Friday 18 Bhadra, 2072 |
Menu

राजनीति

republica-header

ist-cc

अब चुनाव गर्न कसैले छेक्दैन : महत

(0 votes)
इलाम – नेपाली कांग्रेसका नेता रामशरण महतले देश चुनावी प्रक्रियामा धेरै अघि बढिसकेकाले आउँदो चुनावलाई कसैले रोक्न नसक्ने बताएका छन्। महतले मंसिरको पहिलो सातामा चुनाव गर्न कोही बाधक बने उसलाई जनताले नै पाखा लगाउने बताए। महतले भने, ‘अब कुनै हालतमा चुनाव रोकिँदैन । चुनावको विरोध गर्ने दल र समूहहरु चुनावमा आउनु बुद्धिमानी हुन्छ, नभए त्यस्ता दल आफैं पाखा लागेर जान्छन्।’ महतले नेकपा–माओवादीसहितका दल र समूहले चुनावको विरोध गर्नुभन्दा नागरिकबाट चुनिने हिम्मत गर्नुपर्ने बताए।
नेपाल प्रेस यूनियन इलामले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले सरकारले निर्वाचनसम्बन्धि अध्यादेश जारी नगरेको भन्दै त्यो अध्यादेश जारी हुनित्तिकै चुनावको मिति तोकिने बताए। उनले भने, ‘मंसिर पहिलो साताभित्र चुनाव गर्नुको कुनै विकल्प छैन। यही वैशाखभरमा चुनावको दिन तोकिने छ।’ उनले निर्वाचन भन्नु नै प्रतिस्पर्धा गर्ने माध्यम भएकाले कांग्रेसले चुनावका लागि मोर्चा बनाउने एजेण्डा भने नलिएको बताए। उनले भने, ‘मोर्चा बनाउने हो भने चुनावमा कसलाई जित्ने, कसलाई हराउने? तर, यदाकदा आवश्यकता परेमा केही सिटमा अरु दलसँग सहकार्य भने हुन सक्छ।’ महत कार्यकर्ता भेटघाटका क्रममा ताप्लेजुङ र पाँचथर हुँदै इलाम आएका हुन्।

प्रतिक्रिया

थारु आन्दोलनकारीले शुक्रबारदेखि नगरबस चल्ने दिने

कोहलपुर– चाडपर्व मध्यनजर गर्दै थारुहट संयुक्त संघर्ष समितिले बाँकेमा नगर गाडी सञ्चालन गर्न दिने प्रतिबद्धता जनाएको छ ।

मेडिकल कलेजका मुद्दामा आर्थिक चलखेलकाे विषयमा छानविन गर्न वारकाे माग

काठमाडौं–नेपाल वार एशोसियसनले मेडिकल कलेजका मुद्दामा आर्थिक चलखेल भइरहेको भनी सञ्चार माध्यममा आइरहेको समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ।

कैलालीमा मारिएका प्रहरीका परिवारलाई १० लाख

काठमाडौं–कैलालीको टिकापुरमा प्रर्दशनकारीबाट मारिएका ६ जना कर्मचारीलाई नेपाल प्रहरीले १० लाखको दरले राहत दिने निर्णय गरेको छ। प्रहरीको नीति समन्वय समितिको बैठकको सिफारिसको आधारमा प्रहरी कल्याण कोषले राहत रकमबारे निर्णय...

एमाओवादीका मधेसी नेताको कार्यक्रममा मधेसी युवाकाे अवराेध

महोत्तरी–एमाओवादीको भातृ संगठन राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी)को मधेसी जनआन्दोलन परिचालन समितिले जलेश्वरमा आयोजना गरेको कोणसभा स्थानीय मधेसी युवाले विथोलेका छन्।

दंगाग्रस्त क्षेत्र खारेजीको माग गर्दै प्रर्दशन गर्दा चार पक्राउ

रौतहट–स्थानीय प्रशासनले घोषणा गरेको दंगाग्रस्त क्षेत्र खारेजीको माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा एकीकृत नेकपा माओवादीको भातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीका चारजना कार्यकर्ता पक्राउ परेका छन्।

तराईका न्यायाधीश काठमाडौं विस्थापित

काठमाडौं— नयाँ संविधान र सिमांकनको विरोधमा भइरहेको आन्दोलनमा न्याय सम्पादन गर्न नसक्ने निष्कर्ष सहित तराई मधेशका जिल्लामा कार्यरत न्यायाधीशहरुले सर्वोच्च अदालतमा निवेदन दिने थालेका छन्।

संसदीय छानविन समिति गठन गर्न माग

कठमाडौं–राप्रपा नेपालले मेडिकल शिक्षामा माफियातन्त्रको छानविन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ।

सप्तरीमा प्रदर्शन उग्र, शिक्षा र भू–संरक्षणमा आगजनी

राजविराज–बन्दकर्ताहरुको एक समुहले बिहीबार सप्तरीका दुई कार्यालयमा आगजनी गरेका छन्। सदरमुकाम राजविराजस्थित जिल्ला शिक्षा कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयमा बन्दकर्ताहरुले आगजनी गरेका हुन्।