Sunday 7 Baishak, 2071 |
Menu

नागरिक शनिबार

डिफिलोसोफी

  • आइतबार २२ बैशाख, २०७०
  • देश सुब्बा
  • DISQUS_COMMENTS
(1 Vote)
डिफिलोसोफी
डिफिलोसोफी अर्थात् विदर्शन। जसरी पाश्चात्य साहित्य र विचारमा विनिर्माण आयो, अब दर्शनमा आउनुपर्छविदर्शन। धेरैलाई यो पद अनौठो लाग्न सक्छ। नयाँ विषय अनौठो लाग्नु, अस्वीकृत हुनु स्वाभाविक हो। 

डिफीलोसोफी भनेको दर्शनलाई अस्वीकार गर्नु होइन। दर्शनमा भएको आवश्यक, उपयुक्त कुरा लिनु र अनावश्यक छोड्नु हो। लिइएका कुरा जोडेर नवीनता दिनु हो। समाजमा, पाठकमा मानक, स्वीकार भइसकेको विषय उखेल्नु, घचेट्नु, तन्काउनु साधारण कुरा होइन। साहस, विवेक, तर्कमात्र पर्याप्त हुँदैन। जो कोहीले आँटेर, गरेर हुने कुरा पनि होइन। गरिने भए संसारमा धेरै भइसक्थ्यो। साहित्यमा उफार्ने, उल्टाउने अनेक भए, तर दर्शनमा साहित्यमा जस्तो सस्तो र बग्रेल्ती छैन। किनभने 'टाइम र स्पेस' पनि मिल्नुपर्‍यो।


जब भयको दृष्टिकोणबाट हामी जीवन र जगत् हेर्न थाल्छौं, तब धेरैजसो सिद्धान्त भयबाट सञ्चालित, निर्देशित, नियन्त्रित भएको पाउँछौं। यही नै हो डिफिलोसोफी।
विश्वका मानक केही फिलोसोफीलाई डिफिलोसोफी गरेपछि सहमतअसहमत तर्क हुन्छ नै। नयाँ विचार पाठकले सजिलै स्वीकार्दैनन्। विरोध हुन्छअविश्वास हुन्छआरोप लाग्छखिल्ली उडाइन्छ। संसारमा नयाँ विचारले यही नियति भोग्नुपरेको थियो। डिफिलोसोफीले पनि निसन्देह यी पहाडहरूको सामना गर्नुपर्छ। संसार नै यसरी चलिरहेको छ– विचारहरूको खापले। कुनै पनि समस्या खोल्न सजिलो र भरपर्दो विचार या उपाय चाहिन्छ। म भयवादको साँचोले फिलोसोफीलाई डिफिलोसोफी गर्ने अनुमति चाहन्छु। यहाँ दर्शनहरूको सानो अंशमात्र डिफिलोसोफी गरिरहेको छु। विस्तृत 'भयवादपुस्तकमा आउँछ।

मार्क्सवादको विदर्शन गर्दै एउटा अन्तरवार्तामा भनें, 'वर्गसंघर्षहुँदैनभय संघर्ष हुन्छ। ढुंगेयुगसिकारी युगबाट मानिसले आफ्नै भयसँग संघर्ष गर्दै आए। यही संघर्षको सिलसिलामा ढुंगाको हतियार बनाएओडारगुफामा बस्न थाले र प्रकृतिलाई ईश्वर मान्न थाले। मानिसलाई जहिले पनि असुरक्षाको भय हुन्छ र सुरक्षित हुन खोज्छ। मानव सभ्यता आदिमकालबाट यसरी नै विकसित हुँदै आयो भयसंघर्षले। समाजमा जहिले पनि आफ्नै वर्गमा बढी संघर्ष हुन्छ– सर्वहारा सर्वहारासितपँुजीपति पँुजीपतिसित। मजदुर र मालिकको समस्या समाधान गर्न विश्वका सम्पन्न मुलुकले यस्तो निकायको गठन गरेका छन्– जसलाई समस्या पर्छसम्बन्धित निकायमा गएपछि समाधान भइहाल्छ। यहाँ मार्क्सवादले भनेजस्तो कहाँ छ सभ्यताको विकास र वर्ग संघर्ष

