Friday 16 Shrawn, 2071 |
Menu

समाज

माओवादी मार्ने दुई सुटरसहित तीन मोस्ट वान्टेड पक्राउ

  • बिहीबार १२ बैशाख, २०७०
  • मिथिलेश यादव
  • DISQUS_COMMENTS
(4 votes)
लहान - विभिन्न अपराधिक घटनामा संलग्न तीन जना मोस्ट वान्टेडलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ परेका मलहनीयाखोरी –३ का आमोद भनिने विजय कुमार यादव, श्यामकिशोर कापर र दिपेन्द्र कापरलाई प्रहरीले कटुवा पेस्तोल र छ राउण्ड गोलीसहित सार्वजनि गर्‍यो।
सिराहा प्रहरी प्रमुख मनोज कुमार न्यौपानेका अनुसार जिल्लामा हत्या, जबरजस्ती चन्दा असुली, हतियार प्रर्दशन, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधमा संलग्न भई फरार तीन जना अभियुक्तलाई मिर्चैयाबाट पक्राउ गरिएको हो।

श्यामकिशोर र दीपेन्द्रमाथि ०६८ वैशाख ३० मा रामपुरबिर्ताका माओवादी कार्यकर्ता बिन्देश्वर महतोको हत्या गरेको अभियोग रहेको एसपी न्यौपानेले बताए। श्यामकिशोर पेशेवर अपराधी भएको न्यौपानेको भनाइ छ। 'दीपेन्द्र श्यामकिशोरका सहियोगी सुटर हुन्,' उनले भने।

दुबै जनालाई आमोदले सुटरको रुपमा पालेर राखेको प्रहरी अनुसन्धानबाट खुलेको न्यौपानले भने। उनका अनुसार आमोदले दैनिक डेढ सय भत्ता दिएर दुबैजनालाई सुटरको रुपमा पालेका हुन।

७४ किलो चाँदीसहित चार पक्राउ

जनकपुर– सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाले भारतीय सीमा क्षेत्रबाट ७४ किलो चाँदी नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको छ।

एक वर्षमा ४९ जनाद्वारा आत्महत्या

अर्घाखाँची- पछिल्लो वर्ष यहाँ ४९ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७०/७१ मा गत वर्षभन्दा उल्लेख्य मात्रमा आत्महत्याको संख्यामा वृद्धि भएको जानकारी दिएको...

इन्सेकको मानवअधिकार पुरस्कार थेवेलाई

इलाम-संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हरेक बर्ष प्रदान गर्दै आएको 'प्रकाश मानवअधिकार पुरस्कार २०७०' बाट इलामका मानवअधिकारकर्मी मोहनसिंह थेवे सम्मानित भएका छन्।

विशेषज्ञ नहुँदा हाडजोर्नीका बिरामी मर्कामा

मुगु- विशेषज्ञ चिकित्सक नहुँदा मुगु जिल्ला अस्पतालमा आउने हाडजोर्नीका बिरामी समस्यामा परेका छन्।

खोला किनारमा शब भेटियो

गुल्मी– खोलाले बगाएर ल्याएको अवस्थामा गुल्मीको बाँझकटेरी गाविसमा एक पुरुषको शब भेटिएको छ। अर्खा–३ प्यूठानका ३५ वर्षीय भिमबहादुर थापाको बाँझकटेरीको भेडिखोर खोला किनारमा बिहीबार साँझ उक्त शब फेला परेको हो।

विदेशी डिग्रीलाई प्रोत्साहन जरुरी

विदेशी डिग्रीलाई प्रोत्साहन जरुरी

नागरिक राष्ट्रिय दैनिकले समसामयिक विषयमा समय/समयमा राउन्ड टेबल छलफल गराउँदै आएको छ। यही क्रममा यसपटक नेपालका शिक्षण संस्थाहरूले विदेशी शिक्षण संस्थाको पाठ्यक्रम पठनपाठन गराउँदै आएको विषयलाई छलफलमा समावेश गरेको छ।...

सिन्डिकेटले यात्रुलाई सास्ती

बर्दिया- यातायात व्यवसायीको सिन्डिकेटले यहा“बाट लामो र छोटो दुरीमा यात्रा गर्ने यात्रुले सास्ती बेहोरेका छन्। डेढ दशकदेखि सञ्चालित कृष्णसार यातायात व्यवसायी समितिले नयाँ गाडी थप्न नदिँदा यात्रुले सास्ती खेपिरहेका छन्। 

नक्सा पासबिनै सहरमा घर

गोरखा- गोरखा सदरमुकाममा नक्सा पास नै नगरी घर बनाउने क्रम पछिल्लो समय बढेको छ। नगरको बजार क्षेत्रमा पर्ने मुख्य सडक दायाँबायाँ नगरपालिकाले २५ मिटरभित्र घर नक्सा पास नगरेपछि बिनानक्सा धामाधम...