Thursday 6 Kartik, 2071 |
Menu

राजनीति

इजलासमा जान नयाँ प्रेस पास

(0 votes)
काठमाडौं– असुरक्षाको कारण देखाउँदै खुला इजलासमा जानबाट रोकिएका सञ्चारकर्मीका लागि नयाँ प्रेस पासको व्यवस्था गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
अदालत प्रवेश व्यवस्थित गर्न सञ्चारकर्मीलाई बाँडिएको पुरानो पास खिची नयाँ दिइने अदालतका रजिस्ट्रार लोहितचन्द्र शाहले बताए। 
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष यम बिरहीको नेतृत्वमा गएको सञ्चारकर्मीको टोलीले शुक्रबार रजिष्ट्रार शाहलाई भेटी सहज व्यवस्था मिलाउन आग्रह गरेको थियो।
यसैबीच, अदालतका प्रवक्ता श्रीकान्त पौडेलले पत्रकारलाई खुला इजलासमा प्रवेश र अदालती समाचार प्रकाशनमा रोक नलगाएको दाबी गरेका छन्।
बिहीबार विभिन्न पत्रिकामा प्रकाशित समाचारप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानकर्षण भएको उल्लेख गर्दै पौडेलले विज्ञप्ति प्रकाशित गरी ती समाचार गलत भएको दाबी गरेका छन्। ‘जिम्मेवार पत्रिकाहरूले हुँदै नभएको, असत्य, कपोलकल्पित र भ्रामक समाचार प्रकाशन गरी सर्वसाधारणलाई भ्रमित गर्ने, सर्वसाधारणको आस्थाको धरोहर न्यायपालिकाप्रतिको जनआस्थालाई कमजोर पार्ने, स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाउने, न्यायपालिकाप्रति अविश्वासको वातावरण सिर्जना गर्ने यस्ता समाचारप्रति कुनै सत्यता नभएको व्यहोरा स्पष्ट गर्न चाहन्छु,’ उनले भनेका छन्।  
इजलासको सुरक्षा र मर्यादालाई मनन गर्दै अदालती काम कारवाही सुचारु गरी न्यायपालिकालाई सुम्पिएको जिम्मेवारी निष्पक्ष, छिटोछरितो र प्रभावकारी रूपमा निर्वाह गर्ने क्रममा इजलास र शाखाहरूमा पत्रकारको प्रवेश व्यवस्थित गर्न मात्र खोजिएको उनले जनाएका छन्।
प्रवक्ता पौडेलको विज्ञप्तीप्रति संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आपत्ति प्रकट गरेको छ। ‘सर्वोच्च प्रशासनले विज्ञप्तिमार्फत समाचार संकलनमा कुनै प्रकारको रोकावट नगरिएको भनी भ्रामक प्रचार गरेकोप्रति मञ्च कडा आपत्ति प्रकट गर्दछ,' मञ्चले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘भ्रामक प्रेस विज्ञप्ति प्रकाशित गरी जनतालाई गुमराहमा राख्न खोज्नुले उसको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतामा प्रश्न उठाएको छ।'

राष्ट्रपतिको शुभकामनाः संविधानले मात्र शान्ति र आर्थिक समृद्धि

काठमाडौं– राष्ट्रपति रामवरण यादवले तोकिएको समयभित्र नयाँ संविधान जारी गरी मुलुकबासीको चाहना पूरा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। नेपालीहरूको महान चाड तिहार र नेपाल संवतका अवसरमा बुधबार राष्ट्रपति यादवले...

संघीयतामा फेरि बखेडा

काठमाडौं— संविधान निर्माणको गतिरोध अन्त्य गर्न गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । संविधानका विवादित विषयमा दलहरू टसमस नभएपछि कात्तिक ९ र १० गते छलफल गर्ने...

सत्यनिरूपण पदाधिकारीमा ६४ को निवेदन

काठमाडौं— सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि ६४ जनाले आवेदन दिएका छन् । सिफारिस समितिले सार्वजनिक विज्ञापन गरेको एक महिनामा ती आवेदन परेका हुन्।

गाई र आलु अनुसन्धान कार्यालयमा छापा, घुस लिँदै गरेका दुई अधिकृत पक्राउ

चापागाउँ (ललितपुर)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खुमलटारस्थित राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको कार्यालय र राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको कार्यालयमा छापा मारेर घुस लिँदै गरेका लेखा अधिकृतद्वय श्रीराम श्रेष्ठ र प्रकाश...

गोकर्ण बैठक : फेरि अल्झिए दल

गोकर्ण बैठक : फेरि अल्झिए दल

काठमाडौं- संविधान निर्माणको गतिरोध अन्त्य गर्न गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। संविधानका विवादित विषयमा दलहरू टसमस नभएपछि कात्तिक ९ र १० गते छलफल गर्ने गरी...

तोकिएको काम छाडेर निजी अस्पताल जाने चिकित्सकमाथि कारबाही हुन्छ: स्वास्थ्यमन्त्री

चितवन—स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सरकारी अस्पताल मात्रै विश्वसनीय अस्पताल बन्न सकेको बताएका छन्।

सिंहदरबारका थोत्रा गाडी व्यवस्थापन गर्न निर्देशन

काठमाडौं- व्यवस्थापिका संसदको अर्थ समितिले रेखदेख अभाव र प्रयोगविहीन हुँदा सिंहदरबारमा करोडौं मूल्यका सवारी थोत्रा र कामै नलाग्ने अवस्थामा रहेको भन्दै मुख्यसचिवमार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

निरौलालाई निलम्बन गर्न लेखा समितिको निर्देशन

काठमाडौं- सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डका कामु कार्यकारी प्रमुख सुवास निरौलालाई निलम्बन गर्न निर्देशन दिएको छ।