Thursday 13 Kartik, 2071 |
Menu

राजनीति

प्रचण्डलाई राँची अस्पतालमा भर्ना गर्नु पर्छ: नेपाल

  • मङ्गलबार १० बैशाख, २०७०
  • सन्तोष सिंह
  • DISQUS_COMMENTS
(10 votes)
सर्लाही -  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सामुन्ने रहेको दललाई हेर्न नसक्ने, सुन्न नसक्ने र बुझ्न नसक्ने एमाओवादी अन्धो, बहिरो र मानसिक रोगले ग्रस्त भएको आरोप लगाएका छन्। एमाओवादी अध्यक्ष दाहालले केही दिन अघि एमाले भन्ने पार्टी नै नरहेको बताएपछि आक्रोशित हुँदै नेपालले मानसिक रोगलेग्रस्त अध्यक्ष प्रचण्डलाई राँची अस्पतालमा भर्ना गर्नु पर्ने टिप्पणी गरे।

सर्लाहीको घुर्कौलीमा आज बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा नेपालले एमाओवादी पार्टी र उनका नेता ज्ञानेन्द्र पथमा हिँडे पूर्व राजा जस्तै समाप्त भएर जाने चेतावनी दिए। जनयुद्धपछि कार्यदिशा र विचारबिहीन बनेको एमाओवादी मातृका यादव हुँदै मोहन वैद्यसम्म फुटको अवस्था आएपछि कमजोर भएको उनले बताए।

आन्तरिक विवादमा मुछिएर कमजोर अवस्थामा रहेको प्रचण्ड र एमाओवादी वरिपरि राजनीति घुम्दैन सञ्चारकर्मीको जिज्ञासामा नेपालले भने,’प्रचण्डको एजेन्डामा देश चलेको भए एमाओवादीको छाप लागेको संविधान उहिले आउँथ्यो।'

यसैबीच संविधानसभाको चुनावमा बहुमत सहित मुलुकको स्टेरिङ्ग एमालेले हातमा लिने बताएका छन्। ‘एमाले बलियो भएन भने मुलुक बिनाश हुन्छ,’ नेपालले भने’ ’स्टेरिङ हातमा लिन एमालेसँग विचार र देश निर्माणको भिजन छ।'

‘चुनावमा एमाले बहुमत सहित बिजय हुन्छ,’ नेपालले भने,’स्टेरिङका लागि दुई तिहाइ बहुमत चाहिन्छ। दुई तिहाइका लागि सहयोगी खोजि हुँदै छ।' सहयोगी को हो निधो भएको छैन,’ उनले भने। अभिव्यक्ति र व्यवहारको अधारमा दुई तिहाइ बहुमतका लागि सहयोगी मित्रको लागि वार्ता थाल्ने उनले बताए।
 
छोटो समयमा मन्त्रीसम्मको पद पाएर भ्रष्टचारमा डुबेको मधेसी दलका नेताहरु पार्टी टुक्रा टुक्रा बनाएर नमुना बनेको पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले आरोप लगाए। एमालेका रिजवान अन्सारी, रामचन्द्र झा र पार्टी उपाध्यक्ष अशोक राई पार्टी छोडेर पछुताउने उनले बताए । उनीहरु पार्टी छोडेर केही फरक पर्ने वाला छैन उनले भने। ‘हात समातेर पार्टीमा ल्याएर मन्त्री समेत आफूले बनाएको अन्सारी पुनः पार्टी फर्किन्छन्,’ नेता नेपालले भने,’माओवादीमा गएका रामचन्द्र झाको बिजोग हुनेछ।'
 असारमा सम्भव नभए चुनाव कात्तिक-मंसिरसम्म हुने नेपालले बताए। चुनावको मिति तोक्ने समय आएको छैन,’ नेपालले भने,’नियुक्तिको सेटिङ मिलाएकोले चुनावको मिति घोषणा गर्न प्रचण्ड आत्तिएका हुन्। सेटिङ फेरेर चुनावको मिति मात्र तोकिन्छ,’ नेपालले भने।

यसैबीच रौतहटस्थित नागरिकन्युजकर्मी मदन ठाकुरका अनुसार आज बिहान नेपालले मंसिर महिनामा हुने संविधान सभाको निर्वाचनको प्रचार प्रसारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएको  बताएका  छन् ।
गृह जिल्ला रौतहट आएका वरिष्ठ नेता नेपालले चन्द्रनिगाहपुरस्थित हिमालयन गेष्ट हाउसमा उपस्थित आफ्ना कार्यकर्ताहरुलाई आउँदो मंसिरमा हुने संविधानसभाको निर्वाचनका लागि व्यापक रुपमा तयारीमा जुट्न निर्देशन दिएको हो।

