Wednesday 4 Bhadra, 2071 |
Menu

नागरिक शनिबार

सामान्य बहुरंगवाद

  • आइतबार २२ बैशाख, २०७०
  • धर्मेन्द्र वि नेम्बाङ
  • DISQUS_COMMENTS
(0 votes)
सामान्य बहुरंगवाद
परिभाषा कविताको 
कविताले समाजमा जीवनसँग हिँड्दै लामो समय पार गरेको सन्दर्भमा विभिन्न समयमा विभाजित लोकेसनबाट छिन्नभिन्न तरिकाले परिभाषा सार फेरिँदै आएको छ। अंगे्रजीमा बिवुल्फदेखि होस् या नेपालीमा सुवानन्द दासको साढ्याको कवित कविताबाट होस्, यसले लामो यात्रा पार गरेको छ। यसबीचमा विभिन्न क्षेत्रको संगठित या वैयक्तिक अध्ययन, व्याख्या गर्ने क्रमको क्रियाशील निरन्तरता चलिरहेको छ। परिभाषा, खेलन, व्याख्या, विश्लेषण, व्यवहारको नजरमा निक्कै घुलमिल भएको छ। कतिपय घम्साघम्सी व्याख्याको अवधारणाहरू पनि थोपरिने, थुपारिने क्रम छ। विश्लेषणमा विद्वानवर्गले आफ्नो हात माथि पार्न गर्ने पहल त छँदै छ। यो व्याख्याको थाकमा जेठो कुरो के हो भने कविताको परिभाषा वैयक्तिक बाटो भएर समाजगतताबाट कुद्दै जीवनमा पुगेर अड्किन्छ। यो विराट क्षेत्र अथवा जीवन हो। फेरि परिभाषाले कवितालाई निर्धारण गर्न पनि सक्तैन। उसो त यो परिभाषा नै कविता हुन्थ्यो। कविता परिभाषा, व्याख्या, अवधारणा, समालोचनाभन्दा परको चिज हो। जहाँ परिभाषा कमसल कविता असल भइराखेको अवस्था छँदै छ। जहाँ सबथोक अलिअलि गर्दै मिश्रित भएर अटेको छ– दर्शन, सिद्धान्त, समाजशास्त्र, राजनीतिशास्त्र, इतिहास, भूगोल, विज्ञान, स्वतन्त्रता आदि इत्यादि।
जीवनमा आइपुगेपछि कविता आफैंमा खेल बन्छ। कविता र जीवन आ–आफैको खेलकरण हो। स्वतन्त्र, स्वस्वायत्त खेल। यसो भन्दा यो नियतिको खेल भन्ने अर्थ नलागोस्, यो पृथ्वीको मैदानमा रेफ्रीविहीन खेलिने स्वस्वायत्त, मुक्तान्त खेलको विधिविधान हो।
यसको मर्मको सवालचाहिँ सिर्जनात्मकता हो। सिर्जनात्मकता जीवन, समाज, विकासक्रम, गतिको सवाल हो। गतिशीलता, गतिविधिको सवाल हो। सिर्जनात्मकताले समाजलाई नयाँ गतिशीलता प्रदान गर्दछ। यो मानव जीवनमा युवकत्वको भाग हो। युवकत्व आएर जोडिँदा यसको प्रक्रिया विघटनतामा पुग्छ। सिर्जनाको विरोधी तत्वहरू हुन् कपी र पेस्ट। त्यसैले सिर्जनात्मकता भन्नासाथ कपिपेस्ट होइन, बुझिहाल्नु जरुरी छ। त्यसैले कविताले विशेषतामा सधैं मौलिकता खोज्छ। त्यसको सम्बन्ध व्यक्तिगततामा पुग्छ।
कविताको सिर्जनात्मक खेल या विघटनताको खेलको रचनामा यसको अवयव या पार्टपुर्जाहरू– कला, भावना र विचार हुन्छ। कला, भावना र विचारले कवितालाई आकार दिन्छ, सौन्दर्य निर्माण गर्छ। यसको प्रकार र किस्सिममा भने विषय, समय र आशय पर्दछ। यो सम्बन्धमा मैले दीपा लिम्बू राईको युद्ध, सहअस्तित्व र सिर्जना २०६९, कविता संग्रहमाथि युद्ध विरोधी कविता, सपअस्तित्वको मातहतमाको शीर्षकमा केही चर्चा चलाएको छु।
