Sunday 16 Jestha, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

ह्यान्डिल बढाउँदै दल

(0 votes)
काठमाडौं– नेकपा एमाले स्थायी कमिटीले अघिल्लो साता केन्द्रीय कमिटीमा ११ सदस्य थप्न सिफारिस गर्यो। यससँगै केन्द्रीय कमिटी ११८ सदस्यीय हुने भयो।
११८ पुर्याउँदैमा एमालेमा असन्तोषी अनुहारका माग सम्बोधन हुने देखिन्न। तत्काल केन्द्रमा पुग्न चाहने  आकांक्षीको लर्को निकै लामो छ।
nepali-patro-may

एमाले मात्र होइन, अहिले ठूला–साना सबैजसो दल जम्बो केन्द्रीय समिति बनाउन बाध्यमात्र छैनन्, त्यति गर्दा पनि असन्तुष्टका झुन्डहरू झेल्न विवश छन्।
एमाले सचिव तथा संगठन विभागप्रमुख युवराज ज्ञवाली राजनीतिक दलमा नेतृत्व विकाससम्बन्धी पद्धति नै नभएकाले यो संकट आएको टिप्पणी गर्छन्।
'लोकतान्त्रिक गणतन्त्रपछि धेरैले परिवर्तन भनेकै आफ्नो व्यक्तित्व विकास भन्ने बुझे,' ज्ञवालीले नागरिकसँग भने, 'यहाँ नेतृत्व विकासको पद्धति नै छैन। स्वतस्फूर्त प्रकृतिको छ जसले इमानदार र लामो समय संगठनका लागि काम गरेकाहरू पाखा लाग्ने र तडकभडकबाट आउने नै अगाडि (नेतृत्वमा) पुग्ने अवस्था ल्याएको छ।' एमाले विधानले अब तीनजना मात्र केन्द्रीय कमिटीमा थप्ने अधिकार दिन्छ, तर आकांक्षीलाई समेट्न कम्तीमा ५० संख्या बढाउनुपर्छ।

