Friday 15 Falgun, 2071 |
Menu

राजनीति

HUB

मिति घोषणा भए निर्वाचनको माहोल बन्छ : सापकोटा

(0 votes)
काठमाडौं- एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानसभाको निर्वाचन मिति घोषणा हुनेबित्तिकै मुलुकमा नयाँ खालको माहोल सुरु हुने भएकाले आफ्नो दलले तत्काल मिति घोषणा गर्न माग गरेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रवक्ता सञ्चारकर्मी नियमित भेटका क्रममा उले निर्वाचनका लागि आवश्यक सबै प्रक्रिया अगाडि बढे पनि मिति घोषणा नहुँदा समस्या भएको बताउँदै भने– “राजनीतिक दलहरु निर्वाचनमा केन्द्रित भइसकेका छन्मतदाता नामावली सङ्कलनका साथै नागरिकता वितरणको काम पनि अगाडि बढेको छ,  दलहरु दर्ताका क्रममा रहेको र  निर्वाचनको माहोल बने पनि सरकारले मिति घोषणा नगर्दा समस्या पैदा भएको छ,  समस्या निराकरण गर्न तत्काल निर्वाचनको मिति घोषणा गर्नु आवश्यक छ।” 

निर्वाचन प्रक्रियाका विरोधमा रहेका राजनीतिक दल पनि निर्वाचनको तयारीमा जुटेको बताउँदै उहाँले आफ्ना पार्टी अध्यक्षले नेकपामाओवादीसङ्घीय समाजवादी पार्टीमधेसी जनअधिकार फोरम नेपाललगायत पार्टीसँग वार्ता र संवाद गरिरहनुभएको जानकारी दिए। निर्वाचनको विरोध गर्नेहरु लोकतन्त्रवादी हुनै नसक्ने तर्क गर्दै उहाँले जनताबाट अनुमोदित हुन डराउनेहरु क्रमशः इतिहासको पानामा सीमत हुने धारणा राखे। 

संविधानसभाको निर्वाचनलाई सफल पार्नु सबै राजनीतिक दलको दायित्व भएको बताउँदै उहाँले सरकारलाई सबै खालको बाटो राजनीतिक दलहरुले खोलिदिँदासमेत उसले किन खुट्टा कमाएको हो बुझ्न सकिएन भने। उच्चस्तरीय राजनीतिक समितिको बैठकले एक मतले नै पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा नियुक्ति गर्न सिफारिस गरेको जानकारी दिँदै उहाँले सो विषयलाई धेरै उचाल्नाको कुनै तुक नभएको बताए। एक मतले गरेको निर्णयलाई अहिले गर्नै हुँदैन भन्नाको कुनै तुक रहँदैनत्यसलाई हाम्रो पार्टी अध्यक्षले मात्रै सिफारिस गरेको भनर गलत प्रचार गर्नाले कुनै अर्थ राख्दैन,”प्रवक्ता सापकोटाले भने। 

संगिना वैद्यलाई सरकारको १५ लाख

काठमाडौं– तेक्वान्दो खेलाडी संगिना वैद्यलाई सरकारले १५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई रकम दिने निर्णय गरेको हो।

एमाओवादीले लाठी देखाएर तर्साउन खोज्योः पौडेल

गोरखा–नेपाली कांग्रेसका उपसभापतिसहित आधा दर्जन केन्द्रीय सदस्यले एमाओवादीले लाठी देखाएर संविधानसभालाई तर्साउन खोजेको बताएका छन्। गणेशमान सिंहको जन्मसताब्दीको अवसर पारेर चलिरहेको गणेशमान बलिदान अभियानको क्रममा बिहीबार गोरखाको पालुङटार पुगेका नेताहरुले...

२० हजार रुपैयाँ घुस सहित नापी सर्वेक्षक रंगेहात पक्राउ

नेपालगन्ज— सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा जिल्ला नापी कार्यालय बर्दियाका सर्वेक्षक एकदेव लम्साल पक्राउ परेका छन्। जग्गाको काम गरिदिए बापत बर्दिया भुरीगाउँ निवासी एक सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

एसपी कोइराला निलम्बित, पत्रकार सहित पाँचविरुद्ध मुद्दा

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) शेखर कोइराला निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले कोइरालालाई निलम्बन गरेको हो।

शान्ति सम्झौताको मर्मविपरीत जाने अधिकार कसैलाई छैनः दाहाल

काठमाडौँ- एकीकृत नेकपा (माओवादी)काअध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताको मर्मविपरीत गएर संविधान जारीगर्ने अधिकार कोही कसैलाई नभएको बताएका छन्।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजितबलिदान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

१६ गते खबरदारी सभा मात्र : भट्टराई

१६ गते खबरदारी सभा मात्र : भट्टराई

काठमाडौं– माघ ११ गते संविधानसभा प्रक्रियामा प्रवेश गरेपछि दलहरुबीच टुटेको सम्बन्ध एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार राजधानीमा 'खबरदारी सभा' गरेपछि जोडिने भएको छ । पानी बारबारको स्थितिमा रहेका दलहरुबीच...

सिमराबासीलाई प्रमले भने- 'सरकारको निर्णय कार्यान्वयन हुन्छ'

सिमराबासीलाई प्रमले भने- 'सरकारको निर्णय कार्यान्वयन हुन्छ'

काठमाडौं- सिमरामा सरकारले घोषणा गरेको मालपोत कार्यालय स्थापनाका लागि आन्दोलनरत सरोकार समितिको एक टोली प्रधानमन्त्री सुशील कोइरालालाई भेटी ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझाउँदै टोलीले सिमरामा तत्काल मालपोत तथा...

पेसी र तारेख मिति एसएमएस मार्फत

पोखरा-अदालतमा तपाईंको मुद्दा छ? मुद्दामा पेसी कहिले पर्छ होला भन्ने थाहा पाउन अब तपाईं अदालतै धाउनुपर्दैन। पेसीको जानकारी तपाईंको मोबाइलमै आउँछ, मात्र तपाईंले आफ्नो मोबाइल नम्बर अदालतमा टिपाए पुग्छ। आफ्नो...