23 Magh, 2072 |
Menu

फोटो फिचर

republica-headerdiscount-subscribe1

सहिद दिवसः यसरी गरियो सहिदको सम्झना (फोटो फिचर)

काठमाडाैं-लैनचाैरस्थित सहिद स्मारकमा शनिबार सहिदको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको छ। सहिद दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली स्मारकमा पुगेर माल्यार्पण गरि सहिदप्रति सम्मान अर्पण गरे।

फोटो फिचर हेर्नुस्

फुटबल खेलाडीको भव्य स्वागत

काठमाडौँ- बंगबन्धु गोल्डकपको उपाधि चुमेर नेपाली राष्ट्रिय फुटवल टोली स्वदेश फर्किएको छ। २३ बर्ष पछि नेपाली टोली अन्तराष्ट्रिय उपाधि जितेर स्वदेश फर्कँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रौनकनै फरक थियो। सयौंको संख्यामा फुटवल प्रेमिहरु नेपाली टोलीलाई स्वागत गर्ने विमानस्थलमा भेला भएका थिए।
फोटो फिचर हेर्नुस्

हिउँले यसरी ढाक्याे कर्णाली

जुम्ला–यो वर्ष कर्णाली पहिलो पटक हिउँले ढाकिएको छ। अघिल्लो वर्ष मंसिरदेखि नै हिउँ पर्न थाल्ने भएपनि यो पटक माघको पहिलो सातामा मात्रै कर्णाली हिउँले ढपक्क भएको हो। मंगलबार दिउसोदेखि परेको हिमपातका कारण पुरै कर्णाली सेताम्य भएको छ। योसँगै यहाँ अत्याधिक चिसो बढेको छ। कर्णालीको हुम्ला, जुम्ला, कालिकोट, डोल्पा र मुगु जिल्लामा अहिले पनि हिमपात जारी छ। हिमपातका कारण कर्णालीको जनजीवन निकै कष्टकर बनेको छ। जुम्लामा अपरान्ह ४ वजेदेखि परेको हिमपात रोखिएको छैन।

IMG 0372

फोटो फिचर हेर्नुस्

राष्ट्रपतिद्वारा पुन:निर्माण ‘महाअभियान’को उद्घाटन

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले 'पुनर्निर्माण महाअभियान' को उद्घाटन गरेकी छन् । माघ दुई गते मनाइदै अाएको भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको रानीपोखरीमा राष्ट्रपति भण्डारीले कार्यक्रमकाे उद्घाटन गरेकी हुन्।

Earthquake safety day -1

फोटो फिचर हेर्नुस्

नुवाकोटमा साँढे जुधाई

नुवाकोट-स्पेनको राष्ट्रिय खेल 'बुल फाईट' अर्थात् साँढे जुधाई टेलिभिजनको पर्दामा बेला बेलामा देखिन्छन्। त्यस सँगै फ्रान्स,पोर्तुगल मेक्सिको लगायतको देशमा बुल फाईट हामीले टेलिभिजनको पर्दामा देख्दै आएका छौ। एउटा निरिह प्राणिलाई धारिलो तरबार बर्साएर सकस दिएर सर्वश्रेष्ठ प्राणी मानिसले आफ्नो बर्बरता प्रर्दशन गरेर आलोचना भईरहेका बेला नुवाकोटमा भने मकर संक्रान्तिको अबसरमा सधैं झै बुल फाईट प्रर्दशन गरेर हजारौले मनोरञ्जन लिएका छन्।

2

फोटो फिचर हेर्नुस्

देवघाटमा मकर स्नान सुरु

चितवन–काली गण्डकी र त्रिशुली नदीको संगम स्थल तनहुको देवघाटमा बिहीबारबाट मकर स्नान सुरु भएको छ। मुक्तिनाथबाट बग्दै आएको कालिगण्डकी र गोसाइकुण्डबाट बग्दै आएको त्रिशुली नदीको संगम स्थल (बेणी)मा नुहाउन माघे संक्रान्तिमा देश विदेशबाट हज्जारौं तिर्थालुहरु आउँछन्।

