16 Jestha, 2072 |
Menu

राजनीति

चुनावमा वैद्यजीसँग सहकार्य हुन सक्छ : दाहाल

  • आइतबार २२ बैशाख, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(1 Vote)
बारा- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा चुनावमा पार्टीबाट अलग्गिएर बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग सहकार्य हुन सक्ने खुलासा गरेका छन्। त्यसका लागि पार्टी वार्तामा रहेको उनले खुलाए।


'चार राजनीतिक दलबीच संविधानसभा सदस्य संख्या ४ सय ९० मा सीमित राख्ने सहमति भए पनि मोहन वैद्य र उपेन्द्र यादवका दललाई चुनावमा सहभागी गराउने वातावरण निर्माण गर्न यो संख्या बढाउन सकिन्छ'- दाहाल
'वैद्यजीहरुसँग चुनावमा सहकार्य हुन सक्छ, त्यसबारे पार्टी वार्तामा छ,' पार्टी कार्यक्रममा भाग लिन तराई आएका दाहालले शनिबार सिमरा विमानस्थलमा स्थानीय संवाददातासँग भने, 'चुनावमा सबै दललाई सहभागी गराउन हामी प्रयासरत छौँ।'

वैद्य र उपेन्द्र यादवलगायत दल चुनावमा आउने अवस्थामा संविधानसभा सिट संख्या बढ्न सक्ने पनि दाहालले खुलासा गरे। 'चार राजनीतिक दलबीच संविधानसभा सदस्य संख्या ४ सय ९० मा सीमित राख्ने सहमति भए पनि मोहन वैद्य र उपेन्द्र यादवका दललाई चुनावमा सहभागी गराउने वातावरण निर्माण गर्न यो संख्या बढाउन सकिन्छ,' उनले भने।

प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकार संविधानसभा चुनाव गराउन गम्भीर रहेको जनाउँदै दाहालले सरकारलाई पनि त्यसप्रति संवेदनशील पाएको बताए। 'प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार कात्तिक अन्तिम वा मंसिर पहिलो साता अर्को संविधानसभा चुनाव गराउने तयारीमा लागेकाले चुनाव हुन्न भन्ने शंका गर्नु व्यर्थ छ,' दाहालले थपे।

पार्टी उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलगायत केन्द्रीय नेतासहित आएका दाहालले चुनावमा आफू मधेसबाटै उम्मेदवार बन्ने दोहोर्यालए। 'दुवै उपाध्यक्ष र म स्वयं पनि संविधानसभा चुनाव मधेसकै जिल्लाबाट लड्ने तयारीमा छौं,' उनले भने।

शाहीकालमा जनआन्दोलन दमन गरेको आरोप लागेका पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख बनाउने निर्णय चार राजनीतिक दलका जिम्मेवार नेताको सहमतिमा भएको बताउ"दै त्यसमा व्यक्तिगत रुपमा आफनो नाम जोडिएकोमा उनले आपत्ति जनाए। 'केही दलले अहिले आएर लोकमान सिंहलाई अख्तियार प्रमुख बनाउन प्रचण्डमात्रै लागेको भन्नु बेइमानी हो,' दाहाले प्रस्ट्याए।

विपद्को सामना गर्न सहमतीय सरकार : भट्टराई

काठमाडौं- एमाओवादी नेता बाबुराम भट्टराईले सहमतीय सरकारले मात्र अहिलेको विपद्लाई सामना गर्नसक्ने बताएका छन्। गणतन्त्र दिवसको उपलक्ष्यमा प्राध्यापक, बुद्धिजीबी तथा पेसागत संगठनका प्रतिनिधिसहित सञ्चारकर्मीसँग साक्षात्कार गर्दै भट्टराईले वैशाख १२ गतेको...

संविधान निर्माण र पुनःस्थापना छिटो हुनुपर्छ : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले संविधान निर्माण, भूकम्पपीडितका लागि राहत, पुनःस्थापना एवम् पुनःनिर्माणका काम एकसाथ गरिनुपर्ने निष्कर्ष निकालेको छ। पदाधिकारी एवं सरकारमा प्रतिनिधित्व गर्ने दलका मन्त्रीहरुको आज बालुवाटारमा बसेको बैठकले संविधान निर्माणको...

मन्त्रिमण्डल विस्तार मात्र राष्ट्रिय सरकार होइन : दाहाल

काठमाडाैँ– एकीकृत ओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्राकृतिक प्रकोपमा परेका जनतालाई प्रभावकारी राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि दलहरुबीच बलियो एकताको आवश्यकता रहेको बताएका छन्।

दाता सम्मेलनले नेपाल माग्ने राष्ट्रको रुपमा परिचित हुने चेतावनी

काठमाडौं– योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सरकारले गर्न लागेको दाताको सम्मेलनले नेपालको छविमा आँच आउने बताएका छन्। दाता सम्मेलन गरिए नेपाल भनेकाे माग्ने हाे भनेर  विश्वमै परिचित हुने उनको...

नेपाली पीडामा मेक्सिकन सहानुभूति

नेपाली पीडामा मेक्सिकन सहानुभूति

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालासँग शुक्रबार बिहान बिहान नेपालका लागि मेक्सिकोका गैर आवासीय राजदूत मेल्बा पिर्य ओलाभारिता ले प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेकी छन्। भेटमा नेपालमा हालै आएको विकासकारी भूकम्प,...

५० लाख केजी चामल प्रकरणः गृहले रातारात सच्यायो विवरण

काठमाडौं— एक दिन अघिसम्म आफ्नो विवरणमा ५ हजार मेट्रिक टन (५० लाख केजी) कम चामल देखाइरहेको गृह मन्त्रालयले बिहीबार रातारात सच्याएको छ। दुई साताअघि बंगलादेशबाट भित्रिएको १० हजार मेट्रिक टन...

गणतन्त्र सम्झिँदै प्रधानमन्त्रीले बसन्तपुरको भग्नावशेष हटाए

गणतन्त्र सम्झिँदै प्रधानमन्त्रीले बसन्तपुरको भग्नावशेष हटाए

काठमाडौं– भूकम्पको महाविपत्तीमा सरकाकारले गणतन्त्र दिवस औपचारीक रुपमा मनाउने घोषणा नगरेको भएपनि गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री सुशील कोइराला बसन्तपुर दरबार स्क्वायरका सफाइमा सरिक भएका छन्।

पाँच मन्त्रीले चाँगुनारायणका इँटा पन्छाए

भक्तपुर—गणतन्त्र दिवसका अवसरमा आज मन्त्री तथा सचिवहरुले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्किएका विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर परिसरका भग्नावशेष हटाउने कार्य गरेका छन्।