Wednesday 12 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

गुच्चा बनाएर रक्तचन्दन तस्करी

(0 votes)
काठमाडौं - तस्करीका 'आइडिया' पनि कस्ता–कस्ता! बडेमानका काठका मुढालाई गुच्चाजत्रो आकार दिएर प्रहरीका आँखा छल्ने! गाडीमा फल्स–बटम बनाएर एवं एम्बुलेन्समा राखेर तस्करी गर्ने प्रयाससमेत असफल भएपछि रक्तचन्दन तस्करले नयाँ काइदा अपनाउन थालेका रहेछन्।
nepali-patro-may

प्रहरीले मंगलबार राजधानीको ठमेल क्षेत्रमा रोकिराखेका दुइटा टोयोटा कारबाट गुच्चा आकारका ६५ किलो रक्तचन्दन फेला पारेको छ। प्रहरीलाई झुक्याउन रक्तचन्दनका मुढालाई गुच्चा आकारमा ढालेर चीनको खासासम्म लैजाने गरेका रहेछन्।
खासामा रक्तचन्दको माग बढेपछि भारत र नेपालका तस्कर समूह मिलेर ट्रकका ट्रक चन्दन नेपाल भित्र्याएर स्थलमार्गबाट खासा पुर्या्उन सक्रिय थिए। साइटिस कानुनअनुसार कारोबारमा प्रतिबन्ध लगाएको वनस्पति तस्करी भएको सार्वजनिक भएपछि कारोबार रोक्न दबाब बढेको थियो।
पछिल्लो समय प्रहरीले चन्दन तस्करीमा कडाइ गरेपछि लुकिछिपी मुढा आकारमै कारोबार हुँदै आएको थियो। प्रहरीको निगरानीका कारण मुढा आकारको चन्दन तस्करीमा कठिनाइ भएपछि उनीहरु अन्य विकल्पमा केन्द्रित भएको खुलेको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी चक्रबहादुर सिंहका अनुसार खासा लैजान तयारी अवस्थामा राखेको दुइटा गाडी र ६५ किलो गुच्चा आकारको रक्तचन्दनसहित प्रहरीले कारोबारमा संलग्न अभियोगमा सिन्धुपाल्चोकका पाँचजनालाई पक्रेको छ।
पक्राउ परेकामा नरूप छिरिङ शेर्पा, लीला श्रेष्ठ, अमर श्रेष्ठ, निमाछिरिङ शेर्पा र पदम श्रेष्ठ छन्। उनीहरु तस्करका सहयोगी रहेको खुलेको छ । नरुप तातोपानी नाकाका हुन्। लीला गुम्ताङ, अमर बाह्रबिसे, निमा लिस्टी र पदम जलवीरेका भएको प्रहरीले जनाएको छ। बरामद गाडीसमेत उनीहरुकै रहेको देखिएको छ।
कारको डिक्कीमा फल्स बटम बनाएको र प्रहरी मुढा आकारको रक्तचन्दनमा केन्द्रित भएकाले उनीहरुले यसअगाडि पटक–पटक चन्दन खासा पुर्याकएको प्रहरीको आशंका छ।
'कार किनेर फल्स–बटम नै बनाएकाले पहिलोपटक तस्करी गर्ने प्रयास गर्दा पक्राउ परेका हैनन्,' सिंहले नागरिकसँग भने, 'उनीहरुको शैली हेर्दा लामो समयदेखि सक्रिय रहेको देखिन्छ।'
अनुसन्धान अधिकारीका अनुसार गुच्चा आकारको चन्दन भारतबाट आउने गरेको र त्यसलाई विभिन्न गाडीमा लुकाएर खासा पुर्या्उने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
केही व्यक्ति उपत्यकाभित्र प्रतिबन्धित रक्तचन्दन बिक्रीवितरणमा सक्रिय रहेको सूचनाका आधारमा उनीहरुको खोजीमा प्रहरी खटिएको डिएसपी सिंहले बताए। उनका अनुसार गाडीबाट तातोपानी लैजान कारोबारीले ठमेल क्षेत्रमा रक्तचन्दन लुकाएर राखेको सूचना आएको थियो।
मंगलबार कारोबारी तातोपानी जाँदैछ भन्ने सूचनाका आधारमा खोज्न खटिएको प्रहरीले बिहान साढे पाँच बजे क्षेत्रपाटीमा शंकास्पद दुइटा कार फेला पारेको थियो। सिंहका अनुसार ठमेलमा बा१च ९२८३ र बा१च ५०२० नम्बरको टोयोटा गाडी शंकास्पद अवस्थामा सडक किनारामा भेटिएको हो।
प्रहरीले जाँच गर्दा कारको डिक्कीमा इन्धन ट्याङ्की आकारमा बनाएको फल्स बटममा काठका गोलो दाना फेला परेको थियो। परीक्षणमा दानाहरु रक्तचन्दन भएको खुलेको प्रहरीले जानकारी दिएको छ।
सिंहका अनुसार प्रहरीले नियन्त्रणमा लिएको कारमध्ये बा१च ९२८३ नम्बरको कारको पछाडिपट्टिको डिक्कीमा खुला अवस्थामा ३४ किलोको गोलो दाना फेला परेको छ। बा१च ५०२० नम्बरको कारभित्र झोलामा सेतो प्लास्टिकको १० वटा पोका फेला परेको थियो।
पोका खोलेर हेर्दा सबैमा गोलो दाना आकारको ६ किलो रक्तचन्दन फेला परेको थियो। अनुसन्धान क्रममा सिन्धुपाल्चोक बाह्रबिसेका अमरको महाबौद्धमा रहेको डेरामा समेत रक्तचन्दन रहेको खुलेपछि प्रहरीले उनको डेरामा छापा मारेको थियो। उनको डेराबाट उस्तै गोलो आकारका ४४ वटा पोका फेला परेका छन्। कोठामा फेला परेको रक्तचन्दनको तौल साढे २५ किलो रहेको प्रहरीले जानकारी गराएको छ।
मंगलबार फेला परेको रक्तचन्दनको मुख्य कारोबारी तिब्बती नागरिक रहेको खुलेको छ। पक्राउ अभियुक्तले तिब्बती नागरिकको निर्देशनमा प्रतिकिलो एक हजार रुपैयाँ लिएर चन्दन स्थलमार्गबाट खासासम्म पुर्याबउने गरेको प्रहरीसँग प्रारम्भिक बयानमा बताएका छन्।
रक्तचन्दन, समुद्री घोडा, सालकको खबटालगायत अन्य वन्यजन्तु तस्करीमा चिनिया र तिब्बती नागरिकको संलग्नता खुलेको यो पहिलो घटना होइन। अधिकांश घटनामा मुख्य कारोबारी उनीहरु नै रहेको खुले पनि पक्राउको संख्या अत्यन्त न्यून छ।
मालाआकारको रक्तचन्दन फेला परेको यो नै पहिलो घटना भने होइन। गत मंसिरमा भक्तपुर प्रहरीले ट्रकचालकको सिटमुनि लुकाएर राखेको १४ किलो रक्तचन्दन फेला पारे पनि कारोबारी फेला पारेको थिएन। सूर्यविनायकको सडकमा बेवारिसे ना२ख ६५६९ नम्बरको ट्रकमा चन्दनको मालासहित समुद्री घोडा र सालकको खबटासमेत फेला पारेको थियो। केही समयअगाडि नौ किलोको रक्तचन्दनको माला लिएर चीन जान त्रिभुवन विमानस्थल पुगेका दुई चिनियाँ पनि पक्राउ परेका थिए।