'जम्बो' भनेर कार्यकर्ताबाटै आलोचित
एकीकृत माओवादी महाधिवेशनबाट पनि सच्चिन सकेन। माघ अन्तिम साता हेटौंडामा भएको महाधिवेशनले केन्द्रीय कमिटीलाई १ सय ५१ मा सीमित गर्ने निर्णय गर्यो। अघिल्लो २५१ बाट घटाएर। तर एक महिना पनि टिक्न सकेन, महाधिवेशनको म्यान्डेट। पहिलो केन्द्रीय कमिटी बैठकमै विस्तारको प्रस्ताव आयो र ३ सय ९९ सदस्यीय बनाउने निर्णय भयो। सर्वत्र आलोचनापछि त्यसको संख्या घटाएर २ सय ९९ बनाउने सहमति बन्यो। अझै आलोचना नरोकिएपछि महाधिवेशन आयोजक कमिटीमा रहेका सबैलाई राखेर २ सय ५१ सदस्यीय कमिटी बनाउने निर्णय भयो। अहिले २ सय ३४ सदस्य छन्, १७ जना मनोनयन बाँकी छ।
एकीकृत माओवादी पोलिटब्युरो सदस्य हेमन्तप्रकाश वली भन्छन्– केन्द्रबाटै जिल्ला हेर्नुपर्ने, तीव्र आन्तरिक प्रतिस्पर्धा र एकता प्रक्रियाबाट आउने नेतालाई उचित स्थान दिँदा केन्द्रीय कमिटी ठूलो बन्यो। 'केन्द्रबाटै जिल्ला हेर्नुपर्ने अवस्था छ, तल्लो तहमा धेरै नेता जन्मेका छन्,' वलीले नागरिकसँग भने,  'उनीहरुलाई जिम्मेवारी दिन पनि संरचना ठूलो बनाउन आवश्यक भएको हो। अन्य दलबाट विद्रोह गरेर आउनेलाई पनि उचित स्थान दिनैपर्योप, आकार बढाउनु नराम्रो होइन।'
दुई कांग्रेस एकीकरण हुँदा दुवैतर्फका केन्द्रीय समिति जस्ताको तस्तै राखेर ह्यान्डिल 'जम्बो' बनाइयो नेपाली कांग्रेसको। १२औं महाधिवेशनमा आकार घटाउने प्रयास गरिए पनि ८५ बाट घट्न सकेन जसमा पाँच मनोनयन बाँकी छ। आकार हेर्दा यो पनि पार्टी सञ्चालनका लागि छरितो ह्यान्डिल भने होइन।
उता, माओवादीबाट विभाजन भई संगठित नेकपा–माओवादीमा पनि उही ताल छ। पार्टी महाधिवेशनले ४३ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्योप। त्यतिबेला आकांक्षी यति धेरै देखिए कि त्यसलाई व्यवस्थापन गर्न मापदण्ड नै बनाउनुपर्योच– एकीकृत माओवादीबाट फुटेर आउँदा आफ्नातर्फ आएकालाई मात्र राख्ने। महाधिवेशनको म्यान्डेटविपरीत अहिले पार्टी १ सय ५१ सदस्यीय केन्द्रीय कमिटीले चलाइरहेको छ। जनवर्गीय संंगठनबाट चर्को विरोध आए पनि आकांक्षीका आवाज व्यवस्थापन गर्न 'क्रान्तिकारी' पार्टीलाई ठूलै बाध्यता पर्यो्।
संविधानसभा निर्वाचनअघिसम्म ६२ सदस्यीय केन्द्रीय कमिटी भएको राप्रपा नेपाल अहिले १ सय ५९ सदस्यले चलाउँछन्। आउँदो असोज वा कात्तिकमा हुने महाधिवेशनसम्म यो संख्या बढेर कति पुग्ने हो, भन्न सकिने अवस्था छैन। पार्टीमा नयाँ आउनेलाई धमाधम पद दिँदै गएको यो पार्टीको ह्यान्डिल कत्रो हुने हो, निश्चित छैन।
–––
पछिल्लो समय ठूला तथा साना प्राय दलमा केन्द्रीय कार्यसमितिको आकार बढाउन तीव्र दबाब छ। फरक यत्ति हो, केहीमा सुषुप्त, धेरैमा मुखर।
किन बढ्दो छ दलका ह्यान्डिल? पार्टीका केन्द्रीय कमिटी किन छरितो रहन सकेनन्?
विश्लेषक एवं प्राध्यापक कृष्ण खनाल राजनीतिमा सिद्धान्तनिष्ठताको कमी र सेवाभन्दा लाभ प्राथमिक बन्दा यस्तो अवस्था आएको टिप्पणी गर्छन्। उनको प्रस्ट ठोकुवा छ– ठूलो संरचनाले झन् काम गर्न सक्दैन।
'सैद्धान्तिक र सेवामुखीभन्दा पनि व्यक्तिगत लाभ लिने स्थानको रुपमा परिणत भएकाले नेतृत्वमा पुग्न मरिहत्ते गर्ने प्रवृत्ति बढ्यो,' खनालले नागरिकसँग भने, 'व्यक्तिवाद बढी हुँदा केन्द्रीय कमिटी ठूला मात्र भएनन्, त्यसले पदको दुरुपयोग बढायो, महत्त्व भने घटायो।'
जिल्लामा २ सय भोट नल्याउनेहरू पनि दलमा केन्द्रीय नेता ताक्ने प्रवृत्ति रहेको उनी सुनाउँछन्। नेतृत्व विकास पद्धति अभाव, गुट–उपगुट व्यवस्थापन समस्या, चाँडै नेतृत्वमा पुग्ने महत्त्वाकांक्षा, लामो समय नेतृत्व ओगट्ने प्रवृत्ति, नेतृत्वको कमजोरी र संगठनात्मक संरचनामा आएको परिवर्तनले केन्द्रीय कमिटी ठूलो बनाउन भूमिका खेलेको राजनीतिक विश्लेषकहरुको तर्क छ।