अर्को छअब्राहम मास्लोको आवश्यकताको सिद्धान्त। त्यसमा भौतिकसुरक्षासामाजिकआत्मसम्मानको आवश्यकताको व्याख्या छ। यी सबै भयबाट नै सञ्चालितनिर्देशित हुन्छन्। यिनलाई मानिदिने हो भने यी पाँच आवश्यकता पूरा भएका मानिसहरू आनन्दसुखले बस्नु पर्ने हो। त्यस्तो नभएर विश्वका सबैभन्दा धनी मानिसहरू गाउँलेगरिब मानिसभन्दा बढी कुदिरहेकाभागिरहेकाडराइरहेका भेटिन्छन्। यसको कारण आफूले प्राप्त गरेको इज्जतधननाम खस्किन्छ कि भन्ने भय हो। 

आवश्यकताको पाँचौ तहसम्म पुगेको मानिसले अर्को स्थानमा जाँदा फेरि आवश्यकताको पहिलो तहबाट जीवन सुरु गर्नुपर्छ। त्यस्तै देशको आर्थिकसामाजिकराजनीतिक उथलपुथल भयो भने फेरि पहिलो आवश्यकताबाट जीवन थाल्नुपर्छ। रसियाजस्तो सम्पन्न मुलुकमा पनि राजनीतिक उथलपुथल हुँदा पाउरोटीको लागि संघर्ष गरेका मानिस भरखरै देखेका छौं। प्रत्येक तहको आवश्यकतामा चरणबद्ध भय हुन्छ। पाँचौ आवश्यकता पूरा भएपछि पनि मानिस शान्तसुरक्षित बस्न सक्दैनदौडिरहन्छ। यसको कारण भय हो। 

चार्ल्स डार्विनको पुस्तक 'ओरिजिन अफ स्पाइसिससन् १८६० मा प्रकाशन भएपछि युरोपको यथास्थितिमाथि आगो लाग्यो। उनले मानिसको जन्मदाता नै फेरिदिए। उसको पुस्तकको महŒवपूर्ण बुँदा बाँच्नको लागि संघर्षबाँच्नको लागि उपयुक्ततता र प्राकृतिक छनौट हुन्। उसले भनेजस्तो प्रकृतिले को बाँच्नेको मर्ने छनौट गर्दैन। प्राणीले आफैं गर्नुपर्छ। पहिले मानिस औलोटीबी लागेर मर्थे। अहिले औषधी पत्ता लगाइसके। नेपालको मृत्युदर ५७अमेरिकाजापानको ८५ वर्ष। प्रकृतिको लागि सबै बराबर हो। मानिसले मृत्यु भयले गर्दा नयाँनयाँ औषधीउपाय पत्ता लगाइरहेका छन् र बढी बाँचिरहेका छन्। मानिस आफ्नै छनौटले बाँचेको होप्राकृतिक छनौटले होइन। 

हाम्रो वरिपरि इष्टसम्पत्ति सबै हुन्छ नै। ती सबै नाश हुन्छ कि भन्ने भयले जोगाउन खोज्छौं। बाँच्नको लागि संघर्ष पनि यस्तै हो। मर्ने भयले मानिसले अन्तिम घडीसम्म संघर्ष गर्छन्। जागिर खानुजागिरमा कर्मचारीसित अनेकौं संघर्ष गर्नुजालझेलषड्यन्त्रशंका सबै आफू बाँचांै भन्ने मनसायले आएको हो। अवसर ज्यादा हुँदा संघर्ष धेरै हुँदैन। अवसर कम हुँदै गएपछि नातावादकृपावाद दुनियाँवाद लगाउनुपर्छ। विकसित राष्ट्रमा कामको लागि त्यस्तो वाद लगाउनु पर्दैन। किनभने त्यहाँ अवसर धेरै छन्। तर अल्पविकसित मुलुकमा मरिनेइज्जत जानेअसुरक्षित हुने भयबाट बच्न सामदामदण्डभेद लगाउनुपर्छ।  

'एन एसे अफ दि प्रिन्सिपल अफ पपुलेसनयो थोमस माल्थसको सन् १७९८ मा प्रकाशित पुस्तक हो।  उनले यसमा खाद्यान्नको वृद्धि अंकगणितीय र जनसंख्याको वृद्धि ज्यामितीय हुन्छ भनेर घोषणा गरेका थिए। यसको वास्तविक अर्थ बढ्दो जनसंख्याले एक दिन संसार ध्वस्त पार्छ भन्ने भय हो। त्यसैले उनले जनसंख्या नियन्त्रण गर्ने सुझाव दिए। त्यतिखेर यो सिद्धान्तको महŒव त्यत्ति भएन। हिजोआज बढी सान्दर्भिक र महŒवपूर्ण भएको छ। विकसित देशका मानिसहरू जनसंख्या बढाउन चाहँदैनन्त्यसमा धेरै भय जोडिएको हुन्छ। स्त्रीको सौन्दर्य बिग्रिनेआर्थिक समस्या आउनेसन्तानले ठूलो भएर पनि जिम्मेवार नहुने भय।  

