Sunday 13 Baishak, 2072 |
Menu

राजनीति

sagoon

खुल्ला इजलासमा पत्रकारलाई रोक नलगाइएको अदालतको जिकिर

  • शुक्रबार २० बैशाख, २०७०
  • मदन गौतम
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौँ- पत्रकारलाई खुल्ला इजलास प्रवेश प्रावधान कायमै रहेको  र अदालती समाचार प्रकाशनमा तिनलाई रोक नलगाइएको सर्वोच्च अदालतले जनाएको छ। आजका केही पत्रपत्रिकामा निषेधसम्बन्धी समाचार छापिएपछि आज उक्त अदालतबाट आज जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख  छ।
प्रवक्ता श्रीकान्त पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा इजलासको सुरक्षा र मर्यादालाई मनन गर्दै अदालतको कामकारबाही सुचारू सञ्चालनका लागि सुम्पिएको जिम्मेबारी छिटोनिष्पक्ष र प्रभावकारीरूपमा सञ्चालन गर्न पत्रकार प्रवेशलाई व्यवस्थित गर्न खोजिएको बताइएको छ। 

अदालतले यसअघि पत्रकारलाई  वितरण गरेको प्रेस पास पुरानो भएकाले त्यसलाई खिंची नयाँ पास उपलब्ध गराउन मौखिक जानकारी गराइसकिएको उल्लेख गरेको छ। 

यसैबीच आजै संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले पुनः अर्को विज्ञप्ति जारी गरी 'अदालतले यही वैशाख १७ गतेदेखि इजलास सुरक्षाका नाममा पत्रकारलाई अदालतको इजलास प्रवेशमा रोक लगाई समाचार सङ्कलनबाट वञ्चित गर्दैआएकामाआज  विज्ञप्तिमार्फत समाचार सङ्कलनमा कुनै प्रकारको रोकावट नगरिएको भनी भ्रामक प्रचार गरेको दोषारोपण गरेको छ। 

मञ्चका महासचिव डिल्ली आचार्यद्वारा जारी विज्ञप्तिमा अदालत प्रशासन र मञ्चबीच भएको आजको छलफलपछि अदालतले आगामी आइतबारदेखि पत्रकारलाई इजलास प्रवेश खुल्ला गर्ने गरी जनाएको प्रतिबद्धतालाई स्वागत गर्दै आगामी दिनमा सूचना सङ्कलनमा अवरोध आउने गरी कुनै कदम नचाल्न माग गरिएको छ। रासस

दाहालको नयाँ विकल्प : दुवैको प्रस्ताव मस्यौदामा

काठमाडौं- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयताका मुद्दामा सहमति जुट्न नसके सत्तापक्ष र विपक्षी दुवैको प्रस्ताव संविधानको मस्यौदामा उल्लेख गरेर जनताको राय लिन सकिने विकल्प अघि सारेका छन्।

बाङडुङ सम्मेलन : शान्ति, विकास र समृद्धि साझा लक्ष्य

जाकर्ता (इन्डोनेसिया)- इन्डोनेसियाको जाकार्तामा जारी एसिया–अफ्रिका सम्मेलन शुक्रबार समापन भएको छ। जाकार्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महŒवपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा आयोजित स्मृति सभामार्फत घोषणा गर्दै सम्मेलनको...

मधेस मुद्दामा 'व्यक्तित्व टकराव'

मधेस मुद्दामा 'व्यक्तित्व टकराव'

काठमाडौं- संविधान निर्माणसँग सम्बन्धित राजनीतिक मुद्दालाई लिएर मधेसका दुई प्रभावशाली नेता विजयकुमार गच्छदार र उपेन्द्र यादवबीच 'व्यक्तिगत टकराव' चुलिँदो छ। यसले तराई–मधेस राजनीतिक वृत्तलाई नै दुई भागमा विभाजित गरेको छ...

छात्रवृत्तिमा पढ्ने चिकित्सकको विवरण देऊ : सर्वोच्च

काठमाडौं– सर्वोच्च अदालतले सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश गएका सम्पूर्ण चिकित्सकको अद्यावधिक विवरण उपलब्ध गराउन शिक्षा मन्त्रालयको नाममा आदेश जारी गरेको छ।

म्यानमारका राष्ट्रपतिको सोधे- 'लुम्बिनीमा विमानस्थल कहिले बन्छ?'

म्यानमारका राष्ट्रपतिको सोधे- 'लुम्बिनीमा विमानस्थल कहिले बन्छ?'

जाकर्ता (इन्डोनेसिया)– इन्डोनेसियाको जाकर्तामा जारी एशिया–अफ्रिका सम्मेलन शुक्रबार समापन भएको छ । जाकर्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महत्वपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा आयोजित स्मृति सभामार्फत् घोषणा गर्दै...

संविधान बनाउने जिम्मा दिए दुई घन्टामै बनाएर देखाइदिन्छु : दाहाल

काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान बनाउने जिम्मा आफूलाई दिए दुई घन्टामै बनाइदिने बताएका छन्। लाजिम्पाटस्थित निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले संविधान बनाउने भूमिकामा आफूभन्दा बढी सत्तारुढ भएकाले...

जातीय राज्य असम्भव : खनाल

इलाम– संविधान निर्माणका झण्डै ९५ प्रतिशत काम सकिएको र संघीयताका विषयमा मात्रै विवाद रहेको उल्लेख गर्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले बहुमतीय प्रणालीबाटै भए पनि अविलम्ब संविधान निर्माण गरिने बताएका...

एसिया–अफ्रिका सम्मेलन आज सकिँदै

जाकर्ता (इन्डोनेसिया)- इन्डोनेसियाको जाकर्तामा जारी एसिया–अफ्रिका सम्मेलन आज सकिँदै छ। जाकर्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महत्वपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा हुने स्मृति सभामार्फत आज घोषणा गरिदैँछ। शिखर...