प्रतिक्रिया

बाढीले बगाउँदा दुईको मृत्यु, चार घाइते

बाजुरा-बाजुरा जिल्लाको रुगिन गाविस–६ मा गएराति आएको बाढीले बगाएर दुई बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जहाँसुकै यात्रु चढाउने, ओर्लन टाढा पुर्‍याउने

जहाँसुकै यात्रु चढाउने, ओर्लन टाढा पुर्‍याउने

काठमाडौं-'भाइ यता ओर्लने छ है !' 'अलि अगाडि रोक्छ,' माइक्रोबसको झ्यालबाट टाउको बाहिर निकालेर सहचालकले सडकमा उभिएकासँग सोध्यो, 'जाने हो ?'

एसएलसी नतिजा असार तेस्रो साता

काठमाडौं-एसएलसी परीक्षाको नतिजा यस वर्ष विगतभन्दा केही ढिलो आउने भएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले नतिजा आगामी असार तेस्रो साता मात्र सार्वजनिक गर्ने भएको हो।

जाली नोट बिरुद्ध प्रहरी अप्रेसन 'साईलेन्ट'

काठमाडौं-प्रहरीले पाकिस्तानलाई केन्द्र बनाएर हाजी र असलम सेराका नामले जाली नोट उत्पादन, बिक्री र ओसारपसारमा सक्रिय हाजी तलाद समूहका नेपालस्थित एजेन्ट र भरियालाई पक्राउ गरेको छ।

कालिकोटका बाढी पीडितलाई राहत वितरण

कालिकोटका बाढी पीडितलाई राहत वितरण

कालिकोट-जेठ ६ गते जिल्लाको लालिघाट गेजबजारमा ५ जनाको ज्यान लिन गरि आएको बाढीपहिरोबाट पीडित परिवारलाई राहत वितरण गरिएको छ। गृहमन्त्री शक्ति वहादुर वस्नेतले सोमवार राहत वितरण गरेका हुन।

यातायात कार्यालय एकान्तकुनाबाट २६ दलाल पक्राउ

काठमाडौं— प्रहरीले यातायात ब्यवस्था कार्यालय बाग्मतीको एकान्तकुनास्थित कार्यालयमा मंगलबार अपरान्ह छापामारी २६ जना दलाललाई पक्राउ गरेको छ।

चक्काजाम अाह्वानविरुद्ध गृहको कडा चेतावनी

चक्काजाम अाह्वानविरुद्ध गृहको कडा चेतावनी

काठमाडौं— ट्राफिक नियम मिचेको जरिवाना रकम बढाएको विरोधमा चक्काजाम गर्ने घोषणा गरेका यातायात व्यवसायी तथा मजदूर संगठनहरुको घोषित कार्यक्रमविरुद्ध मंगलबार गृह मन्त्रालयले कडा चेतावनी दिएको छ।

बुढीखोलामा आएको बाढीले ५ घर बगायो

बुढीखोलामा आएको बाढीले ५ घर बगायो

इटहरी– वर्षायाममा पानी पर्दा नदीहरुमा वाढी आउनु स्वाभाविक मानिन्छ । तर, सुनसरीका विभिन्न खोलमा पानीको वहाव वढनासाथ आसपासका बासीन्दालाई भने ठुलै चिन्ताले सताउने गर्छ।