धेरै विनिर्माण गर्ने सिद्धान्त उत्तरआधुनिक हो। यसको केन्द्रमा अर्थहरूको व्याख्या छ। यसमा धेरै तर्कविवाद चलिरहेका छन्। भयवाद यस निष्कर्षमा पुगेको छ– सबै अर्थहरू अनुकरणबाट आएका हुँदा रहेछन्। कुनै कालमा कसैले निर्माण गरेको अर्थलाई पुस्तौंपुस्तादेखि अनुकरण गरिँदै आएको हुँदो रहेछ– जसरी अक्षरउच्चारण अनुकरण गर्दै ल्याइन्छत्यसरी नै अर्थहरू पनि अनुकरण गरिँदै ल्याइँदो रहेछ। प्राकृतिक र मानव निर्मित गरी दुई किसिमले अर्थको निर्माण हुँदो रहेछ। निर्माण भएको अर्थ अनुकरण गर्दैगर्दै हामीसम्म आइपुग्छ। नानीहरूलाई क अक्षर लेख्न र उच्चारण गर्न सिकाइन्छ। हामीले सिकाएको तरिकाले लेख्नबोल्न अनुकरण गर्छ। अनि शब्द सिकाइन्छ र अर्थ। त्यो पनि अनुकरण गर्दै ल्याउँछ। उसले जानेको अक्षरशब्द र अर्थ अरूलाई सिकाउँदै जान्छ। यसरी पुस्तौंपुस्तामा अर्थको स्थानान्तर हुँदै जाँदो रहेछ। 

भयका शब्दहरू पनि यसरी नै आएका हुँदा रहेछन्। भूत भनेको जस्तोसुकै भए पनि हामीले 'डरलाग्दो हो नानीभनेर सिकाएका हुन्छांै। उसले विश्लेषण नगरी डरलाग्दो भन्ने अर्थको अनुकरण गर्छ। त्यो अनुकरण भएको अर्थ अरूलाई सिकाउँछ। यी अर्थहरू मानिसले केलाएर हेर्दैनन्भूत के होकिन डरलाग्दो होवास्तवमा धेरै भूत डरलाग्दो नभएर सहयोगी हुन्छन् भन्ने पनि हामी कथाकिंवदन्तीमा पढ्छौं। परन्तु हामीले अनुकरण गरेको अर्थमा भूतको अर्थ यसरी सुनेकोबुझेकोजानेको हुँदैनौत्यसैले भूत असल भन्ने अर्थमा कहिल्यै लिएका छैनौ। मार्क्सवादअस्तित्ववादमाओवादधर्मरीतिरिवाजमहाआख्यान सबैको अर्थ पढिनेबुझिनेसुनिने र अन्त्यमा अनुकरण गरिरहने रहेछ। कसैले संशोधन गर्न खोज्यो अर्थमा भने उसको नयाँ न्वारन सुरु हुन्छ 'नव'। त्यसैले डेरिडाकान्टलकाँनहरूले अर्थ उल्टिन्छपर पर सर्छवायोनरी अप्पोजिसन हुन्छ भने पनि मूल अर्थ अनुकरणबाट आएको हुन्छ। अर्थमात्र होइन मानिसको बोलीव्यवहारदाह्री पाल्नेउस्तै गाउनेबजाउनेखेल्ने सबै अनुकरण गरिँदा रहेछन्। पाफ्लोपको प्रवृत्तिवाद र ज्याक लकाँनको ऐना प्रकरण यस्तै हो। 