अर्काेतिर, एक पार्टीबाट अर्काे पार्टीमा जानेलाई 'हैसियत' दिँदा पनि पार्टीका केन्द्रीय संरचना ठूला बन्ने गरेका छन्। एमाले छाडेका पोलिटब्युरो सदस्य रामचन्द्र झालाई एकीकृत माओवादीले स्थायी समितिमा लैजाने कुरासँगै पार्टीभित्र असन्तुष्टि जन्मियो, असन्तुष्टलाई पनि स्थायी कमिटीमा लैजाने भनेर थामथुम पारियो। एउटा एउटा मात्र घटना हो, यस्ता घटना धेरैजसो दलमा थुप्रैपटक देखिएका छन्।
लामो समयसम्म नेतृत्व परिवर्तन हुन नसक्दा नयाँका 'गनगन' समायोजन गर्दा पनि कमिटीको ह्यान्डिल बढाउने गरिएको छ।
नेकपा–माओवादी केन्द्रीय सदस्य महेश्वर दाहाल पार्टीमा एकता प्रक्रियाबाट आएका भन्दा एकजना पनि केन्द्रमा नयाँ नेता नथपिएकाले अहिले आकार बढाउनुपरेको बताए।
'एकता प्रक्रियाबाट आएका बाहेक १० वर्षको अवधिका नयाँ सदस्य थपिएन,' दाहालले भने, 'अहिले थपिएका साथीहरु लामो समयसम्म जनवर्गीय संगठन र तल्लो तहमा बसेर काम वरिष्ठ नेता हुन्। उनीहरुलाई उचित स्थान दिन केन्द्रमा ल्याउनै पर्योस।'
उनको पार्टीमा आकार वृद्धिको विषयले ठूलै तनाव उत्पन्न गरेको थियो। जनवर्गीय संगठनका नेताले त्यसको विरोध गरेका थिए।
एकै समय पार्टीमा काम गर्न थालेका व्यक्तिलाई ल्याउँदा अर्कोलाई पनि थप्नुपर्ने आवश्यकता सामान्य रहेको दाहालको दाबी छ। 'हाम्रो पार्टी सैनिक संरचनाबाट आएको हो। एकैदिन सयौं भर्ना भएका थिए। त्यसबाट विकास भएको नेतृत्वले व्यवस्थापन गर्न पनि संख्या बढाउन आवश्यक पर्योो,' उनले भने, 'एकजनालाई ल्याउँदा त्यही स्तरका पाँच–सात पनि थप्नुपर्ने आवश्यकता छ। त्यसैले पनि संगठनात्मक संरचना ठूलो पारेको छ।'
उनले पार्टीको काम विस्तार भएकाले पनि १ सय ५१ सदस्यीय कमिटीलाई ठूलो भन्न नमिल्ने बताए। पछिल्लो समयमा संगठनमा कामका नयाँ क्षेत्र खुल्ने विषयले पनि आकार बढाएको देखिन्छ।
राप्रपा नेपालका महासचिव चन्द्रबहादुर गुरुङ संगठन विस्तारपछि केन्द्रीय कमिटी ठूलो बनाउनु आवश्यक हुने ठान्छन्। 'हाम्रो ३३ वटा विभाग र संगठन छन्। केन्द्रीय नेता त्यसमा संलग्न नभए त्यति प्रभावकारी रुपमा चल्न सक्दैन,' गुरुङले भने, 'एकैजनालाई धेरैवटा जिम्मेवारी दिँदा पनि प्रभावकारी हुँदैन।'
पार्टीमा आकारमात्र ठूलो नभई संरचनासमेत बहुपदीय हुन थालेको छ। अशोक राई नेतृत्वमा नवगठित संघीय समाजवादी पार्टीमा उपाध्यक्ष ६, उपमहासचिव ३ र सचिव ५ जना छन्।
नेतृत्व कमजोर हुँदा आकार ठूलो बनेको ठम्याइ प्राध्यापक खनालको छ। 'बहुपदीय संरचना सिर्जना भएका छन्, बाबुराम भट्टराईको समयमा भाग पुर्याखउन कतिजना उपप्रधानमन्त्री बनाउन खोजियो,' उनले भने, 'सबै दलले त्यसलाई स्वीकार गरेका हुन्।'
ठूलो कमिटीले पार्टी र देश राम्ररी चलाउनेमा भने नेता नै विश्वस्त छैनन्। ज्ञवालीले भने, 'पार्टी वा देश भीडले होइन, अनुशासित नेतृत्वले चलाउँछ।' ठूलो संरचनामा काम गर्न समस्या हुने उनको ठम्याइ छ।
लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै देशमा समावेशी नेतृत्वको लहर छायो। हरेक दल, निकाय, संगठन र संयन्त्रमा जाति–जनजाति, दलित, महिला, पिछडिएको क्षेत्र, अल्पसंख्यकलगायतको समावेशी प्रतिनिधित्वको मुद्दा अगाडि आयो। अन्तरिम संविधानले नै त्यसको केही हदमा सम्बोधन गरेकाले पनि दलका केन्द्रीय कमिटीमात्र होइन, हरेक क्षेत्रमा कार्यकारिणीको आकार बढ्ने गरेको देखिन्छ।