Snan

फोटो फिचर हेर्नुस्

दिनभर हुस्सुले ढाक्यो लाप्राक

  • मङ्गलबार २८ पुष, २०७२
गोरखा- हिमपातले कष्टकर बनेको उत्तरी गोरखाको जनजीवन समान्य बनिनसक्दै मंगलवार दिनभर हुस्सु लागेर चिसो बढेको छ। दिनभर हुस्सुले ढाकेपछि नेपाली सेनाको हेलिकप्टर अवतरण हुन समेत सकेन।
1

फोटो फिचर हेर्नुस्

सहरमा चितुवा पसेपछि...

काठमाडौं- शंखमुल स्थित हेमराज भण्डारीको घरमा चितुवा पस्यो। एकाएक मध्य सहरमा रहेको घरमा चितुवा पसेपछि कसको मन नआत्तिएला र? घर भित्रै चितुवा पसेपछि केहि त गर्नु पर्योो। उनीहरुले घर भित्र पसेको चुतुवालाई शौचालयमै थुनिदिए।


फोटो फिचर हेर्नुस्

यसरी आगो लाग्यो ट्रान्सफर्मरमा

काठमाडौं- नेपाल टेलिकमको सुन्धारस्थित भवनअघि शुक्रबार सवा ५ बजे हिंड्दै गर्दा टाउको नजिकैबाट आगोका डल्लो खस्यो। आकाशतिर हेर्दै सबै मानिस पेटीबाट मुल सडकमा पुगे । ट्रान्सफर्मर नजिकैको गुजुल्टो तारमा आगो शुरु भैसकेको थियो । टेलिकम हाताभित्रै रहेको अर्को पोलमा पनि आगो देखिएको थियो । टेलिकमका गार्डले एउटा पोलको आगो निभाएर पनि अर्कोतर्फ आगोको मुस्लो देखियो । साँझको समयमा निकै भिड लागेको थियो । आगो लागेको २५ मिनेटपछि आएको बारुण यन्त्रले आगो निभाएको थियो । सुन्धारा क्षेत्र भने पुरै अन्धाकारमा डुबेको थियो। टेलिकम अगाडी रहेको विद्युतको ट्रान्सफर्मरमा आगो लागेको थियो।
फोटो फिचर हेर्नुस्

मनाङमा भीषण हिमपहिरो

पोखरा-माथिल्लो मनाङमा अवस्थित गंगापूर्ण हिमालमा बुधबार दिँउसो भीषण हिमपहिरो गएको छ। करिब ५ हजार मिटर माथिबाट ठूलो आवाजसहित हिमपहिरो खसेको हो। बस्ती टाढा भएकाले मानवीय क्षति नभए पनि पहिरोमर्स्याङ्दीपारिको मनाङ गाउँसम्म झरेको थियो।
फोटो फिचर हेर्नुस्

वीरगन्ज नाकामा धर्नाकारीमाथि भारतीय पक्षको अाक्रमण (फोटो)

वीरगन्ज-१ सय ५ दिनदेखि वीरगन्जस्थित सीमा नाकामा धर्ना दिदै आएका मधेशवादी आन्दोलनकारी र सीमावर्ती भारतीय गाउँ अहिरवा टोलाका स्थानीयबीच बुधबार झडप हुँदा ७ जना आन्दोलनकारी घाइते भए। बिहान करिब १० बजे भएको भिडन्तको क्रममा भारतीय पक्षले चारवटा पेट्रोल बम प्रहार गरेका थिए।

फोटो फिचर हेर्नुस्

दाङको दर्दनाक दुर्घटना जहाँ ५ को ज्यान गयो (फोटो फिचर)

दाङ–दाङमा बुधबार विहान स्कुल बस र किया गाडी एकआपसमा ठोक्किदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। 

फोटो फिचर हेर्नुस्
Subscribe to this RSS feed