9 Jestha, 2072 |
Menu

राजनीति

राष्ट्रपतिले 'कू' प्रयास गरेकै हुन्: पुन

  • १४ बैशाख, २०७०
  • ध्रुव दंगाल
  • DISQUS_COMMENTS
(1 Vote)
सिन्धुपाल्चोक- एमाओवादी नेता वर्षमान पुनले आफ्नो पार्टी नेतृत्वको गठवन्धन सरकार अपदस्थ गर्न राष्ट्रपतिले चार पटक '' प्रयास गरेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भनासत्य भएको जिकिर गरेका छन्। उक्त सरकारमा अर्थमन्त्री रहेका स्थायी समिति सदस्य पुनले कांग्रेस, एमालेले खेलेको भूमिकाको 'ग्राउण्ड'मा राष्ट्रपतिले कु प्रयास गरेको आरोप लगाए। 


'राष्ट्रपतिद्धारा भएको कु प्रयासबारे सबैभन्दा पहिला बोल्ने म नै हुँ,' पार्टी अगुवा कार्यकर्ता भेलामा प्रशिक्षण दिन शनिबार चौतारा आएका उनले क्रान्तिकारी पत्रकार संघद्धारा आयोजित पत्रकार सम्मेलनमा भने। राष्ट्रपतिले पूर्वप्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष भट्टराको भनाखण्डन गर्न नसकेकाले उनको कु प्रयास पुष्टि भएको उनले जिकिर गरे। 'संविधानसभाको म्याद सकिएपछिदेखि नै माओवादी सरकारविरुद्ध कु प्रयास थालेका हुन्,' उनले थपे, 'कु प्रयास सत्य हो। तरयतिबेला यो कुरा गर्नु उचित भने होइन्।'

म्याद सकिएलगत्तै गठबन्धन सरकारलाई काम चलाउको संज्ञा दिएर राष्ट्रपतिले कप्रयास थालनी गरेको दाबी गर्दै नेता पुनले भने, 'विदेशी कुटनीतिक नियोगका प्रतिनिधि र प्रधानसेनापति भेटेरै राष्ट्रपतिले अब सरकार सञ्चालनको साँचो मै लिन्छु भनेकै हुन्।कांग्रेसएमालेलेको भूमिकाले बनेको ग्राउण्डबाट राष्ट्रपतिले अत्यावश्यक विधेयक रोक्नु कु प्रयासको उपज भएको उनले दोहोर्‍याए। 'यही कारण पूर्ववर्ती सरकारले घोषणा गरेको मितिमा संविधानसभा निर्वाचन हुन सकेन,' उनले भने। 

चुनाव गराउनकै लागि माओवादीले सत्ता छोडेको उल्लेख गर्दै उनले असार चारलाई तोकिएको दोस्रो संविधानसभा निर्वाचन कांग्रेसएमालेकै कारण टरेको आरोपसमेत लगाए। 'असारमै चुनाव भए माओवादीले जित्छ र हामी हार्छौं भन्ने सोचेरै उनीहरुले चुनाव हुन नदिएका हुन्,' आफ्नो दल तत्काल चुनाव हुनु पर्ने पक्षमा रहेको उनले भनाछ। मंसिरभित्र जुनसुकै हालतमा चुनाव हुनुपर्ने बताउँदै उनले त्यसउता निर्वाचन हुनै नसक्ने र त्यसको परिकल्पना पनि गर्न नसकिने तर्क गरे। चुनावी वातावरण बनाउनुको सट्टा आर्थिक सहायता बाँडफाँड र सरुवाबढुवामा रुमल्एिर अन्तरिम चुनावी मन्त्री परिषद्ले मुल मुद्दालाई छायाँमा पार्न खाजेको भन्दै नेता पुनले रोष प्रकट गरे। 'चुनावी परिषद् सरुवाबढुवाको लागि बनेको होइन। चुनाव गर्न हो,' अविलव चुनावी मिति घोषणा गर्न आग्रह गर्दै उनले भने, 'यसमा विलम्व गर्दा मुल एजेण्डा छरिन्छ र सरकार विवादमा पनि मुसिन्छ।'

संविधानसभा ऐन २०६४ लाई जस्ताको त्यस्तै जगाएर चुनावमा जानुको विकल्प नभएको औंल्याउँदै नेता पुनले ऐनको बाधा अड्काउ फुकाउ बाहेक अरु दफा संशोधन गर्न नहुने तर्क गरे। 'निर्वाचन क्षेत्रसमानुपाति सिट संख्यामा विवाद आइसकेको छ। ऐन संशोधनमा लाग्दा हो भने विवाद बढ्ने निश्चित भएकाले पुरानैअनुसार जानुपर्छ।')निर्वाचनको विरोध गरिरहेका बैद्य माओवादीउपेन्द्र यादवको मधेसीजनअधिकार फोरमलाई उच्च स्तरीय राजनीतिक संयन्त्रमा ल्याएर सँगसँगै निर्वाचनमा लैजान प्रयास भइरहेको जनाउँदै उनले भने, 'तर वैद्यजी चुनावमा जानु होला जस्तो लाग्दैन। चुनावमा नजानुको अर्थ उहाँहरु जनताबाट टाढिनु हो।'

