Monday 16 Bhadra, 2071 |
Menu

नागरिक शनिबार

पहिलो पाठशाला

  • आइतबार २२ बैशाख, २०७०
  • बिस्नु प्रवा सापकोटा
  • DISQUS_COMMENTS
(1 Vote)
पहिलो पाठशाला
'तँ अझैसम्म सुतेकै छस्, अल्छी?'

सधैं जस्तो त्यो दिन पनि आँगनबाट बार्दलीमा रहेको मेरो ओछ्यानतिर फर्केर हजुरबा कराउन थाल्नुभयो। म जुरुक्क उठेर पाइखाना दगुरें।

धारामा मुख धुन लाग्दा हजुरबा भगवानको सेवा गर्दै हुनुहुन्थ्यो। हजुरबाको कोठामा बजेको घन्टी र धूपको गन्ध एकैचोटि मेरो कान र नाकसम्म आएर ठोक्कियो।

मैले मुख धोएँ र पिँढीमा आएर टुसुक्क बसें। हजुरआमाले स्टिलको अग्लो गिलासमा चिया ल्याइदिनुभयो। बाआमा गाईबस्तुलाई घाँस खोज्न जानुभएको थियो क्यारे। भाइबैनी उठेर कतै खेल्न गइसकेका थिए। पारिपारि डाँडामा नाँच्दै कुदिरहेको कुहिरो हेर्दै म चिया सुरुपसुरुप पार्दै थिएँ। हजुरबा पूजा सकेर मनिर आएर नम्र स्वरले सोध्नुभयो– 'चा खाइसकिस्?'


मैले टाउको हल्लाएँ। 

'मलाई एकदमै बिसन्चो होला जस्तो भइच्चजा बाबु बिराउने गएर माइला बालाई बोलाएर ले।'

हजुरआमातिर फर्केर सोध्नुभयो– 'बूढीमाउखाना पाक्योबिस्नुलाई चाँडै खान दे त। यो बिराउनेको बाटो भएर स्कुल जान्छ।'

'बेला न कुबेला किन जान परो बिराउने?' हजुरआमा चुह्लोबाटै कराउनुभयो।  

तात्तातै साइसाई र सुइसुई गर्दै खाना खाएपछि माइला बालाई बोलाउन बिराउनेतिर कुदें। 

हजुरबाको छाती आँगनजत्रै चाक्लो थियो। बडेमानको पहाडजत्रो शरीर। हँसिलो अनुहारमा सेेतै फुलेका जुँगाका पातला ठोसा। हजुरबा बैष्णव धर्मावलम्बी हुनुहुन्थ्यो। उहाँको निधारको बीचमा रचनाको रातो र दुवैतिर तिलकको सेतो ठाडो टीका टलक्क टल्कन्थ्यो। आफ्नो पिताको देहावसानपछि हजुरबाले आफैं पकाएर खान थाल्नुभएको थियो। दिनमा केवल एक छाकमात्रै खाना खानुहुन्थ्यो। उहाँले पकाउने तरकारीमा नुन कम र ज्यादा पोलेको जिराका काला दाना हुन्थे। परपरका मान्छे पनि दमेकी डिल्ले मुखिया भनेपछि हजुरबालाई चिनिहाल्थे। मैले पढिरहेको स्कुलको उहाँ संस्थापक हुनुहुन्थ्यो। अरू समाजसेवामा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो। हजुर बा खुब रसिक हुनुहुन्थ्यो। सायद मेरी हजुरआमा उहाँका चार वटीमध्ये कान्छी श्रीमती हुनुहुन्छ।  

टाढाको स्कुल भएकोले बिहान आठ नबज्दै स्कुल कुदिसकेको हुन्थें। त्यतिन्जेलसम्म हजुरबा पूजाआजामै व्यस्त हुनुहुन्थ्यो। म हिँड्न लाग्दा बजाइरहेको घन्टा रोकेर उहाँ  भन्नुहुन्थ्यो– 'राम्रोरी जा है। बाटो चिप्लो छ हिँड्दा ख्याल गर्नू।'

 हजुरबा मेरो पहिलो पाठशाला र पहिलो शिक्षक पनि। उहाँकै मुखारबिन्दबाट मैले पहिलो कथा र पहिलो गीत सुनेको हुँ। उहाँले नै चिनाउनुभएको हो– आकाशका जूनतारा घामको नाम र काम पनि। घरअगाडि आँगनछेउ फुल्ने थरिथरिका फूलका नाम पनि उहाँले नै सिकाइदिनुभयो। उहाँकै हातको सहारामा सिकेको हुँपेन्सिल समाउन र अक्षर लेख्न। 