यसको विस्तृतिहरू, आयामहरू, पक्षहरू, पाटाहरू, क्षेत्रहरूको विषयमा विभिन्न समयमा चलेको आन्दोलनहरू, समयको विभिन्न बिसौनीमा देखिएको विद्धानहरूले मत राख्दै नै आएका छन्। आफ्ना धारणाहरू पोखेका छन्। यसरी कवितामाथि छलफल चलाउँदा जीवनको विषयलाई पर सार्नु दर्शनशास्त्रकै लागि अस्वस्थकर हुन्छ। किनभने साध्य भनेको नै रस्व जीवन हो। अरू साधन, माध्यमहरू हुन्। कवितामा जीवनको सवाल साध्यको खोजी हो भने अरू साधन र माध्यमको उपयोग। समदर्शी काइँलाको म अमेजन उकालो बग्छु २०६६ को टिप्पणीमा भनेको छु, '...कविताको साधनमा टेक्तै जीवनमा फाल हानेका छन् काइँलाले।'
जीवन र खेल समानान्तर हुँदै एकापसमा पुगेपछि, कला र जीवन एक–अर्काको लागि भोबाट खेलकसँग सम्बद्धता राख्छ। यो सिर्जनात्मक कुरो हो। यसरी विभिन्न जक्सनबाट आइपुगेर जीवनमा समाहित भएपछि यहाँ खेलकको रूपमा क्रियारत रहन्छ। यसैलाई बलराम अधिकारीले प्रतिविधा रातो बाघको भूमिकामा 'उदि्दपक खेलक' भनेका छन् अथवा क्याटलिस्ट प्लेयर। क्याटलिस्ट जसले रसायनिक परिवर्तनमा सहयोग गर्छ। तर आफू जस्ताको तस्तै रहन्छ। जस्तो कपर र सल्फेडलाई निश्चित तापक्रममा मिश्रण गराउँदा रसायनिक परिवर्तन भई कपरसल्फेड या नीलोतुथो बन्छ तर यति बन्नको लागि क्याटलिस्टको रूपमा राखिने वस्तु चाहिन्छ। त्यही क्याटलिस्ट प्लेयर नै उद्दीपक खेलक हो। जसले आफू–आफूमा नै रहेर सिर्जनाको, खेलको, कलाको निर्माण गर्दछ।
सत्ता, शासन, समाजको कोणबाट हेर्दा कविता खेल्नु भनेको स्वतन्त्रताको उपयोग, स्वायत्तताको प्रयोग, मानव अधिकार, व्यक्ति अधिकारको भोगचलन हो। त्यसैले कसैले खेल्नु भनेको कवि हुनुसँग मात्रै सम्बद्धता राख्तैन। यो उनको मौलिक हकसँग सम्बन्धित कुरो पनि हो।
सिर्जनात्मकता, विघटनता, मौलिकता
आजभोलि म वर्तमान नेपाली साहित्यमा आइरहेको कृतिलाई विश्लेषण गर्ने क्रममा दुईवटा ब्लकमा हेर्नु जरुरी भन्न थालेको छु। सिर्जनात्मकता, विघटनता। यो सिर्जनात्मकता र विघटनताको सम्बन्ध नजिकको हुन्छ। यसको सम्बन्धित सम्बद्धता र असम्बन्धित सम्बद्धताहरू दुवै छन्। सिर्जनात्मकताको पाटोबाटै विघटनतावाद हुने हो। विघटनताबाट सिर्जनात्मकतालाई सहयोग पुग्ने हो। त्यसकारण यो दुई विषय आपसमा जोडिने र छुट्टिने देखिन्छ। त्यसकारण खेलमा प्रतिशत छुट्याउनुपर्ने भएको हो। विघटनताले तत्कालिकताको केही मानकताहरू भने खोज्छ र अमानकतिरको यात्रा गर्छ। सिर्जनात्मकताले त्यतापट्टि ध्यान दिँदैन। सिर्जनात्मकताको मापन हुँदैन। यसको पनको मापन गर्न तत्कालिक समयसम्मको गतिविधिलाई हेर्नुपर्छ। कुरो विघटनताको पनि उही हो। दुवै प्रविधि यात्राको योगफलचाहिँ मौलिकपन हो। अब यसको प्रोसेसहरू चाहिँ फरक हुन्छ। प्रक्रियामा अलिकति मात्रा र प्रतिशत तलमाथि हुने हो। नेपाली साहित्यमा विघटनात्मकताको उदाहरणको रूपमा सुकरातको डायरी उपन्यासलाई लिनुपर्ने हुन्छ। सिर्जनात्मकताको कृतिको उदाहरण वैरागी काइँलाको अन्धा मान्छेहरू र हात्तीलाई लिन सकिन्छ। कृष्णभूषण बलको काठमाण्डु एक्लैले काठमाण्डु बोक्न सक्तैन भन्ने कविता सिर्जनात्मकता र विघटनता दुवै बोकेको उदाहरण हो। यो कवितालाई संघीय सौन्दर्यशास्त्रको खेलबाट पनि हेर्न सकिन्छ। हुन त विघटनतालाई समालोचक बलराम अधिकारीले अझ मिहिन ढंगले बताउने क्रममा रातो बाघ प्रतिविधामा 'उच्छेदन, अन्तरछेदन र विच्छेदन' भनेका छन्।