प्रतिक्रिया

सांसदलाई संविधान पदक दिइने

काठमाडौं- संविधान निर्माणमा योगदान पुर्याेउने संविधानसभाका तत्कालीन सदस्यलाई संविधान निर्माण पदक–२०७२ र सम्मानपत्र प्रदान गरिने भएको छ। संविधान जारी भएपछिको पहिलो बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सभासदलाई पदक र सम्मानपत्र...

शीतलनिवासमा जलपान

शीतलनिवासमा जलपान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा जलपान समारोह आयोजना गरेकी छन्। गणतन्त्र स्थापनाको खुसियालीमा राष्ट्रपतिले शनिबार शीतलनिवासमा जलपान समारोह आयोजना गरेकी हुन्।

बजेटबारे के भन्छन् पूर्व अर्थमन्त्री र उद्योगी ?

काठमाडाैं– सरकारले अागामी अार्थिक वर्षका लागि १० खर्ब ४८ अर्ब ९२ कराेड रूपैयाँ बराबरकाे बजेट घाेषणा गरेकाे छ। यसमध्ये चालू खर्चतर्फ ६ खर्ब १७ अर्ब १६ कराेड, पूँजीगततर्फ ३ खर्ब...

बजेटमाथिको छलफल १७, १८ र १९ गते, अर्थमन्त्रीले २० गते जवाफ दिने

बजेटमाथिको छलफल १७, १८ र १९ गते, अर्थमन्त्रीले २० गते जवाफ दिने

काठमाडौं– व्यवस्थापिका संसदको बैठक सोमबार विहान ११ बजे बस्ने गरी स्थगित भएको छ। शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट वक्तव्य प्रस्तुतीसँपछि बजेट टेबुल गरेपछि बैठक स्थगित भएको हो।

दक्षिणपन्थी हावाहुरी चल्दा कमजोर साथी ढले: वैद्य

चितवन–नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले दक्षिणपन्थी, विस्तारवादी र साम्राज्यवादीको षडयन्त्रका कारण पार्टी फुटेको बताएका छन्। कम्युनिष्टले परिवर्तन विरोधीलाई दक्षिण पन्थी, भारतलाई विस्तारवादी र अमेरिकालाई साम्राज्यवादी भन्ने गर्छन्।

गणतन्त्रको ‘कन्फ्युजन’

काठमाडाैं-मनोविश्लेषणवादका प्रणेता सिग्मन्ड फ्रायड भन्छन्, 'मानिसले आफ्ना इच्छा–आकांक्षा कठोरतापूर्वक दबाउँछ भने त्यो सहजै बिलाएर जाँदैन। त्यो अचेत मनमा संचित हुन्छ। त्यस्ता आकांक्षा सपना वा अरु कुनै क्रियाकलापका माध्यमबाट पछि अन्जानमै...

गणतन्त्र यात्रा

गणतन्त्र यात्रा

प्रमुख राजनीतिक दल र तत्कालीन माओवादीबीच भएको १२ बुँदे समझदारीपछि नेपालको राजनीति नयाँ ढंगले विकास भयो। उक्त समझदारीको उद्देश्य मुलुकमा दिगो शान्ति बहाली गर्दै बहुदलीय लोकतन्त्रलाई संस्थागत गर्नु नै थियो।...

संविधान कार्यान्वयनमा जुटौं

संविधान कार्यान्वयनमा जुटौं

गणतन्त्र घोषणा धेरै पहिले भए पनि संस्थागत भने केही महिनाअघि मात्रै गर्यौंम। धेरै ठूलो मिहिनेतपछि असोज ३ गते संविधान जारी गर्यौंल। संविधानसभाबाट नेपालको संविधान पारित भएर जारी भएपछि गणतन्त्र संस्थागत...