Friday 9 Shrawn, 2071 |
Menu

राजनीति

असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराइनुपर्छ : नेपाल

(0 votes)
विराटनगर - नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले असन्तुष्ट ३३ राजनीतिक दलललाई संविधानसभाको निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताएका छन्।


उनले आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै संविधानसभा निर्वाचन लोकतन्त्रको संस्थागत विकासका लागि भएकाले निर्वाचनमा सबैलाई सहभागी गराउन वर्तमान सरकार र राजनीतिक दलहरु गम्भीरतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए।

निवाचन आयोगले दलदर्ता अभियान सुरु गरिसकेकाले छिटो निर्वाचनको मिति घोषणा हुने विश्वास व्यक्त गर्दै वरिष्ठ नेता नेपालले निर्वाचनको बहिष्कार गर्नु लोकतन्त्रविरुद्ध भएको स्पष्ट गरे।

 उनले वर्तमान सरकार र निर्वाचन आयोग संविधानसभा निर्वाचनको तयारीमा लागेकाले मङ्सिरको पहिलो साता निर्वाचन हुने गरी छिट्टै मिति घोषणा हुने बताए।

 नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) कोसी अञ्चल कमिटीद्वारा आज विराटनगरमा आयोजित मजदुर सभाको उद्घाटनका लागि उनि यहाँ आएका हुन्।

एमाले अध्यक्ष ओली डिस्चार्ज, मंगलबार फर्कने

काठमाडौं– सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।

सहमतिमा भारतसँग ऊर्जा व्यापार सम्झौता : गृहमन्त्री गौतम

बनेपा– उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले आपसी हितका आधारमा भारतसँग ऊर्जा व्यापार सम्झौता गरिने बताएका छन्। गृहमन्त्री गौतमले प्रेस चौतारी काभ्रेले आयोजना गरेको पत्रकार भेटघाटमा भने, 'भारतका विदेशमन्त्री र प्रधानमन्त्रीको...

सरकारद्वारा मोदीको भ्रमण स्वीकृत, विदेशमन्त्री स्वराज आइपुगिन्

काठमाडौं–सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साउन १८ र १९ हुने औपचारिक नेपाल भ्रमणसम्बन्धी प्रस्तावमा सहमति जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्री मोदीको आसन्न नेपाल...

रौतहटका एलडिओविरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झोलुङ्गे पुल निर्माण गर्दै आएको संस्थासँग घुस लिने रौतहट जिल्लाका स्थानीय विकास अधिकारी (एलडिओ) बशन्तकुमार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नेपाल–भारत संयुक्त आयोगको बैठकका एजेण्डा तय

काठमाडौं-आज वसेको मन्त्रिपरिषद बैठकले शनिबारबाट सुरु हुने परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकका एजेण्डा तय गरेको छ।

नेपाल–भारत संयुक्त बैठक, कालापानी र सुस्ता विवाद प्राथमिकता

काठमाडौं- काठमाडौंमा शुक्रबारबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुई देशबीच लामो समयदेखि समाधान हुन नसकेको कालापानी र सुस्ता सीमा विवादलाई नेपालले उच्च प्राथमिकताका साथ उठाउने भएको छ।

संविधानका ४८ पूर्वसहमति अनुमोदन

काठमाडौं-संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संघीय व्यवस्थापिकाको नामसहित ४८ विषयमा सहमति जुटाएको छ।

प्राधिकरणमा तत्काल कार्यकारी प्रमुख नियुक्त गर्न अख्तियारको निर्देशन

काठमाडौ—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेको भन्दै तत्काल कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।