यसअघि कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले कांग्रेस र एमालेले चुनाव नचाहेकाले मंसिरमा पनि संविधानसभा निर्वाचन हुन कठिनाइ भएको बताए। 'पार्टी भने जसरी पनि चुनाव गराउने प्रयत्नमा छ। त्यसैले तपाईंहरु चुनावी तयारी हालतमा बस्नुस्,' उनले कार्यकर्तालाई निर्देशन दिंदै भने। पार्टीअध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण सफल भएको उल्लेख गर्दै उनले भारत भ्रमण पनि यसैगरी सफल हुने सुनाए। 'खासमा पार्टी त्रिदेशीय सम्वन्ध विकासको नीति अघि सारेर देशमा विकास भित्र्याउन चाहान्छ,' अध्यक्षले चीनभारत भ्रमण गर्नुको कारण खुलाउँदै उनले प्रशिक्षणमा भने। प्रवक्ता अग्नि सापकोटाकेन्द्रीय सदस्य विश्वभक्त दुलाल लगायत नेताले प्रशिक्षण दिदै उच्च मनोवलका साथ चुनावी तयारीमा लाग्न आग्रह गरेका थिए।
नेपालको नवनिर्माणमा समर्पित भएका छौः प्रधानमन्त्री

नेपालको नवनिर्माणमा समर्पित भएका छौः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पले ल्याएको अकल्पनीय विनासपछि सबै नेपाली एकजुट भएर मुलुकको नवनिर्माणमा समर्पित भएको बताएका छन्।

नयाँ पर्यटनमन्त्रीको शपथ

नयाँ पर्यटनमन्त्रीको शपथ

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपासुर शेर्पालाई शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति रामवरण यादवसामु राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक...

‘विपत्तिमा सत्तापक्ष–प्रतिपक्ष हुँदैन’

सिन्धुपाल्चोक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपत्तिका बेला कोही पनि सत्तापक्ष र प्रतिपक्ष नहुने बताएका छन् । महाभूकम्पले मुख्य प्रभावित सिन्धुपाल्चोकको साँगाचोकबाट शुक्रबार पार्टीको ‘श्रम अभियान’ शुभारम्भ गर्दै उनले यस्तो अवस्थामा...

स्कुल बनाउन सिन्धुपाल्चोक पुगे अध्यक्ष दाहाल

साँगाचोक (सिन्धुपाल्चोक)-एकीकृत माओवादीले महाभूकम्पले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकबाट शुक्रबार ‘राष्ट्रिय श्रम अभियान’ थालनी गरेको छ । जनजागृति उच्च माविको भग्नावशेषछेउ खाली चौरमा नयाँ टहरा हाल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले अभियान थालेका...

कृपासुर शेर्पा नयाँ पर्यटन मन्त्री

काठमाडौं- एमाले सभासद् कृपासुर शेर्पा पर्यटन मन्त्रीमा नियुक्त भएका छन्। बिहीबार दिपकचन्द्र आमात्यले राजीनामा गरेपछि नेकपा एमालले नयाँ मन्त्रीको रुपमा शेर्पालाई सिफारिस गरेको हो।

एमाओवादी अध्यक्ष दाहाल सिन्धुपाल्चोकको साँगाचोकमा श्रमदान गर्दै

साँगाचोक (सिन्धुपाल्चोक)- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको निर्णयअनुसार श्रमदान गर्न सिन्धुपाल्चोक आएका छन्। महाभूकम्पका कारण प्रभावित जिल्लाका अधिकांश भवन क्षतिग्रस्त बनेपछि 'आफ्नो देश आफैं बनाउन सक्छौं' अभियानसहित एमाओवादी नेता-कार्यकर्ता शुक्रबारदेखि...

नेपालको उज्ज्वल भविष्यप्रति सबैले योगदान गरौं : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वसँग भूकम्प पीडितलाई दिइने राहत, पुनःस्थापना र पुनःनिर्माणका विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्रीको नेतृत्वमा पुनर्निर्माण परामर्श समिति

काठमाडौं-सरकारले भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा परामर्शका लागि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा राष्ट्रिय पुनर्निर्माण परामर्श समिति गठन गरेको छ।