कक्षा पाँचमा पढ्थें। बर्खामा आँपको रस टाँसिएर टाटेपाटे परेको आकाशे रङको कमिजनीलो रङको हाफ पाइन्ट र पैतालाभन्दा मोटा हात्तीछाप चप्पल पट्याँसपट्याँस पार्दै स्कुल जान्थें। किटेनी स्कुल पुग्न झन्डै सवा घन्टा हिँड्नुपर्थ्यो। स्कुलमा खाजा बोकेर लैजाने चलन थिएन त्यस बेला। स्कुल वरिपरि पसल पनि थिएनन्। चार बजे छुट्टी भएपछि भोकले खर्रिएर घर आइपुग्थें। कहिलेकाहीँ त अचाक्ली भोक लाग्थ्योहिँड्दाहिँड्दै खुट्टा फतक्क गल्थे र कुहिसकेको कर्कलाझैं कमजोर हुन्थें। म हिँड्न नसकेर लेउ लेपिएको ढुंगामा बसेर आकाशतिर हेर्थें। आकाशमा दुइटा सूर्य पश्चिमतिर कुदिरहेझैं लाग्थ्यो। हजुरबाले पकाएको घिउ हालेको भात र आलुको तरकारीको स्वाद हावाले कताकताबाट बोकेर मेरो मनसम्म ल्याइपुर्‍याउँथ्योम त्यही स्वाद सम्झेर कछुवाझैं बिस्तारै घरतिर लम्किन्थें। 

घर आइपुग्दा हजुरबाले खाना खाइसक्नुभएको हुन्थ्यो। हजुरबाको कसौंडीमा बाँकी रहेको भात दिउँसोको मेरो खाजा हुन्थ्यो। म स्कुलबाट घर आइनपुग्दै पिँढीमा फ्यात्त झोला फालेर खाजा खान हत्तारिन्थें। हजुरबाको गह्रुँगो चरेसको थालमा खाना खान पाँउदा ठूलो मान्छे सम्झन्थें आफूलाई। 

सानो कुसे गुन्द्रीमा बसेर हजुरबा सोध्नुहुन्थ्यो– 'ल भन् आज दिनभरि केके पढिस्?' मैले हजुरबालाई दिउँसो पढेको बेलिबिस्तार लगाउँथे। मैले केही बिगारें भने हजुरबाले सच्याइदिनुहुन्थ्यो। साँझ म खेल्न कुद्थेंहजुरबा पूजाकोठामा छिर्नुहुन्थ्यो।



शुक्रबार भएकाले आधा दिनमात्र स्कुल लाग्ने भएकाले म छिट्टै घर फर्किएँ। हजुरबा आँगनछेउ परालको टौवामा आड लिएर बसिरहनुभएको थियो। हजुरबाको अनुहारमा पहिले जस्तो चमक थिएन। दसैंमा भर्खर पोतेको कमेरो बाछिटाले बगाइदिइसकेको घरको भित्तोझैं उदास भएको थियो उहाँको अनुहार। 

'बाबुमाइलो आएन?' उहाँले सोध्नुभयो। 

'स्कुल छुट्टी भए'सि आउनुहुन्च रे,' मैले भनें। हजुरबाले त्यो दिन खाना पकाउनुभएको थिएन। 'अघि बार बजेतिर अलिकति दुध खाएँ। केही खान मन छैन आज,' हजुरबाले आफ्नो कुसे गुन्द्री मेरो छेउमा राख्दै भन्नुभयो। 

'तपाईंलाई के भयो र हजुरबा?,' मैले उदास हुँदै सोधें। उहाँको अनुहारमा एकटक हेरिसकेपछि डरले छोप्यो। त्यही एउटा प्रश्न सोध्दा पनि मेरो ओठ काँपिरहेका थिए। 

'म अब धेरै बाँच्दिन होला,' हजुरबाले यत्ति के भन्नुभएको थियो। मलाई रिंगटा लाग्ला जस्तो भयो। पृथ्वी फनफनी घुमेको देखें। एकोहोरो उहाँको आँखामा हेरें। म त सुँक्कसुँक्क रुन थालेंछु। हजुरबा सकिनसकी कराउन थाल्नुभयो– 'किन रुन्छस् बाबु?'

