Sunday 2 Falgun, 2072 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

प्रचण्ड भोट माग्दै आए सद्दे फर्किन गाह्रो हुनेछ : गजुरेल

  • बुधबार १८ बैशाख, २०७०
  • राजु अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
झापा – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले 'चार दलीय सिण्डिकेट'को नेतृत्वमा तयारी हुँदै गरेको संविधानसभा चुनाव आफ्नो पार्टीले जनविद्रोह मार्फत विफल पारिदिने बताएका छन्। एमाओवादी नेतृत्वमा भएका सम्पूर्ण 'राष्ट्रघाती कामहरुको अनुमोदनका लागि' चुनावी नौटंकी हुन लागेको दाबी गर्दै गजुरेलले त्यसको प्रतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन्।
nepalipatro-nagarik
मजदुर दिवसको अवसर पारेर पार्टीले विर्तामोडमा आयोजना गरेको जनसभालाई आज सम्बोधन गर्दै उनले जनविद्रोहको तयारी शुरु भइसकेको दाबी गरे। 'चुनाव बहिष्कार मात्रै गर्ने होइन', उनले भने, 'जनविद्रोह पनि गर्ने हो। त्यसका लागि अनुकूल समय आएको छ।' तत्कालै हतियारको लडाँई नलड्ने बताएका उनले जनविद्रोहको स्वरुप बारे भने केही बताएनन्। 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चुनावमा भोट माग्न आए खुट्टा भाँचिदिन उनले कार्यकर्तालाई उक्साए। 'यो चुनाव कुनै हालतमा हुन दिनेछैनौं', एमाओवादीप्रति आक्रामक बनेका गजुरेलले भने, 'यदि प्रचण्ड हामीले बहिष्कार गर्ने चुनावमा भोट माग्दै आए भने हातखुट्टा सद्दे लिएर फर्किन गाह्रो हुनेछ।' आफु लगायत ३३ दलले दल दर्ता प्रक्रियामा भाग नलिएर प्रष्ट रुपमा चुनाव वहिष्कारको बाटो रोजेको बताउँदै उनले थपे, 'असारमा घोषित चुनाव हामीले नै हुन नदिएका हौं। अब मंसिरमा पनि हुन दिंदैनौं। आजदेखि त्यसको तयारीमा लाग्यौं।' 
क्रान्तिका एजेण्डाहरु त्यागेको र जनमुक्ति सेनाको नियोजित विघटन गरेको लगायतका आरोप लगाउँदै एमाओवादीबाट अलग भएको ड्यास माओवादीले प्रचण्डलाई 'लेण्डुप दोर्जे' को रुपमा किटान गरेको गजुरेलको भनाई थियो। 'बाबुरामले गरेको बिप्पा सम्झौता अनुमोदन गर्न र प्रचण्डले सीमाका बारेमा गर्ने भनेको जनमत संग्रहको मुद्दा ब्यूताउँन चुनावको नाटक हुँदैछ', उनले भने, 'यो दिल्लीको निर्देशनमा भइरहेको छ। विदेशी इच्छामा आधारित चुनाव नेपाली जनताले बहिष्कार गर्छन्।' विदेशीलाई नागरिकता वितरण गरेर फिजीकरण र दिल्लीमा लम्पसार परेर भुटानीकरण गर्ने ताकमा प्रचण्ड लागेको गजुरेलको आरोप थियो। 
अब गर्ने भनिएको चुनाव गाविसको जस्तो हलुका विषय नभएको र संविधानसभाको निर्वाचन एक पटकभन्दा बढी कहीँ नभएको बताउँदै कतै नभएको नाटक नेपालमा गर्न चार दल लागेको उनको आरोप थियो। 'चुनावमार्फत संविधान नबन्ने प्रष्ट रुपमा देखियो', उनको कथन थियो 'अब फेरि पनि चुनाव गरेर संविधान बन्छ भन्नु अहिलेको निरंकुशता निरन्तरता दिने चाल मात्रै हो। अब आन्दोलन हुन्छ , त्यसपछि त्यसैको बलमा संविधान बन्छ।' 

अरुले आशंका गरेजस्तो नेकपा–माओवादी हतियार बोकेर जंगल नजाने उनले बताए। 'तपाईहरु ढुक्क हुनोस् हामी हतियार बोकेर जंगल जाँदैनौं', गजुरेलले आश्वस्त पार्दै भने 'त्यो अन्तिम विकल्प हो। अहिले हामीसँग क्रान्तिका अनेकौं विकल्प छन्। ' आफ्नो क्रान्ति सफल भएपछि चार दलीय सिण्डीकेटका नेताहरुले जंगल भासिनुपर्ने उनले चेतावनी दिए।

प्रतिक्रिया

अनेरास्ववियुको निर्वाचन पर्सि हुने

काठमाडौँ-नेकपा (एमाले)ले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका भोलि हुने भनिएको निर्वाचन प्रक्रिया पर्सि सोमबारमात्र हुने भएको छ ।

मधेस आन्दोलन निरर्थकः अर्थमन्त्री

पर्वत–अर्थमन्त्री बिष्णु पौडेलले मधेसवादी दलले गरेको आन्दोलन निरर्थक रहेको पुष्टि भएको बताएका छन्। तराईका जनतालाई आकर्षित गर्न आन्दोलन रचिएको भएपनि आन्दोलनपछि मधेसी दल थप कमजोर बनेको उनले बताए। मधेस आन्दोलन...

संविधान संशोधनबाट सहमति खोजौंः नेम्वाङ

इलाम-संविधानसभाका पूर्वअध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भर्खरै जारी संविधानमा नसमेटिएका मुद्दालाई पटक–पटक संशोधन गरेर समेट्न सकिने बताएका छन्। उनले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको भन्दै...

'काँग्रेस बिग्रियो बुढाले' भन्ने नारा अब उल्टिन्छ: खतिवडा

इटहरी–नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले पार्टीको १३ औं महाधिवेशनले 'काँग्रेस बिग्रियो बुढाले' भन्ने नारा उल्टिने जिकिर गरेका छन्। उनले महाधिवेशनले बहुसंख्यक युवालाई बिजयी गराउनुका साथै केही योग्य पुराना नेतालाई...

आपूर्ति सहज नभएको भन्दै महतो आक्रोशित

काठमाडौं–सद्भावना पार्टी अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महताले सरकारले आपूर्ति व्यवस्था सहज नपारेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।

मेरै नेतृत्वमा राष्ट्रिय सरकारःओली

मेरै नेतृत्वमा राष्ट्रिय सरकारःओली

विराटनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई नै राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन्। उनले अहिलेकै सरकारमा काँग्रेस र मधेसी मोर्चासहित अरु दल सहभागी भएर राष्ट्रिय सरकारको स्वरुप दिनुपर्ने बताए।

फोरम नेपालद्वारा केन्द्रीय नेता निष्काशित

काठमाडौं–संघीय समाजवादी फोरम नेपालले पार्टी विरोधी काम गरेको भन्दै केन्द्रीय सदस्यद्वय रिजवान अन्सारी र राजकुमार यादवलाई पार्टीबाट निष्काशित गरेको छ। फोरम नेपालले शनिबार एक विज्ञप्ति जारी गरी उनीहरुलाई निष्काशन गरेको...

राष्ट्रपतिद्वारा वसन्त श्रवण

राष्ट्रपतिद्वारा वसन्त श्रवण

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ८ः४७ बजेको शुभसाइतमा वसन्तश्रवण गरी टीका प्रसाद ग्रहण गरिन्।