Wednesday 7 Shrawn, 2071 |
Menu

राजनीति

पूर्वसभासद् कुटेको भन्दै कलैया बजार बन्द

  • आइतबार २२ बैशाख, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(0 votes)
बारा- बारा प्रहरीले पूर्वसभासद् प्रमोद गुप्तालाई कुटपिट गरेको भन्दै प्रहरीविरुद्ध सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरिएको छ। राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसभासद् गुप्ता पार्टीको कार्यक्रममा सहभागी हुन कलैयाबाट काठमाडौं जाने क्रममा शनिबार बेलुका जिल्ला प्रहरी कार्यालय अगाडि चेकजाँचमा खटिएका प्रहरीसँग विवाद भएको थियो। 


चेकजाँच गर्ने क्रममा भएको विवाद मिलाउन गुप्तालाई बारा प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कार्यालय परिसरमा बोलाई शनिबार बेलुका छलफल गर्न लागेकै बेला प्रहरीको कुटाइबाट उनको टाउँको फुटेको थियो। 

प्रहरीले छलफलमा बोलाएर पूर्व सभासदलगायत केही कार्यकर्तालाई कार्यालय परिसरमै कुटपिट गरेको भन्दै कारबाही माग गर्दै गुप्ता समर्थक नेता-कार्यकर्ताले बिहानैदेखि कलैया बजार बन्द गराएका छन्। 

बाराका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरीसँगको विवादमा गुप्तालाई समान्य चोटपटक लागेको र घटनाबारे अनुसन्धान भैरहेको बताए। 

मोदीको दर्शनका लागि पशुपतिमा तयारी सुरु

काठमाडौं - पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले विशेष सरसफाइ अभियान सुरु गर्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम...

सरकारको कामप्रति पार्टी सन्तुष्ट : उपसभापति पौडेल

विराटनगर- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारको कामबाट पार्टी सन्तुष्ट रहेको बताएका छन्। नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले नियमित रूपमा कार्य...

सत्यनिरूपण आयोग सिफारिस समिति अझै अपूरो

काठमाडौं- सिफारिस समितिले पूर्णता पाउन नसक्दा 'बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्यनिरूपण र मेलमिलाप ऐन' अन्तर्गतको आयोग गठन प्रक्रिया अन्योलमा परेको छ।

'पूर्ण स्वस्थ भएर फर्के'

'पूर्ण स्वस्थ भएर फर्के'

काठमाडौं-फोक्सोको क्यान्सर उपचार गराएर मंगलबार अमेरिकाबाट फर्केका प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विमानस्थलमा प्रसन्न मुद्रामा भने, 'अब पूर्ण स्वस्थ भएको छु।'

दुवै पक्ष 'विन-विन' हुनेगरी जलस्रोतमा सहमति हुनुपर्छः राजदूत राय

काठमाडौं— नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारत दुवैको 'विन विन सिच्युएसेन' हुने गरी जलस्रोत मामलामा सहमति हुनुपर्ने बताएका छन्। जलस्रोतका क्षेत्रमा यसरी हुने सम्झौताबाट मात्र दुवै देशले...

'धाँधली' मा सम्बन्धितलाई बोलाउने तयारी

काठमाडौं-संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्न बनेको विशेष समितिले प्राप्त उजुरी अध्ययन गर्दै सम्बन्धित व्यक्तिलाई छलफलका लागि बोलाउने गृहकार्य गरेको छ।

छाँया सरकारको झल्को दिने एमाओवादी कार्यविभाजन

काठमाडौं— एकीकृत नेकपा माओवादीले राष्ट्रिय सम्मेलन सम्पन्न गरेको करिब तीन महिनापछि स्थायी समिति बैठकले छाँया सरकारको झल्को दिने गरी बिभाग र ब्युरोको कार्यविभाजन गरेको छ। बाबुराम भट्टराई पक्षधर अनुपस्थित रहेको...

कसरी खाए स्वास्थ्यका कर्मचारीले दिनमा १० पटक खाजा?

कसरी खाए स्वास्थ्यका कर्मचारीले दिनमा १० पटक खाजा?

काठमाडौं—टेकु स्थित स्वास्थ्य सेवा विभाग अन्तर्गतका विभिन्न महाशाखाहरुमा भएको भ्रष्ट्राचारबारे अख्तियारले छानविन गरेको छ। छानविनको क्रममा एकै दिनको कार्यक्रममा १० पटकसम्म खाजा खाएको नक्कली बिल पेश गरी भ्रष्ट्राचार गरेको फेला...