'किन बाँच्दिनँ होला भनेको त!मैले सुकसुकाउँदै भनें।

'मैरो माया लाग्छ?' उहाँले मेरो आँसु पुछ्दै आफूतिर तानेर सोध्नुभयो। मैले उहाँको तातो काखमा टाउको लुकाएँ। मेरो केश मुर्सादै उहाँले उपदेश दिन थाल्नुभयो– 'यति कुरा सधैं ख्याल राखेस्सम्पत्ति कमाएर कोही पनि धनी हँुदैन। असल मान्छेले जिन्दगीभर कमाउने मलामी हो। सम्पत्ति थुपार्ने होइन धेरै मलामी कमाउने विद्या लिनू। अरू हिँडेको बाटो हिँडेर गन्तव्य पुगिन्नआफैं हिँडेर नयाँ बाटो बनाउन सिक्नू।'

हजुरबाले उपदेश दिइरहेका बेला माइलाबा टुप्लुक्क आइपुग्नुभयो। तुलसीको मठछेउ उभिएर उहाँले भन्नुभयो– 'बासन्चो भएन र!'

मैले हजुरबाको काखबाट आफ्नो शिर हटाएँ। माइला बातिर हेर्दै उहाँले भन्नुभयो– 'शरीर सारै गह्रुँगो भएको छ। अब मेरो समय सकिए जस्तो लाग्दैछआज यतै बस्छस् कि!'

माइला बाका आँखा आँसुले भरिए।

'कालीप्रसाद डाक्टरलाई एकपल्ट बोलाउन पर्च कि क्या हो माइला?' आँगनको अर्कोछेउ उभिएकी हजुरआमाले आत्तिँदै भन्नुभयो।

'कसैलाई बोलाउन पर्दैन बूढिमाउ। बरु रिखेलाई र धनेलाई नि आज यतै खाना खान खबर पठा,' हजुरबाले झर्केर भन्नुभयो। 

'म बाँचुन्जेल मेरो हजुरबालाई केही नहोस् प्रभु,' मैले मनमनै प्रर्थना गरें।

...

२०५१ साल चैत १७ गते शुक्रबार साँझ घरभरि पाहुना भरिएका थिए। आमा र हजुरआमा भान्सामा खाना पकाउँदै हुनुहुन्थ्यो। बाहिर आँगनमा हजुरबाका सबै छोरा र भाइहरू जम्मा भएका थिए। खाना खानेक्रम सुरु भयो। 

हजुरबाले शास्त्रका कुरा पनि सुनाउँदै हुनुहुन्थ्यो। बेलुका करिब आठ बजेर २५ मिनेटतिर हजुरआमालाई सोध्नुभयो– 'बूढिमाउ खाना खायौ त?'

'सबैले खाइसक्यौं।'  

'बिस्नु तैंैले खाइस्?' मलाई अन्तिमपटक हजुरबाले सोध्नुभयो। म उहाँकै छेउमा टुसुक्क बसेको थिएँ। स्विकारोक्तिमा मैले टाउकोमात्र हल्लाएँ। 

आकाश सफा थियो। टाढाटाढाका तारा पिलपिल गरिहेका थिए। आँगनको छेउमा आँपको रूखका पात हावामा यताउता हल्लिरहेका थिए। घरमुनि धूपिको रुखमा बास बसेका चराहरूको कल्याङमल्याङ र तल बगिरहेको टिमुरखोलाको आवाजबाहेक रात चुपचाप थियो। 

खाना खाइसकेपछि सबै आँगनमा भेला भयौं। हजुरबाको चिल्लो तालु सूर्यको डल्लो जस्तै तातो थियो। निधारमा चिटचिट पसिना। उहाँले थरथराउँदै भन्नुभयोराम...राम...! हजुरबाको घाँटी घ्यारघ्यार बज्न थाल्यो। माइला बाले आत्तिदै हजुरबाको टाउको समाउनुभयो। 

एकाएक सबै जना अत्तालियौं। आफ्ना काँपिरहेका आंैलाले हजुरबाको जोडिएका सुख्खा ओठ खोल्दै हजुरआमाले चम्चाबाट पानी हालिदिनुभयो। तरउहाँले निल्न सक्नुभएन। ओठको चेपबाट बगेको पानी उहाँको झुसिलो छातीका रौंभित्र विलिन भयो। ठाडो शिर लत्रक्क झर्‍यो। हातमा रहेको तुलसीको माला बाले काट्ने डालेघाँसको हाँगाझैं फ्यात्त भुइँमा खस्यो।

'ला ...! बा त जानुभएछ!माइला बाको यही वाक्यले म मट्यांग्राले लागेर भुइँमा खसेको भँगेरो जस्तो खङ्रङ्ङ भएँ। आँगनमा थुचुक्क बसेर खुम्चिएका घुँडाबीच टाउको लुकाएर घुँक्कघुँक्क रोएँ। हजुरबालाई सबै मिलेर तुलसीको मठसम्म पुर्‍याए। 

