Monday 12 Shrawn, 2071 |
Menu

राजनीति

असन्तुष्ट दललाई सहभागी गराएर मङ्सिरमै निर्वाचन गरिनुपर्छ : मैनाली

  • बुधबार १८ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - नेकपा (माले) का महासचिव सिपी मैनालीले निर्वाचनको विरोधमा सडकमा रहेका असन्तुष्ट दलहरूका जायज मुद्दालाई सम्बोधन गरेर संविधानसभाको निर्वाचनमा जानुपर्ने बताएका छन्।
एक सय चौबिसौ अन्तराष्ट्रिय मई दिवसको उपलक्ष्यमा नेपाल प्रगतिशील ट्रेड युनियन महासङ्घ (फिनेप्ट) ले आज आयोजना गरेको अन्तरक्रियामा उनले सङ्क्रमणकालमा रहेको मुलुकलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएकाले मङ्सिरभित्रै निर्वाचन सम्पन्न गरिनुपर्ने बताए ।

महासचिव मैनालीले मङ्सिरभित्र निर्वाचन गरिने भनिए पनि अहिलेसम्म त्यसको उचित वातावरण बन्न नसकेको उल्लेख गर्दै यसतर्फ सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए ।

दल विभाजन भएर मुलुकको कम्युनिष्ट आन्दोलन र त्यसको आधारशीला श्रमजीवी जनताको आन्दोलन कमजोर बन्दै गएको उनको टिप्पणी थियो। 

सो पार्टीका पोलिटव्यूरो सदस्य डम्बर श्रेष्ठ, कुमार बेलवासे र केन्द्रीय सदस्य वीरेन्द्र थपलियालगायतले कम्यूनिष्ट पार्टीहरु नेतृत्व वर्ग र सिद्धान्तमा स्पष्ट हुन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको बताए ।

कर्मचारीलाई दुर्गममा सेवा अनिवार्य

काठमाडौं-निजामती सेवामा प्रवेश गर्नासाथ र वैदेशिक अध्ययन सकाएर आएपछि कर्मचारीले अनिवार्य रुपमा दुर्गममा सेवा गर्नुपर्ने भएको छ।

पिआरमा कर्मचारीलाई कडाइ गर्न सुझाव

काठमाडौं-निजामती कर्मचारीका परिवारलाई समेत डिभी र पिआर लिनका लागि प्रतिबन्ध लगाउन सभासदहरूले सुझाव दिएका छन्। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको निजामती सेवा (चौथो संशोधन) विधेयकमाथि आइतबार सुरु...

मोदीले पशुपतिमा 'विशेष पूजा' गर्ने

काठमाडौं-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी साता नेपाल भ्रमणमा आएका बेला पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन्। पूजाका लागि ब्राह्मणसहितको टोली भारतबाटै आउँदैछ।

मोदी भ्रमणबारे छलफल गर्न भोलि तीन दलीय बैठक

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका साथै समसामयिक विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बोलाएका छन्।

संविधानसभा बाहिर रहेका दलसँग इलाममा वार्ता सुरु

इलाम-संविधान निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्य राखेका विभिन्न दल तथा समूहसँग संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले आजदेखि इलाममा वाता सुरु गरेको छ।

अदालतको अवहेलना सम्वन्धी विद्येयक संसदमा पेस

काठमाडौं-संसदमा अदालतको अवहेलना सम्वन्धी विधेयक २०७१ पेस भएको छ। कानुन मन्त्री नरहरी आचार्यले आज संसदमा विद्येयक पेस गरेका हुन्।

ढुंगा-गिटी रोकले विकास निर्माणको काम ठप्प भयो : पाण्डे

काठमाडौं- एमाले नेता राजेन्द्र पाण्डेले खोलानालाको ढुंगा-गिटी र बालुवा निकाल्न पाउनपर्ने माग गरेका छन्। आइतबार नयाँ बानेश्वरमा बसेको संसद् बैठकमा बोल्दै नेता पाण्डेले विकास निर्माणका काम रोकिएकाले खोलानालाबाट ढुंगा-गिटी निकाल्न...

भारतसँग तत्काल ऊर्जा सम्झौता गर्न सरकारलाई निर्देशन

काठमाडौं- व्यवस्थापिका संसद्को कृषि, ऊर्जा तथा जलस्रोत समितिले भारतसँग तत्काल ऊर्जा सम्झौता गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार बसेको समितिको बैठकले राष्ट्रको हितमा हुनेगरी तत्काल सम्झौता गर्द सरकारलाई निर्देशन दिएको...