प्रतिसमालोचनाको सिद्धान्त
नेपाली साहित्यमा चलेको विभिन्न आन्दोलनहरूले नेपाली सिद्धान्त निर्माणको क्षेत्रमा समय खर्चेको पाइएन। समालोचकहरूले बनेको सिद्धान्तमा टेकेर काम गर्ने हो। सिद्धान्त, दर्शन, विचारको निर्माण तत्कालीन आन्दोलनहरूको क्रियाकलाप हो। इतिहासदेखि वर्तमानसम्म क्रियाशील रहेको लीला लेखनले पनि समालोचनाको बाटो तय गरेको सैद्धान्तिक दस्तावेज कतै पाइएन। इन्द्रबहादुर राईको समालोचनाको पुस्तक उपन्यासका आधारहरूलाई हेर्दा राईले विश्वव्यापी सिद्धान्तपट्टि ढल्केर नेपाली पुस्तकलाई त्यतै ढल्काएको पाइन्छ। यसमा उनले नेपाली सिद्धान्त या समालोचनाको सिद्धान्त निर्माणमा दुःख गर्न नचाहेको देखिन्छ। मैले समालोचनाको क्षेत्रमा त काम गर्नुपर्छ त्यो सिद्धान्तसंगत हुनुपर्छ। त्यो सिद्धान्त नेपालीपनको हुनुपर्छ। अहिले नेपालमा अरू छरछिमेकीको सिद्धान्त बोकेर काम चलाउँछन्, हरेक क्षेत्रमा र राजनीतिमा पनि, यो साहित्यको सन्दर्भमा मात्रै हैन। यो विचारको औपनिवेशिकीकरणको विरुद्धमा नेपाली मौलिकता, विशेषता, निजित्व, हार्दिकता र सापेक्षता (मौविनिहासा) को आधारको बहुरंगवाद अगाडि आएपछि अन्य विदेशी पुस्तकमाथि पनि काम गर्न सकिने वातावरण बनोस् भन्ने हाम्रो ध्येयका साथ यो विचार समूहले त्यहाँसम्म विश्लेषणको पकड राख्नुपर्छ भनेर बहुरंगवादको स्थापना वर्षदेखि नै समालोचनाको सम्बन्धमा ध्यान दिँदै आइएको हो। यही प्रयोजनबाट उपलब्ध अवसरमा प्रतिसमालोचनाको सिद्धान्त र ईश्वरको अदालतमा आउटसाइडरको बयान शीर्षक मार्टिन चौतारीपत्र २०६५ सालको असार महिनामा प्रस्तुत गरे। यही समालोचना रूपरेखाको सैद्धान्तिक पत्र सोही वर्षको मंसिर अंकको गरिमा मासिकमा प्रकाशित छ। मेरो विचारमा यो एउटा नेपाली साहित्य समालोचना बजारको लागि एउटा वैकल्पिक डकुमेन्ट थियो।
प्रथम चरणमा सिर्जनाको विघटनतावाद या विद्रोहबाट विषय प्रवेश भएको नेपाली समालोचकहरूले एभान्त गार्ड मानेको बहुरंगवादी यो आन्दोलन, द्वितीय चरणमा अहिले दर्शन, सिद्धान्तको विघटनतासँग सम्बन्धित छ। तृतीय चरणमा अब यसको भागमा परेको छ, नेपाली (बहु) समाजशास्त्र, नेपाली (बहु) राजनीतिशास्त्र, नेपाली (बहु) अर्थशास्त्रको निर्माण। यसले समालोचनाको जगतमा प्रतिसमालोचनाको सिद्धान्त स्थापना गरेको छ। विधाको जगतमा प्रतिविधालाई सिद्धान्तिकृत गरेको छ। प्रतिसामालोचनाको सिद्धान्तमार्फत् बहुविधाहरूको उपस्थिति, विघटनता र सिर्जनात्मकताको अंश, विषय, आशय र समयको भागलगायत छन। ओहोरदोहोर मापदण्डवादको उपस्थितिलाई प्रतिशतमा चिनाउने काम गरेको छ। यसो गर्दा अर्थहरूलाई फरक स्थलमा पुर्‍याउन सकिन्छ भन्ने छ। बहुरंगवादले अपनाउने सिद्धान्तको सामाग्रीहरू नै यसको आधार, साभार र मार्ग निर्देशक सिद्धान्तहरू हुन्, जसलाई सामान्य बहुरंगवाद, एउटा ट्राभलिङ फिलसफीको परिकल्पना २०६६ मा छलफल चलाएको छु।
यति भनेपछि जाँदाजाँदै कवि विरही काइँलाको कविता मेरो बोजु एक शब्दचित्रलाई पनि यहाँ टाँसिराख्छु।

