Wednesday 7 Shrawn, 2071 |
Menu

राजनीति

माओवादीले जातीय राज्यको बखेडा झिक्यो : खनाल

(0 votes)
दैलेख- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले २०६४सालको संविधानसभाबाट संविधान घोषणा गर्ने सबै तयारी भएका बेला एमाओवादीले जातीय राज्यको बखेडा हालेर संविधान बन्न अवरोध पुर्‍याएको आरोप लगाएका छन्। 


सदरमुकाममा आज आयोजित  सभामा उले 'पहिलेको संविधानसभा निर्वाचनमा माओवादी हतियारको त्रास र वाइसिएल दम्भमा धाँधली गरी ठूलो पार्टी बनेको भए पनि सत्ताकै खेलमा मात्र रुमलिएका कारणउसले जनविश्वास गुमाइसकेको बताए। 

आजै विश्व प्रेस स्वतन्त्रता दिवस परेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष खनालले माओवादीलाई पत्रकार डेकेन्द्र थापाको रगतको मूल्य महँगो पर्ने बताए। सभामा एमाले वैकल्पिक सदस्य दलबहादुर सुनारले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन रोल्पाभारतको सिलगुडी र लखनौमा भेटेर वातावरण बनाइएपछि दिल्लीमा बाह्रबुँदे सहमति भएको प्रगतिलाई नेपाली कांग्रेसले श्रेय लिएकामा आश्चर्य प्रकट गरे। 

एमाले जिल्ला अध्यक्ष अम्मरबहादुर थापाको अध्यक्षतामा भएको जनसभामा एमाले केन्द्रीय कमिटीका सदस्य गोविन्द कोइरालागौरा प्रसाईंदेवराज भारपूर्वसभासद् राजबहादुर बुढाएमाले जिल्ला उपाध्यक्ष बरुनाथ योगी लगायतले आआफ्नो विचार राखेका थिए। रासस

राजनीतिकसभाबारे माओवादीले सरकारसँग वार्ता गर्ने

काठमाडौं– नेकपा–माओवादीले सर्वपक्षीय राजनीतिकसभा गर्नेबारे प्रधानमन्त्रीसँग फेरि वार्ता सुरु गर्न तयार रहेको बताएको छ। गत असार १८ गतेदेखि साउन ५ गतेसम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न पार्टी...

मोदीको दर्शनका लागि पशुपतिमा तयारी सुरु

काठमाडौं - पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले विशेष सरसफाइ अभियान सुरु गर्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम...

सरकारको कामप्रति पार्टी सन्तुष्ट : उपसभापति पौडेल

विराटनगर- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारको कामबाट पार्टी सन्तुष्ट रहेको बताएका छन्। नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले नियमित रूपमा कार्य...

सत्यनिरूपण आयोग सिफारिस समिति अझै अपूरो

काठमाडौं- सिफारिस समितिले पूर्णता पाउन नसक्दा 'बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्यनिरूपण र मेलमिलाप ऐन' अन्तर्गतको आयोग गठन प्रक्रिया अन्योलमा परेको छ।

'पूर्ण स्वस्थ भएर फर्के'

'पूर्ण स्वस्थ भएर फर्के'

काठमाडौं-फोक्सोको क्यान्सर उपचार गराएर मंगलबार अमेरिकाबाट फर्केका प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विमानस्थलमा प्रसन्न मुद्रामा भने, 'अब पूर्ण स्वस्थ भएको छु।'

दुवै पक्ष 'विन-विन' हुनेगरी जलस्रोतमा सहमति हुनुपर्छः राजदूत राय

काठमाडौं— नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारत दुवैको 'विन विन सिच्युएसेन' हुने गरी जलस्रोत मामलामा सहमति हुनुपर्ने बताएका छन्। जलस्रोतका क्षेत्रमा यसरी हुने सम्झौताबाट मात्र दुवै देशले...

'धाँधली' मा सम्बन्धितलाई बोलाउने तयारी

काठमाडौं-संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्न बनेको विशेष समितिले प्राप्त उजुरी अध्ययन गर्दै सम्बन्धित व्यक्तिलाई छलफलका लागि बोलाउने गृहकार्य गरेको छ।

छाँया सरकारको झल्को दिने एमाओवादी कार्यविभाजन

काठमाडौं— एकीकृत नेकपा माओवादीले राष्ट्रिय सम्मेलन सम्पन्न गरेको करिब तीन महिनापछि स्थायी समिति बैठकले छाँया सरकारको झल्को दिने गरी बिभाग र ब्युरोको कार्यविभाजन गरेको छ। बाबुराम भट्टराई पक्षधर अनुपस्थित रहेको...