Thursday 11 Baishak, 2071 |
Menu

समाज

२२ वर्षकी युवतीसँग फकिँदा अपहरणमा

  • शुक्रबार १३ बैशाख, २०७०
  • केपी ढुंगाना
  • DISQUS_COMMENTS
(1 Vote)
काठमाडौं– व्यापारी राजेशकुमार अग्रवाललाई अपहरण गरी दुई करोड फिरौती माग्ने समूहका दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ। जमिल उल्ला र मोहम्मद नसिरुद्दिनलाई प्रहरीले आज महानगरीय आयुक्त कार्यालय रानीपोखरीमा सार्वजनिक गरेको हो।


"चिया लिएर बस्दै गर्नुस् भन्दै युवती बाहिरिइन्। त्यसलगत्तै मास्क लगाएका चार युवक छिरे। उनीहरुसँग कुनै हतियार थिएन। हामीसँग हतियार छैन भनेर भाग्न खोज्लास्, फेरि मर्छस्। हामी गोली हानेर सजिलै मार्ने मान्छे हैनौँ, टुक्राटुक्रा पारेर लाश फाल्छौँ भने। - अपहरित व्यापारी अग्रवाल नागरिकन्युजकर्मीसँग

वैशाख ९ गते कलंकीबाट अपहरणमा परेका अग्रवाललाई प्रहरीले सकुशल अपहरणमुक्त गरी अपहरणमा संलग्न पाँच जना मध्ये दुई जनालाई पक्राउ गरेको हो। अपहरणकारीले अपहरणमुक्त हुन अग्रवालका परिवारसँग दुई करोड फिरौती मागेको थियो। तर फिरौती बुझाउनु अघि नै प्रहरीले बन्धक बनाएर राखेको कीर्तिपुरको एक घरमा हस्तक्षेप गरी बिहीबार बिहान उनलाई मुक्त गरेको  महानगरीय प्रहरी आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख विजयलाल कायस्थले बताए।

कायस्थका अनुसार अपहरणकारीले महिलाको सहयोग लिई ९ गते बिहान अग्रवाललाई बाबा पेट्रोल पम्प, कलंकीमा बोलाई कीर्तिपुर पुर्‍याई बन्ध बनाई राखेका िथिए। अपहरणमा संलग्न अन्य तीन जना भने फरार छन्। 

दुई फरारको नाम दिनेश र मुबारक भएको खुले पनि अग्रवाललाई फकाउँदै कोठासम्म पुर्‍याएर बन्धक बनाउनमा मुख्य सहयोगी रहेका महिलाको नामसमेत खुल्न सकेको छैन। अपहरणमुक्त अग्रवालका अनुसार अन्दाजी २२/२३ वर्षकी गोलो अनुहार भएकी उनले त्यो दिन क्रिम कलरको कुर्था सलवार लगाएकी थिइन्। २०/२२ दिनदेखि उनले फोन गरेर अति आवश्यक काम छ, भेट्नु पर्‍यो भन्दै आग्रह गरेपछि आफू भेट्न गएको उनले बताए। त्यहाँ पुगेपछि उनले बाटोमा कुरा नगरौँ, नजिकै कोठा छ भन्दै कीर्तिपुरको निर्माणाधीन एक भवनमा लगेर चार जना अपहरणकारीलाई जिम्मा लगाएर हिँडेकी थिइन्। 

निर्माण सामग्रीको व्यापारमा संलग्न अग्रवाल अपहरणमा परेको सूचनापछि अपराध महाशाखाले खोजी सुरु गरेको थियो। 

पक्राउ परेका दुवै अभियुक्त ढुंगागिट्टीसम्बन्धी व्यापारमा संलग्न रहेको र दुवैले अग्रवालको व्यक्तिगत आनीबानी र कमजोरी पहिल्याएर अपहरण गरेको महाशाखाका एसपी प्रद्युम्न कार्कीले बताए। 

चौतारी र क्रान्तिकारीको सहकार्यमा थारु पत्रकार संघको समर्थन

काठमाडौं- थारु पत्रकार संघले प्रेस चौतारी र क्रान्तिकारीबीच भएको सहकार्यप्रति समर्थन जनाएको छ। नेपाल पत्रकार महासंघको वैशाख २० र २१ गते हुने २४औं महाधिवेशनले महासंघको विधानलाई थप समावेशी चरित्रको बनाउने...

भोजपुरमा खानेपानी अभाव

भोजपुर - भोजपुर सदरमुकाममा खानेपानीको अभाव भएको छ। खडेरी सुरु भएसँगै पानीको अभाव चुलिएको हो। दैनिक रुपमा विहान बेलुका आपूर्ति हुँदै आएको पानी कटौती भएसँगै उपभोक्ता समस्यामा परेका छन्।

साना सवारीको रुट पर्मिट बन्द

काठमाडौं-सरकारले उपत्यकाका सडकमा सार्वजनिक सवारी साधनको अस्तव्यस्तता र मनपरी नियन्त्रण गर्न २५ सिटभन्दा साना सवारीको नयाँ यातायात सञ्चालन अनुमित (रुट पर्मिट इजाजत) बन्द गरेको छ।

धमाधम निजीको किताब बिक्री

नेपालगन्ज-मध्यपश्चिमका विभिन्न सामुदायिक विद्यालयमा अनुमतिबेगर निजी प्रकाशनगृहले पुस्तक बिक्री–वितरण गरिरहेको पाइएको छ।

डाक्टर एक, बिरामी ५० हजार

धनगढी-सुदूरपश्चिममा एक डाक्टरले ५० हजार जनाको उपचार गर्नुपर्ने स्थिति छ। जनसंख्या एक करोड भएका बेला तोकिएको डाक्टर दरबन्दी तीन गुणा जनसंख्या बढिसक्दा पनि थपिएको छैन।

अख्तियारद्वारा काठ तस्करीको छानबिन

इटहरी-सुनसरीको चारकोसे जंगलमा भएको श्रृंखलाबद्ध काठ तस्करीमा वन उपभोक्ता समूहका दर्जनौं पदाधिकारी संलग्न रहेको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

मेडिकल कलेजमा आकस्मिक छड्के

काठमाडौं-निजी मेडिकल कलेजहरूले भौतिक तथा प्राज्ञिक मापदण्ड पूरा नगरी जथाभावी विद्यार्थी भर्ना गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल मेडिकल काउन्सिलले आकस्मिक निरीक्षण अभियान सुरु गरेका छन्।

झगडा मिलाउन गएकी महिला प्रहरी घाइते

काठमाडौं– घरायसी झगडा मिलाउन गएको प्रहरी टोलीमाथी उल्टै चक्कु प्रहारहुँदा एक महिला प्रहरी घाइते भएकी छिन्। ज्ञानेश्वरमा घरायसी वादविवाद भएको सूचनाको आधारमा पुगेको महानगरीय प्रहरी वृत्त कमलपोखरीको प्रहरी टोलीलाई दिलकुमारी...

DMC Firewall is a Joomla Security extension!