Friday 15 Shrawn, 2072 |
Menu

राजनीति

ist-cc

एमाले पहिलो पार्टी भएमात्र संविधान बन्छ : नेता नेपाल

  • बुधबार १८ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
विराटनगर - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई पहिलो पार्टी बनाउनसके मात्र संविधान बन्ने र जनताको अधिकार स्थापित हुने बताएका छन्। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) कोसी अञ्चल समितिद्वारा आज विराटनगरको जनआन्दोलन चोकमा १२४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रमलाई सम्वोधन गर्दै उनले मुलुकको राजनीतिक सङ्क्रमणलाई छोट्याउन र समयमै संविधान बनाउन आगामी मङ्सिरमा संविधानसभाको निर्वाचन सम्पन्न हुनुपर्ने धारणा राखे ।
उनले एमाले वहुपहिचानसहितको सङ्घीयताको पक्षमा रहेको बताउदै श्रम र पुँजीबीचको सम्वन्धलाई बढाउन पार्टीले तीन खम्वे अर्थ नीति अवलम्वन गरेको विचार व्यक्त गरे ।
नेता नेपालले मजदुरहरूको जीवनयापन गर्ने खालको पारिश्रमिक हुनुपर्ने र सामाजिक सुरक्षा कोष स्थापना हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा संविधानसभाको निर्वाचन, श्रमिकको ज्याला वृद्धि, सामाजिक सुरक्षा, राज्यका हरेक क्षेत्रमा श्रमिकको १० प्रतिशत प्रतिनिधित्व, रोजगार केन्द्रित विकास नीति तथा विद्युत भार कटौतीको पूर्ण रुपमा अन्त्य हुनुपर्ने माग उठाइएको थियो।

प्रतिक्रिया

'अखण्ड सुदूरपश्चिम'विरुद्ध थारू सभासद

काठमाडौं- संविधानसभामा रहेका थारू सभासदहरूले कैलाली र कञ्चनपुरलाई 'अखण्ड सुदूरपश्चिम' मा नराख्न आग्रह गरेका छन्। काठमाडौंमा बसेका थारू सभासदको भेलाले प्रदेशको सीमांकनसहित संविधान ल्याउन माग राख्दै दुई जिल्लालाई 'थरुहट प्रदेश'...

हराएका राहदानी विवरण इन्टरपोलमा

काठमाडौं- सरकारले १ लाख २० हजार नेपाली राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को केन्द्रीय डाटाबेस प्रणालीमा राखेको छ। साढे ४ वर्षमा नेपालभित्र र बाहिर हराएका तथा चोरी भएका नेपाली...

विदेश भ्रमणमा कडाइ

काठमाडौं- सरकारले राष्ट्रपति तथा प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमण टोली २२ सदस्यीयभन्दा ठूलो बनाउन नपाउने मापदण्ड निर्धारण गरेको छ। मन्त्रिपरिषद बैठकले बिहीबार मन्त्री तथा सार्वजनिक पदमा रहेका अधिकारीको विदेश भ्रमणलाई नियन्त्रण...

बिचौलियाविरुद्ध कारबाही माग

काठमाडौं- नेपाल बार एसोसिएसनले अदालतमा रहेका बिचौलिया तत्काल पहिचान गरी कारबाही प्रक्रिया थाल्न प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग माग गरेको छ।

पाण्डेको मुद्दा अग्राधिकारमा

काठमाडौं- सर्वोच्च अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा थुनामा रहेका उद्योगी प्रदीपजंग पाण्डेलाई बाँकी सजाय माफी दिने सरकारको निर्णयविरुद्ध दायर रिटलाई अग्राधिकार दिई सुनुवाइ गर्ने भएको छ। न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले पाण्डेको...

जनताका सुझाव समेट्न विशेष समिति

काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदामाथि जनताले दिएका राय–सुझाव नयाँ संविधानमा समेट्न संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईको नेतृत्वमा उच्चस्तरीय विशेष समिति गठन भएको छ।

पूर्वाग्रही नहुन जनजातिको खबरदारी

काठमाडौं- आदिवासी–जनजाति अधिकारकर्मी मञ्चले धर्मनिरपेक्षता, पहिचानसहितको संघीयता, गणतन्त्र र समानुपातिक समावेशिताका सवालमा पूर्वाग्रही नहुन सञ्चारजगतलाई आग्रह गरेको छ।

तेत्तीस दलीय मोर्चाले अान्दाेलका लागि दलहरुसँग संवाद गर्ने

काठमाडौं– नेकपा–माओवादीको नेतृत्वमा रहेकाे तेत्तीस दलीय राष्ट्रिय मोर्चाले प्रस्तावित संविधानको मस्यौदाका विरोधमा सङ्घीयता पक्षधर राजनीतिक दलसँग संयुक्त आन्दोलनका लागि संवाद गर्ने निर्णय गरेको छ।