7 Bhadra, 2071 |
Menu

राजनीति

मंसिर पहिलो साता निर्वाचन : पौडेल

  • आइतबार २२ बैशाख, २०७०
  • डिवी वुढा
  • DISQUS_COMMENTS
(0 votes)
जुम्ला - नेपाली कांग्रेसका उप सभापति रामचन्द्र पौडेलले मंसिरको पहिलो साताभित्रै संविधान सभाको चुनाव हुने ठोकुवा गरेका छन। उनले मंसिर पहिलो सातामै संविधान सभाको चुनावका लागि जनमत बनाउन नेपाली कांग्रेस देश दौडाहमा लागेको बताए।

जुम्लाको सिजा नराकोटमा आयोजित आम सभालाई संवोधन गर्दै उनले निर्वाचनको विपक्षमा रहेने कुनैपनि दल जनताको नजरमा गिर्ने बताए।


संविधान सभाको निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोतर्फ संकेत गर्दै उपसभापति पौडेलले नेपाली कांग्रेस संविधान सभालाई विथोल्ने खाले संझौता नगर्ने बताए। कर्णालीको विकासको अनुगमन र संविधान सभाको निर्वाचनका लागि जनमत सृजना गर्नको लागि कर्णालीका बस्तीमा पुगेको जनाउँदै उनले कर्णालीवासीले नै कर्णाली विकासको लागि चासो राख्नु पर्ने बताए।

कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका उनले भने, 'कर्णाली राजमार्गको सिलान्यास म आफै गरेको हुँ।'

 

सुकुम्वासी आयोग गठनप्रति कांग्रेस असन्तुष्ट

काठमाडौं- सुकुम्वासी समधान आयोग गठनमा एमालेले एकलौटी गर्न खोजेको भन्दै कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ।

कांग्रेस-एमाले बैठक ४ बुँदे एजेण्डा बनाएर सकियो

काठमाडौं-संविधान निर्माण र सरकार सञ्चालनका विषयमा साझा धारणा बनाउन बसेको सत्ता साझेदार दल कांग्रेस-एमालेको बैठक सकिएको छ। संविधान निर्माण, सरकार सञ्चालन, सात बुँदे सहमति कार्यन्वयन र स्थानीय निर्वाचनलाई मुख्य एजेन्डा...

भदौभित्र सहमति नभए असोजदेखि सडक आन्दोलन : दाहाल

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौभित्र संविधानको सहमतिको खाका नआए असोजदेखि आन्दोलनमा जाने बताएका छन्। राजधानीमा आयोजित संघीय गणतान्त्रि मोर्चाको अन्तर्क्रियमा बोल्दै दाहालले त्यस्तो नभए सडकबाटै संवाधान बनाउने चेतावनी दिए।

'जिम्मेवार निकायबाटै मानवअधिकार बढी उल्लंघन'

पोखरा- सर्वोच्च अदालतका वरिष्ठ न्यायधिश रामकुमारप्रसाद शाहले मानवअधिकार हनन् रोक्ने जिम्मा लिएका निकाय नै अधिकार उल्लंघनमा अग्रसर रहेको बताएका छन्। अधिकार हनन् रोक्नुपर्ने नीति निर्माता नै उल्लंघनमा झनै अग्रसर रहेको...

आयोग र समितिले प्रस्ताव गरेअनुसारै प्रदेश बन्नुपर्छ : भट्टराई

काठमाडौं- एमाओवादी नेता बाबुराम भट्टराईले पहिलो संविधान सभाको राज्य पुनःसंरचना आयोग र राज्य पुनःसंरचना तथा राज्य शक्ति बाँडफाड समितिले प्रस्ताव गरेको प्रदेशअन्तर्गत नै रहेर राज्यपुनःसंरचना गर्नुपर्ने बताएका छन्। राजधानीमा आयोजित...

दाहाल–भट्टराई भेटवार्ता : असोज १ गते केन्द्रीय कमिटी बैठक

काठमाडौं– एकीकृत माओवादीले भदौ १० गते हुने भनिएको केन्द्रीय परिषद् स्थगित गरी असोज १ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच शुक्रबार...

बाढीपीडितको उद्धार र राहत माग्दै अदालतमा रिट

नेपालगन्ज– बाढी पीडितको उद्धार, राहत तथा पुनर्स्थापना र स्वास्थ्य उपचारको माग गर्दै पुनरावेदन अदालत नेपालगन्जमा रिट दायर भएको छ। अधिवक्ता सुनीलकुमार श्रेष्ठले अन्तरिम आदेशको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेविरुद्ध...

स्थानीय निकायको निर्वाचन संविधान जारी गर्नुभन्दा पहिले नै गर्नुपर्छ – गृहमन्त्री गौतम

काठमाडौँ-उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले स्थानीय निकायको निर्वाचन संविधान जारी हुनुभन्दा पहिले नै गर्नुपर्ने बताएका छन्।