरेको छ। देउसी भैलोका लागि समय तोक्ने सरकारी निर्णयको चौतर्फी आलोचना भएपछि गृह मन्त्रालयले केही...

तिहारमा उत्सव बत्ती नबाल्न प्राधिकरणको आग्रह

तिहारमा उत्सव बत्ती नबाल्न प्राधिकरणको आग्रह

काठमाडौं—नेपाल विद्युत् प्राधिकरणले तिहारमा उत्सब बत्ती नबाल्न आग्रह गरेको छ। ६८ मेगावाट विद्युत् उत्पादन घटेको भन्दै प्राधिकरणले उच्च विद्युत् खपत गर्ने उपकरणहरु फ्रिज, आइरन, राइस कुकुर, एयरकन्डिसन जस्ता सामग्री कात्तिक...

१२ लाखको चाँदीसहित एक भारतीय पक्राउ

वीरगन्ज- भारत बिहारको पश्चिमी चम्पारण टिकुलिया घर भएका ३३ वर्षे विजयकुमार सर्राफलाई प्रहरीले २० किलो चाँदीसहित वीरगन्ज भन्सार नाकाबाट पक्राउ गरेको छ। नारायणी अञ्चल प्रहरी कार्यालय, वीरगन्जको 'बिशेष टोलीले सुराकीले...

यात्रुबाहक बसमा २० किलो स्टोन फेला

काठमाडौं- स्थलमार्ग हुँदै उपत्यकामा स्टोन तस्करी हुने गरेको खुलेको छ। एक यात्रुबाहक बसमा प्रहरीले २० किलो विभिन्न प्रकृतिका स्टोन फेला परेपछि पछिल्लो समय स्टोन कारोबारीले उपत्यकामा स्टोन ल्याउन सार्वजनिक यातायातको...