रुसी वैज्ञानिक पेत्रोविच् पावलोफ्ले कुकुरमा प्रयोग गरेका थिएप्रवृत्तिवाद। धेरै दिनसम्म बत्ती बाल्दै खानेकुरा दिएपछि बत्ती बाल्नासाथ कुकुरको मुखमा र्‍याल आउने भयो। अनि फेरि बत्ती बालेर खानेकुरा दिन छोड्दै लगेपछि र्‍याल आउन बन्द भयो। एकपटक इन्द्रबहादुर राईसित यसबारे कुरा भयो। भन्नुभयो, 'यो सिद्धान्त विज्ञानले असफल घोषित गरिसकेको छ।मलाई त्यस्तो लागेन। सधैं कसैले हामीलाई सहयोग दिन्छराम्रो कुरा गर्छ भने हाम्रा इन्द्रियहरू स्वचालित रूपमा त्यही पाउन तयार हुन्छन्। तर कसैले नराम्रो गर्छकुरा काट्छ भने इन्द्रियहरू स्वचालित रूपमा सतर्क हुन्छन्। हामीले सधैं सुत्ने बिस्तारा जति नै मैलोपुरानो भए पनि निद्रा आउँछ। सुनकै बिस्तारा भए पनि नयाँ भए इन्द्रियहरूले स्वीकार्न समय लाग्छ। स्वीकार्नु भनेको प्रवृत्ति हो। अर्थहरूबुझाइहरू पनि यसरी नै आएका हुन्छन्। 

डिफिलोसोफी धेरै हुन सक्छ। किनभने भयले धेरै सिद्धान्तव्यवहारआविष्कार जन्माएको छ। तर हामी स्विकारिइरहेका छैैनौं। जस्तैः बिमाअस्पतालवारुणयन्त्रसरकारकानुनसंविधानप्रहरीसेनाअदालत सबै भय कम गर्न स्थापना गरिएका हुन्छन्। यसको नाम बेग्लै हुन सक्छ। जब भयको दृष्टिकोणबाट हामी जीवन र जगत् हेर्न थाल्छौंतब धेरैजसो सिद्धान्त भयबाट सञ्चालितनिर्देशितनियन्त्रित भएको पाउँछौं। यही नै हो डिफिलोसोफी।

सर, क्षमा पाऊँ

फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै 'बस'को इसारा गर्छ। ओठ खोल्दैन।...

गुञ्जनका दिदीबहिनी

गुञ्जनका दिदीबहिनी

विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म...

व्यापकता पाउँदै नेपाल संवत्

चुन्दा बज्रचार्य हिजोआज निकै व्यस्त छिन् । विभिन्न कार्यक्रममा भ्याई–नभ्याई छ । उनको व्यस्तता नजिकिँदै गरेको चुनाव प्रचारको लागि होइन । 'नेपाल संवत् न्हूँदा राष्ट्रिय समिति ११३४' की अध्यक्ष रहेकी...

लटरम्म लप्सी

गएको मंगलबार। पुसको बिहानी धुम्म हुस्सु लागेकाले मौसम चिसिएको थियो। वरिपरि पहाड र डाँडाले घेरिएको गोदावरीमा सूर्यका चिसा किरण आइपुगे। जंगलै जंगल भएको गोदावरीमा चराहरू चिर्बिराउँदै थिए। वातावारण मनमोहक थियो।

लेखक बन्न भीडबाट भाग्नुपर्छ

जयपुर (भारत) - पहाडको टुप्पोलाई सुनौलो बनाउँदै उदाउने सूर्य, पातको कापबाट छिर्दै भुइँको क्यानभासलाई कलात्मक बनाउने प्रकाश, क्षण क्षणमा रङ फेर्ने मनमोहक दृश्य।

पहिले खोजीखोजी अहिले रोजीरोजी

पहिले खोजीखोजी अहिले रोजीरोजी

‘ओई मनसरा, पल्लाघरे लाहुरे आउँदैछन् रे यसपालि!'‘आई हो र? कहिले?'‘दसैंमा। घरजम गरेर मात्र फर्कने रे!'‘अनि पारिगाउँले लाहुरे पनि आऊला नि त? तँलाई मागेको छ रे होइन?'‘बढी बोल्छेस्? अहिले फेरि ...!'

रङहरूको अस्वाभाविक संयोजन

आकाशमुनि ठिंग उभिएको छ, एउटा खुल्ला ढोका। ढोकाको वारि र पारि फैलिएको छ चौर र त्यसमाथि छ आकाशको छानो! 'निर्बन्ध मोन्टाज' निबन्धसंग्रहको आवरण यस्तो छ। पहिलोपल्ट पुस्तकको यस्तो आवरणकला देख्दा...

अपेक्षा अभिभावकका

प्रिय छोरीहरूकेही रातदेखि म निकै पिरोलिएको छु र आजको बिहानीमा तिमीहरूसँग आफ्ना विचार पोख्न चाहन्छु। तिमीहरूले गरिराखेको कामबाट म सन्तुष्ट त छु, तर यो आफ्नो जीवन बाँच्ने तरिकाचाहिँ होइन। मलाई...