घरभरि रुवाबासी सुरु भयो। गाँउलेहरू पनि हत्त न पत्त हातमा टर्चलाइट बाल्दै आँगनमा आउन थाले। 

एक छिनअगाडि हामीमाझ बोलिरहेको जिउँदो मान्छेको प्राण चरीझंै माथिमाथि कतै उडेर गयो। हजुरबा त अब केवल हाडमासुको थुप्रोमा परिणत हुनुभएको थियो। म एक छिनपछि आफंै सम्हालिएर उठें र हजुरबाको मृत शरीर राखिएको ठाँउनिर गएँ। हजुरबाको शरीर चिसिएर सुकेको दाउराझैं अररो भइसकेको थियो। उहाँको गालामा बग्दै गरेको आँसु पनि सुकेर मसिनो धर्सो जस्तो देखिन्थ्यो। अब उहाँ शान्त मुद्रामा हुनुहुन्थ्यो।

अहिले पनि कुनै अप्ठेरो आइपरे हजुरबालाई सम्झन्छु। उहाँ कहिलेकाहीँ सपनामा पनि आइरहनुहुन्छ। 

उहाँ नभए पनि उहाँले देखाइदिएका धेरै सपना छन् मसँग। रहिँड्नको लागि बाँकी नै छन् उहाँले देखाइदिएको लामो बाटो ...! 

सहर कोलाज

रातको ११ बजे। अघि भात खाँदै गर्दा एउटा हातमा सल्किरहेको चुरोट थियो, अर्को हातमा भात। छ्या!तत्काल निर्णय गरेँ– अब चुरोट छोड्छु। बेडरुममा सुतिरहेकी छोरीलाई सम्भि्कएँ। उसको पढाइ र भविष्यलाई पनि।...

चरण–चरणका संघर्ष

चरण–चरणका संघर्ष

पाँच दिदीबहिनीबीच हुर्किएकी उनले छोरी हुनुको सामाजिक अवहेला त सहनुपरेन, तर परिवारमा गढेको ‘पुत्रमोह' संस्कारले भने कता–कता मन चसक्क पारिरहन्थ्यो। छोरी स्कुल पठाउने जमाना थिएन त्यो। भलै, पम्फा भुसाल अर्घाखाँची सन्धिखर्ककी...

सुषुप्त पहिरोको जोखिम

सुषुप्त पहिरोको जोखिम

हिमालय क्षेत्र पहिरोका लागि सधैं जोखिममा रहेको हुन्छ। भरखरै मात्र कोसी नदीको प्रमुख शाखा सुनकोसी नदी झन्डै १२ घन्टा थुनियो। पानी बग्न थालेको सुनकोसी पहिरो ड्याम अहिले सबैको ठुलो टाउकोदुखाइ...

छोइएको छडी

छोइएको छडी

‘अरे मरिक बेचन, फटाफट तँ हाथ थापिहाल् त। अरे...अरे... अरे! दूर रख्, दूर... तेरा काला मैला हाथ। छोइदेलास् फिर, डोम!' शोभाकान्त झा सरले यसो भन्दै मरिक बेचनको हातमा निर्ममतापूर्वक छडीले...

मैथिली संगीत : प्रभावले गुम्दैछ सुर

मैथिली संगीत : प्रभावले गुम्दैछ सुर

भाषा, लिपि र कलासँगै गीत–संगीतमा पनि छुट्टै पहिचान कायम गरेको मैथिली संस्कृति नेपालको तराई र भारतको उत्तरी क्षेत्रमा प्रख्यात छ। मैथिली संगीतको आफ्नै 'घराना’ छ। राग, रागिनीहरू पनि छन्।...

जसले महिलालाई हतियार बोक्न सिकाइन्

जसले महिलालाई हतियार बोक्न सिकाइन्

नानी जन्माएकै दिन घाँसदाउरा खेप्ने आमाका कहर देखेरै उनी सानैदेखि समाज र राजनीतिप्रति जिज्ञासु बनिन्। कक्षा ६–७ सम्म पढ्दा उनमा राजनीतिक चेतना पैदा भइसकेको थियो।

यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

मःमःको सहर

चालिस वर्षअघि असनको मासंगल्लीमा लक्ष्मीनारायण डंगोलको प्रख्यात खाजा पसल थियो– छोयला, कचैला, भटमास र चिउराको खाजा पाइने। एकदिन उनले ग्राहकलाई फरक स्वाद चखाउने विचार गरे र, 'ट्राई' गरे। नयाँ स्वादको...