18 Baishak, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

दल दर्ता गछौ : अध्यक्ष यादव, हामी गर्दैनौं : गुरुङ

(0 votes)
काठमाडौ - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा निर्वाचन हुन नसक्ने बताएका छन्। रिपोर्टर्स क्लबमा बोल्दै उनले निर्वाचन आयोगमा दल दर्ता गर्नु लोकतन्त्रमा नियमित प्रक्रिया भएकोले आफूहरुले पनि दल दर्ता गराउने जानकारी दिए।
nepalipatr-april

यादवले भने– 'चार दलका महापण्डितले मंसिरमा निर्वाचन गर्छौ भनेर  जनतालाई ढाट्दैछन। यथास्थितिमा चुनावै हुँदैन। चुनाव भए पनि त्यसले संविधान बनाउँन सक्दैन र त्यसले मुलुकलाई थप संकटमा लैजान्छ। राजनीतिक द्धन्दलाई यथावत राखेर गरिने निर्वाचनले निकास दिन सक्दैन।'


आफूहरु चुनावको विरोधी नभएको स्पष्ट पार्दै उनले संकट समाधान गर्ने र द्वन्द्व समाधान गर्ने गरी निर्वाचन गर्नु पर्ने सुझाव दिए।


भारतको तर्फबाट आएको भनिएको भाषाको आधारमा नेपालमा संघीयता हुन नसक्ने भन्दै उनले भाषा जाति लगायतका कुनै एक आधारमा हुने संघीयता टिकाउन नहुने स्पष्ट पारे।


नेकपा–माओवादीका सचिव देव गुरुङले राष्ट्रपतिले जारी गरेको २५ बुँदे आदेश खारेजीको माग गरिरहेको बेला त्यसैको आधारमा सुरु गरिएको दल दर्ता अभियानको आफूहरुले विरोध गर्ने भन्दै दल दर्ता नगर्ने स्पष्ट पारे। यथास्थितिमा पेलेर निर्वाचन गर्न खोजे आफ्नो पार्टीको स्पष्ट नीति भएको र त्यसमा अघि बढ्ने भन्दै जनविद्रोह गर्ने संकेत गरे। उनले भने– 'पेलेर गर्न खोजे हाम्रो पार्टीको लाइन स्पष्ट छ। त्यसै अनुसार अघि बढ्छौ। फाँसीवादी चुनाव त पञ्चायतमा र राजा ज्ञानेन्द्रले पनि गरेका थिए। के हालत भयो तपाँइहरुलाई थाह नै छ।


उनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई निकास नदिई झनै गलत दिशामा लैजाने भएकोले तत्काल सबै प्रक्रिया रोकिनु पर्ने धारणा राख्दै भने–विगतको संविधानसभाले किन संविधान बनाउन नसकेको हो त्यसको कारण नखोजी अब पनि निकास हुन सक्दैन।

प्रतिक्रिया

भूकम्पपीडितलाई बाँड्न थप रकम

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई पहिलो किस्ता अनुदान दिन ११ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ थप रकम निकासा गरेको छ।

'नेपाल-भारतका थारुमा पनि रोटी-बेटी सम्बन्ध छ'

'नेपाल-भारतका थारुमा पनि रोटी-बेटी सम्बन्ध छ'

चितवन- नेपाल र भारतका थारुहरुको दुई दिने राष्ट्रिय सम्मेनले तीन बुँदे घोषणा पत्र जारी गरेको छ। चितवनको सौरहामा बुधबार र बिहीबार भएको प्रथम राष्ट्रिय भेलाले दुई देशमा भएका थारुहरुको राजनीतिक,...

पुनर्निर्माणको काम जादु होइन: प्रधानमन्त्री

इटहरी-प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले पुर्याएको क्षतीको पुनर्निर्माणको काम जादु नभएकाले गर्दा समय लाग्ने बताएका छन्। उनले पुर्ननिर्माणमा आठ लाख घर निर्माण गर्नु ठट्टा नभएर काम गरेर देखाउनुपर्ने हुदाँ समय...

सरकारले ल्याउन लागेको नीति,कार्यक्रम र बजेटबाट तर्सिनु पर्दैन: प्रधानमन्त्री

सरकारले ल्याउन लागेको नीति,कार्यक्रम र बजेटबाट तर्सिनु पर्दैन: प्रधानमन्त्री

धरान- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले आफ्नो सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेटबाट केही मान्छे तर्सिएको बताएका छन्।

एमाओवादी निष्कर्ष- शक्ति विभाजित हुँदा मुलुक समस्यामा

काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले विभाजित अवस्थामा रहेका सबै माओवादी घटकसँग पार्टी एकताका लागि गम्भीररुपले छलफल अगाडि बढाउने भएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले माओवादी...

संसद् नियमावली पारित गर्नेबारे सहमति जुटाउन देउवा र घर्तीबीच भेटवार्ता

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीबीच संसद नियमावली पारित गर्न सहमति जुटाउने सम्बन्धमा छलफल भएको छ।

दाहाल-वैद्य एकीकरण होला?

काठमाडौं- सत्तारुढ एकीकृत नेकपा माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकीकरण गर्ने उद्देश्यसहित छलफल सुरु गरेको छ। जारी स्थायी समिति बैठकले वैद्य नेतृत्वको केन्द्रीय समितिका बहुमत सदस्य आफ्नो पार्टीसँग...

न्यायाधीशलाई अभद्र व्यवहार गरेकाे भन्दै सांसद आलमविरुद्ध अवहेलना मुद्दा

न्यायाधीशलाई अभद्र व्यवहार गरेकाे भन्दै सांसद आलमविरुद्ध अवहेलना मुद्दा

बारा– आफूले भने अनुसारको श्रीमानको हत्यारालाई कैद सजाय नगरिएको भन्दै बुधवार अदालतमै न्यायाधीशलाई गाली गलौज गर्ने एमाले सांसद नेजमा आलमसहित १९ जनाविरुद्ध बारा जिल्ला अदालतमा बिहीबार अवहेलना मुद्दा दायर भएको...