हालै एमाले प्रति प्रचण्डको आएको अभिव्यक्ति प्रति कार्यकर्ताहरुको प्रश्नको जवाफ दिँदै नेता नेपालले प्रचण्डको मानसिक सन्तुलन खराब भइरहेकोमा उपचारका लागि विहार भन्दा मुनीको राज्य झारखण्ड तर्फ लग्नुपर्ने बताए।

जिल्ला संगठनलाई विस्तार गरी कार्यकर्ताहरुलाई सक्रिय बनाएर अघि बढेमा आउँदो संविधानसभाको निर्वाचनमा एमाले पूर्ण बहुमत ल्याएर मुलुकको सबै समस्याहरु समाधान गर्ने बताए।
नेता नेपाल रौतहटको निर्वाचन क्षेत्र नं ४ पिपरा रजवडा गाविसमा आज दिउँसो दूध डेरीको एक समारोहबीच उद्घाटन गर्दै संगठन मजबुत भयो भने पार्टी बलियो हुने भएकोमा आन्तरिक सबै तिता कुराहरु विर्सेर पार्टीलाई पूर्ण बहुमत ल्याउने तर्फ सोचलाई अघि बढाउने कार्यमा जोड दिए।
 नेकपा एमालेका जिल्ला अध्यक्ष रामकुमार भटराईका अनुसार वरिष्ठ नेता नेपाल मंगलवार साँझदेखि रौतहटको विभिन्न गाविसहरु गएर कार्यकर्ता तथा जनतासँग भेटी एमालेको पक्षमा मतदान गर्न आग्रह गरेको छ।

राजनीतिक भागबन्डाले सहमति जटिल : भट्टराई

कठमाडौं– संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका अध्यक्ष बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमतिमा पुग्ने कार्य केही नेता र पार्टीको सत्ताप्रतिको चासोले गर्दा जटिल भएको बताएका छन्। कुनै पार्टीको नाम नलिई...

संघीयता बारे रसियन राजदूतले के भने?

काठमाडौं– नेपालका लागि रुसका राजदुत सेरेगेई भ्यासिलोभिच भेलिच्किनले यान्त्रिक पहिचानको आधारमा संघीय राज्य बनाउन नहुने सुझाव दिएका छन्। बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजदुत भेलिच्किनले सिमान्तकृत तथा पिछडिएका...

कोइराला, ओली र दाहाल गोप्य बैठक गर्दै

काठमाडौं– संविधान सभाका विवादित विषयमा सहमति जुटाउन सक्रिय मुख्य तीन दलका शीर्ष तीन नेताहरुले गोप्य बैठक गर्ने भएका छन्। आज अपरान्हका बबरमहल स्थित शान्ति कोषको सचिवालयमा तोकिएको बैठक विषय प्रवेश...

भट्टराईद्वारा सूर्यबहादुर र कमल थापाहरुसँग परामर्श

काठमाडौं— संविधान सभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले बिहीबार पूर्वपञ्च एवं कम्युनिस्ट नेताहरुसँग सामुहिक परामर्श गरेका छन्। आज उनले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा,...

प्रदेशमा कांग्रेस–एमालेबीच सहमति

काठमाडौं- संविधान सभाका मुख्य दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले ६ वा ७ प्रदेशमा राज्यको संघीय पुन:संरचना गर्नेबारे सहमत भएका छन्।

१० दिनमा १४२ अभियुक्त पक्राउ

काठमाडौं-अदालतबाट भएको अन्तिम फैसला बेवास्ता गरेर बसेका अभियुक्तसँग कैद तथा जरिवाना असुल गर्न न्यायालयले अभियान थालेयता १ सय ४२ जना पक्राउ परेका छन्।

क्षतिपूर्ति बडापत्र लागु गर्न निर्देशन

काठमाडौं-राष्ट्रिय सतर्कता केन्द्रले क्षतिपूर्तिसहितको बडापत्र सञ्चालनमा ल्याउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ। केन्द्रले सबै मन्त्रालयहरुलाई मातहतका निकायमा ढिलासुस्ती रोक्न क्षतिपूर्तिसहितको नागरिक बडापत्र सञ्चालनमा ल्याउन निर्देशन दिएको हो।

सार्क सम्मेलनको नारा- ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन'

काठमाडौं– आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौं शिखर सम्मेलनका लागि ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन' भन्ने नारा तय भएको छ। शिखर सम्मेलन आगामी मङ्सिर १० र...