Tuesday 13 Magh, 2071 |
Menu

राजनीति

HUB

सरकारको विरोध गर्ने चुनाव विरोधी : पौडेल

  • बुधबार १८ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
सुर्खेत - १८ वैशाख। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावदेखि डराइरहेका केही राजनीतिक शक्तिले प्रधानन्यायाधीश नेतृत्वको सरकारको विरोध गरिरहेको आरोप लगाएका छन्।


मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलगायतका राजनीतिक शक्तिहरुले नै सुरुमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार माग गरेका थिए, प्रेस युनियन सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई चुनावी सरकारको नेतृत्व सुम्पिदा विरोध गर्नु जनमतदेखि डराउनु हो।”

उनले स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा चुनाव गर्नका लागि प्रधानन्यायाधीशलाई सरकारको जिम्मेवारी सुम्पिएको बताए। “राजनीतिक दलहरुबीच एक–अर्काको नेतृत्व अस्वीकार गर्ने अवस्था आएपछि बहालवाला प्रधानन्यायाधीशमा सहमति गरेका हौं”–उनले भने, “यहीँ सरकारले आगामी मङ्सिरको पहिलो साताभित्र स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्छ।”

 उनले सङ्घीयता र शासकीय स्वरुपका विषयमा दलहरुबीच विवाद हुँदा अघिल्लो संविधानसभाले संविधान दिन नसकेको बताए।

 उनले काँग्रेसले कुनै पनि राजनीतिक दलहरुसँग कार्यगत एकता नगर्ने जानकारी पनि दिए। “लोकतन्त्रमाथि अझैपनि प्रहार भइरहेकाले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य हुन सक्ला” उनले भने, “कार्यगत एकता भने गर्दैनौं।”
‘प्रक्रियाबाट भागेको?’   भागेका छैनौं : दाहाल

‘प्रक्रियाबाट भागेको?’ भागेका छैनौं : दाहाल

काठमाडौं-प्रधानमन्त्री सुशील कोइराला : तपाईंहरू (एमाओवादीसहित मोर्चा) साँच्चिकै बाहिरिनुभएको हो?पुष्पकमल दाहाल : होइन।प्रधानमन्त्री : त्यसो भए वार्तामा बसौं।दाहाल : प्रक्रियामै गइसकेपछि किन वार्तामा बस्ने?प्रधानमन्त्री : प्रक्रिया सुरु मात्र गरेका हौं,...

‘प्रस्ताव निर्माण रोकिँदैन'

काठमाडौं-संविधानसभाले आइतबार गठन गरेको ‘प्रस्ताव निर्माण समिति' को पहिलो बैठक शनिबारका लागि बोलाएको छ। पहिलो बैठक सभाध्यक्षले बोलाउने नियमावलीको व्यवस्थाअनुरूप शनिबार दिउँसो १ बजे समितिको बैठक बोलाइएको हो।

भागबन्डा विवादले सचिव बढुवा टुंगो लागेन

काठमाडौं-सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भागबन्डा नमिल्दा मन्त्रिपरिषदले सचिव बढुवाको टुंगो लाग्न सकेको छैन। सोमबार बसेको मन्त्रिपरिषद बैठकमा कांग्रेस र एमालेका मन्त्रीहरूबीच नै विवाद हुँदा बढुवासम्बन्धी निर्णय हुन...

नेपाल बैंकको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

काठमाडौं-नेपाल बैंकका तत्कालीन महाप्रबन्धक शेरबहादुर थापा लगायतविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनः सुनुवाइ सुरु भएको छ।

‘गच्छदारको प्रस्ताव सहमतिको विन्दु'

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले अघि सारेको ६–८ प्रदेशको प्रस्ताव सहमतिको विन्दु हुन सक्ने बताएका छन्।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले तीन चरणको आन्दोन गर्ने

काठमाडौं- संविधानसभा अध्यक्षले प्रस्ताव निर्माण समिति गठन गरेको विरोधमा एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले तीन चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोमबार बसेको ३० दलीय मोर्चाको बैठकले माघ १२...

सभापतिहरुलाई जिल्ला जान कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले पार्टीका जिल्ला सभापतिहरुलाई १० दिनका लागि आआफ्ना जिल्ला जान निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सभासद्लाई संविधान निर्माणका सम्बन्धमा पार्टीका...

कांग्रेस नेता सम्बरराज पाण्डेको निधन

काठमाडौं- नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं नेपाली कांग्रेस धादिङका नेता सम्बरराज पाण्डेको निधन भएको छ। लोमो समयदेखि विभिन्न रोगबाट पीडित ८७ वर्षीय नेता पाण्डको सोमबार बिहान काठमाडौंमा निधन भएको हो।