Thursday 14 Jestha, 2072 |
Menu

राजनीति

चुनाव हुने सम्भावना देखिन्न : सुजाता

  • आइतबार २२ बैशाख, २०७०
  • देवेन्द्र बस्नेत
  • DISQUS_COMMENTS
(0 votes)
दाङ- नेपाली काँग्रेसकी नेतृ सुजाता कोरालाले यथावस्थामा चुनाव हुने सम्भावना नदेखिएको बताएकी छन्। उनले चुनाव नभए चारै दलका शीर्ष नेताहरु दोषी हुने बताइन्। कुनै एक दल पनि चुनावभन्दा बाहिर रहे चुनाव हुनै नसक्ने दावी गर्दै उनले चुनाव गराउनका लागि विरोधी दलहरुलाई सहमतिमा ल्याउनु प्रमुख आवश्यकता रहेकोमा जोड दिइन्। 


कोइरालाले ४ दलीय शीर्ष नेताहरु सम्मिलित राजनीतिक संयन्त्रले समेत चुनावी वातावरण बनाउनका लागि पहल नथालेको आरोप समेत लगाइन्। संयन्त्रले चुनावको विपक्षमा रहेका दलहरुलाई चुनावमा सहभागी गराउन सक्रियता नदेखाएको भन्दै उनले यो अवस्थामा चुनाव हुनेमा आशंका जन्मिएको बताइन्।

'राजनीतिक संयन्त्रले चुनावी वातावरण बनाउन सकेको छैन' उनले भनिन् 'चुनावको विपक्षमा रहेका दलहरुलाई सहमतिमा ल्याउनु पर्थ्यो, त्यो देखिएन।' तर उनले मुलुकको निकासका लागि संविधान सभाको चुनाव हुनु पर्नेमा जोड समेत दिइन्।

यसैगरी कोइरालाले आइतबार काँग्रेस कार्यकर्ताहरुलाई केन्द्रीय नेताहरुको ब्यक्तिगत कार्यकर्ता नबन्न सुझाव दिएकी छिन्। 'तपाईँहरु नेपाली काँग्रेसका कार्यकर्ता हुनुहुन्छ' कार्यकर्ताहरुसँगको भेटमा उनले भनिन् 'ब्यक्तिको कार्यकर्ता बन्ने हैन।' जिल्लामा फुट भए नेपाली काँग्रेसले फेरि पनि चुनावमा हार बेहोर्नु पर्ने अवस्था आउने भन्दै उनले एकजुट भएर चुनावी वातावरण बनाउन गाउँकेन्द्रित हुन निर्देशन दिइन्। 'केन्द्रमा जेसुकै होस्' कोइरालाले भनिन् ' तपाईहरु जिल्लामा मिल्नुस्।'

काँग्रेसको स्थानीय तहमा राम्रो वातावरण भएको भन्दै उनले चुनाव हारिए पार्टीको आन्तरिक बेमेलकै कारण हार हुने बताइन्।

सशस्त्रलाई पक्राउ अधिकार नदिन लबिङ

काठमाडौं– सशस्त्र प्रहरीको प्रस्तावित नियमावलीमा उल्लेख अपराधमा संलग्नलाई पक्राउ गर्ने र पक्राउपुर्जी जारी गर्ने अधिकार हटाउने लबिङमा नेपाल प्रहरी नेतृत्व सक्रिय भएको छ।

संविधानसँगै राष्ट्रिय सरकार : प्रधानमन्त्री

संविधानसँगै राष्ट्रिय सरकार : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणसँगै राष्ट्रिय सहमतिको सरकार र मुलुकको नवनिर्माणको काम सुरु गर्नुपर्ने बताएका छन्।

‘कमसल खाद्यान्न दिनेलाई कारबाही गर'

काठमाडौं-राष्ट्रिय मानवअधिकार आयोगले चामल गुणस्तरहीन खाद्यान्न उपलब्ध गराउनेलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

न्यायाधीश नियुक्ति तयारी

काठमाडौं– न्याय परिषदले सर्वोच्च, पुनरावेदन र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्त गर्ने तयारी गरेको छ। बुधबार बसेको परिषद बैठकले न्यायालयका रिक्त पदमा तत्काल नियुक्ति प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।

द्वन्द्वपीडितलाई थप एक लाख, सुरक्षाकर्मी परिवारलाई तत्काल नदिइने

इलाम– सरकारले सशस्त्र द्वन्द्वकालमा ज्यान गुमाउने तथा बेपत्ता हुने व्यक्तिका परिवारलाई तेस्रो चरणको राहतस्वरुप आर्थिक सहयोग गर्न लागेको छ। शान्ति स्थापनापछि दुई चरणमा तीन-तीन लाख रुपैयाँ दिइएका द्वन्द्वपीडितलाई तेस्रो चरणअन्तर्गत...

१६ जिल्लालाई ३ अर्ब ८५ करोड निकासा

काठमाडौं–सरकारले वैशाख १२ गते गएको महाभुकम्प र त्यस पछिको पराकम्पनका कारण क्षति हुन पुगेका जिल्लाका लागि नगद ३ अर्ब ८५ करोड र जिन्सी सामान गरी साँझसम्म ५ अर्ब ६० करोड...

'नेपालमा चीनसँग सहकार्य गर्न भारत उत्साहित छैन'

हङकङ–महाभूकम्पपछि नेपालको पुनर्निर्माणमा भारतसँग सहकार्य गर्न चीन तयार रहे पनि दिल्ली त्यसमा उत्साहित नदेखिएको निष्कर्षमा बेइजिङका अधिकारी पुगेका छन्।

गलत तथ्यांकले राहतमा बदमासी

काठमाडौं-भूकम्प गएको महिनादिन बितिसक्दा पनि सरकारले पीडितको सही तथ्यांक संकलन नगर्दा राहत वितरणमा समस्या भएको छ। गलत तथ्यांकका कारण राहत वितरणमा अनियमितता भएको सरकारले नै स्वीकार गरेको छ।