Wednesday 18 Bhadra, 2071 |
Menu

राजनीति

सर्लाही क्षेत्र नम्बर एकमा चुनाव लड्न दाहाललाई निम्ता

  • आइतबार २२ बैशाख, २०७०
  • सन्तोष सिंह
  • DISQUS_COMMENTS
(0 votes)
सर्लाही- मधेसी जनतासँग लभ परेको बताएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सर्लाहीको निर्वाचन क्षेत्र नम्बर एकबाट चुनाव लड्न आमन्त्रण गरिएको छ।


चुनावी भेटघाटका लागि सर्लाहीमा रहेका एकीकृत माओवादीका नेताहरुसहित लालबन्दी गाविसमा आयोजित सर्वपक्षीय भेटघाटमा मजदुर किसान पार्टी सर्लाहीका अध्यक्ष गोबिन्द महतले दाहाललाई चुनाव लडन निम्ता दिएका हुन्। त्यसैगरी नागरिक समाजका नारद पोखरेलले पनि नेताविहीन बनेको लालबन्दीबाट चुनाव लड्न उनलाई सुझाव दिए। कार्यक्रममा स्थानीय व्यवसायी, राजनीतिक दल र पेशाकर्मीहरुले उनलाई एक नम्बरबाट चुनाव लड्न आग्रह गरे।

शनिबार सर्लाहीको हरिवनमा आयोजित आमसभामा सहभागी हुन आएका अध्यक्ष दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका साथमा रहेका केन्द्रीय सदस्यहरु आइतबार बिहानैदेखि चुनावी भेटघाटमा ब्यस्त छन्।

भेटघाट सभामा दाहालले विदेश भ्रमण बारेको अफवाहलाई प्रष्ट पार्ने प्रयास गरे। उनले भने,'चीन र भारतको भ्रमण प्रधानमन्त्री बन्नका लागि गरेको होइन। भ्रमण चीन, नेपाल र भारतको त्रिपक्षीय सम्भौता गरी नेपालको विकासका लागि गरेको हुँ। भ्रमण चुनाव सम्पन्न गर्नका लागि भयो।'

भारतसँग हुने विद्युत् सम्झौतालाई अन्तिम रुप दिन कार्यदल गठन

काठमाडौं-भारतसँग हुन लागेको विद्युत व्यापार सम्झौंता (पिटीए)लाई अन्तिम रुप दिन सरकारले ७ सदस्यीय कार्यदल गठन गरेको गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उर्जा सचिव राजेन्द्र किशोर क्षेत्रीको...

सर्वपक्षीय सम्मेलन गर्न मुख्य तीन दल सकरात्मक

काठमाडौं—नेकपा-माओवादीले प्रस्ताव गरेको सर्वपक्षीय सम्मेलन गर्न तीन दल सकरात्मक देखिएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सर्वपक्षीय सम्मेलनको अन्तर्वस्तु र मोडालिटीमा छलफल गर्न तीन पार्टी सहमत भएका हुन्। बिहीबारसम्म तीनदलले...

यो आउँछ–आउँछ : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री सुशील कोइरालाले नेपालको विकासको लागि अनुकूल बनिरहेको बातावरण बिग्रन नदिन सबैसँग आग्रह गरेका छन्।

समयमै संविधान जारी हुन्छ: नेवाङ

काठमाडौं- सभामुख सुवास नेम्वाङले नियमावली र कार्यतालिकाअनुसार अगाडि बढेर तोकिएको समयमै संविधान जारी हुने बताए।

‘संविधानका अन्तर्वस्तुमा भदौ २१ भित्रै सहमति’

काठमाडौं-प्रमुख तीन दलका शिर्ष नेताहरुले संविधानका मुख्य विवादित विषयमा सहमति जुटाउनका लागि मंगलबारदेखि छलफल थालेका छन्।

भदौ २१ भित्रै सहमति जुटाउन कसरत

काठमाडौं- संविधानका बाँकी विवादित विषयमा दिनरात छलफल गरेर भए पनि भदौ २१ भित्र सहमतिमा पुग्ने गरी संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पहल थालेको छ।

तरुण दलको अधिवेशन मंसिरमा हुने

काठमाडौं– नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर १० देखि १२ गते महाधिवेशन गर्ने भएको छ। केन्द्रीय समितिको आइतबार र सोमबारको बैठकले महाधिवेशनको मिति तय गरेको तरुण दलका...

वैद्यलाई नल्याई प्रक्रियामा गए प्रत्युत्पादक : एमाओवादी

काठमाडौं– एकीकृत माओवादी मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई नल्याई संविधान निर्माण प्रक्रियामा जानु प्रत्युत्पादक हुने जनाएको छ। वैद्य पक्षले माग गरेको सर्वपक्षीय राजनीतिक सभा उचित र वैधानिक भएको एमाओवादीको ठहर छ।