हजुरआमाले
थुन्से बिसाएको ठाउँ
म आफ्नो भुइँ ठान्थे
त्यो पराइको कमान।

सुकेर टोकरीजस्तै देखिने हजुरआमा
एक दिन टोकरी नफटाइकन मरिन्
सुकेनासले टोकेर बितेको उनी
मरेर पनि धर पाइनन्। र,
चियाको बोटमा कम्पोस्ट मल बनिदिइन्।
बजारदेखि उपमहानगर

बजारदेखि उपमहानगर

लमजुङमा राजा मारिएपछि राजा बनाउन लमजुङेहरू कास्की दरबारमा आएको र यशोवर्द्धन शाहलाई लगेर राजा बनाएको कथा छ, इतिहासमा। खान्चा खान र मिया खानका वंशज कास्कीका राजा कुलमण्डन खान पहिलो शाह...

डेराको विकल्प

डेराको विकल्प

डेरामा आफैं खाना पकाएर खानुपर्ने, सरसफाइ गर्नुपर्ने जस्ता झन्झटबाट मुक्त हुनकै लागि धरानका नवीन भुसालले होस्टल रोजे। कान्तिपुर सिटी कलेजबाट आइटीमा स्नातक गर्दै गरेका उनी चार वर्षयता समुल ब्वाइज होस्टलमा...

फुटबल मैदानमा धक्कामुक्का

फुटबल मैदानमा धक्कामुक्का

'फुटबल चेस होइन, खेलदौरान अलिअलि धक्कामुक्का स्वाभाविक हो।'विश्वभर फुटबलमा सबैले बुझेको तथ्य यही हो।फुटबलमा शारीरिक भिडन्तलाई एक हदसम्म रोमाञ्च मान्ने धेरै छन्। त्यसैले सामान्य झगडा, मुक्कामुक्की, खराब ट्याकल मैदानमा हुने...

पराजयले बढाएको सक्रियता

पराजयले बढाएको सक्रियता

राजनीतिक माहोलमै हुर्किए पनि रेणुकुमारी यादवलाई आफैं राजनीतिमा होमिएला भन्ने लागेको थिएन। २०४३ सालमा युवा अवस्थामै पति अशोककुमार यादवको हत्या हुँदा नाबालक छोरा अभिषेकको लालनपालनदेखि सम्पूर्ण पारिवारिक जिम्मेवारी रेणुको काँधमा...

मोक्षधाम मुक्तिनाथ

मोक्षधाम मुक्तिनाथ

‘पैदल गर्नु तीर्थयात्रा, हातले गर्नु दानमुखले गर्नु हरिभजन, मनले गर्नु ध्यान'एउटा समय थियो, मोटर बाटो नहुँदा तीर्थालु हिँडेर यात्रा गर्थे। धमाधम सडक बन्दै जाँदा धेरै तीर्थमा सजिलै पुग्न सकिने भएको...

विश्वकपका रमाइला तथ्य

विश्वकपका रमाइला तथ्य

ब्राजिलमा जारी विश्वकप दुई दिनपछि सकिँदैछ। त्यसपछि विश्व फुटबलको महामेलालाई चार वर्ष कुर्नुपर्छ। प्रतिस्पर्धाको दृष्टिले हेर्दा सायद विश्वकपभन्दा युरोपेली लिगहरू रोमाञ्चक होलान्। फुटबलको नियमित दर्शकलाई त्यसैले बढी तान्ला पनि। तर...

'महान् सहिद'मा रातो धर्का

कवि इच्छुकको बारेमा सम्झन लायक 'ठूल्ठुला' प्रसंगहरू नहुने नै भए। २०५८ सालताका म एउटा सानो 'कमरेड कवि' त्यसमा पनि अन्तर्मुखी। जिब्रोमो 'चिप्लो पदार्थ'को कमी भएको म ठूल्ठुला कमरेडहरूसँग त्यति सजिलै...

बुङमती खुला संग्रहालय

बुङमती खुला संग्रहालय

विदेशीलाई काठमाडौं नजिक नेवार गाउँ ‘साइट सिन' गराउनुपर्योन भने ललितपुरको बुङमती पुर्यालइन्छ। नेपाली पनि पुग्छन्, देवदेवीको दर्शन गर्न। गाउँले जीवनशैली, काष्ठकला, मन्दिर र चैत्य त्यहाँका मुख्य आकर्षण। त्यहाँ रातो मच्छिन्द्रनाथ,...