Sunday 9 Kartik, 2071 |
Menu

नागरिक शनिबार

जेलजस्तो जिन्दगी

  • २१ बैशाख, २०७०
  • शिव रिजाल
  • DISQUS_COMMENTS
(1 Vote)
सलमान रुस्दी सलमान रुस्दी
१४ फेब्रुअरी १९८९। लन्डन महानगरमात्र होइन सारा विश्व भ्यालेन्टाइन्स डे को अवसरमा प्रेममय हुँदै थियो। 'मिडनाइट्स चिल्ड्रेन' 'सेम्'जस्ता अंग्रेजी उपन्यासका लेखक सलमान रुस्दीमाथि चाहिँ यही मितिदेखि घृणाको ज्वाला मडारिन थाल्यो।

दूर देशका केही शक्तिशाली धर्मगुरुहरूलाई ४२ वर्षीय भारतीय मुलका रुस्दीको उपन्यास 'सतानिक भर्सेज' मन पर्ने कुरो भएन। रुस्दीमाथि फतवा अथवा मृत्युदण्डको सूचना जारी भयो।



 
रुस्दीलाई मार्न सक्नेलाई करोडौंको बक्सिस घोषणा गरिन्छ। यो सन्देश रुस्दीलाई सुनाउँदै गर्दा उनका साथीहरूको स्वर डरले काँप्न थाल्छ। विख्यात उपन्यासकार रुस्दीको आत्मकथा 'जोसेफ एन्टनयही दिनको प्रसंगबाट सुरु हुन्छ। 

यो आत्मकथा एक स्वतन्त्र लेखकले तेह्र वर्षसम्म बाँचेको कठिन समयको कथा हो। ६३६ पृष्ठ लामो पुस्तकसँग बलिया वैचारिक खुराक छन्। यसले भन्छकथा अथवा साहित्य आफंैमा एउटा शक्ति हो। कथाविना विचारका नयाँ क्षितिज खुल्दैनन्। मानव सभ्यता कथाहरूको खेल हो। धर्म धान्न लेखिएका शास्त्र पनि कथा हुन्। कथा यथार्थ होइनयथार्थचाहिँ कथाजस्तै हो। त्यसकारण कथाका पुनर्लेखन अथवा आविष्कार गरिरहनुपर्छ। कथाकार अथवा लेखक आधुनिक प्रजातान्त्रिक अनि सेकुलर मानव सभ्यता चलाउन चाहिने आवश्यक मित्र हो। धर्म अनि संस्कारका नाममा शब्दहरू बरफझैं जमेर बसे भने हामी त्यहाँ निसास्सिन थाल्छौं। नयाँ कथा लेखिनु वैज्ञानिक जगतमा हुने आविष्कारजस्तै उपलब्धि हो। साहित्य र विज्ञानले हामीलाई पुराना विचार अनि अभ्यासहरूको भारबाट मुक्त गराउँछ। 

जोसेफ एन्टन २००२ मार्च २७ मा आएर टुंगिन्छ। कडा सुरक्षासाथ हिँड्नु रुस्दीका लागि तेह्र वर्षे लामो अनुभव भइसकेको थियो। त्यस दिन पनि उनी सुरक्षाबलसहित बेलायती गुप्तचर संस्थाका अधिकारीले बोलाएअनुसार लन्डनको एक होटल पुग्छन्। ती अधिकारी अब हमलाको सम्भावना नभएको र उनलाई दिइँदै आएको सुरक्षा संयन्त्र बिस्तारै कम गरिने बताउँछन्। 

रुस्दी भन्छन्, 'म आजैदेखि स्वतन्त्र हुन चाहन्छुधन्यवाद। तपार्इंलगायत सम्पूर्ण बेलायती प्रहरी अनि गुप्तचरहरूलाई।आफू स्वतन्त्र र साधारण जीवनमा फर्केको हुँकार गुडिरहेको ट्याक्सीलाई हात दिएर व्यक्त गर्छन्उनी। हाम्रो शहरमा गुड्ने ट्याक्सी र स्वतन्त्र जीवनको सम्बन्ध बडो मार्मिक ढंगमा उजागर गर्दै यो आत्मकथा टुंगिन्छ। 

यो तेह्र वर्षमा रुस्दीको जीवनमा निकै परिवर्तन हुन्छन्। पहिली पत्नी क्लारिसा लुवार्डसँगको सम्बन्ध १९८७ मा समाप्त भइसकेको हुन्छ। रुस्दीमाथि फतवाको मिसाइल बर्सन थाल्दा छोरा जफर आठनौ वर्षको मात्रै हुन्छ। यही बीचमा रुस्दीको अमेरिकी लेखिका मरिएन विगिँससँग सम्बन्ध जोडिन्छचिसिन्छ र १९९३ मा टुंगिन्छ। त्यसपछि उनी झन्डै बाह्र वर्ष कान्छी एलिजावेथ बेस्टसँग जोडिन पुग्छन्।

इलिजाबेथले रुस्दीलाई बलियो सहारा दिन्छिन्। मिलन नामको पुत्रलाभ हुन्छ उनीहरूलाई। छोरो जन्मिएको केही महिनामा तिनको विवाह हुन्छ १९९७ मा। पुस्तकको अन्त्यतिर एलिजाबेथसँगको उनको सम्बन्ध चिसिन थालेको पाठकलाई थाहा हुन्छ। भारतीय मुलकी अमेरिकी चर्चित मोडल पद्मा लक्ष्मीसँग नजिकिएका रुस्दी अमेरिकातिरै बस्न इच्छुक देखिन्छन्। यो बीचमा उनको बालकथा सँगालो 'ह्यारुन एन्ड द सी स्टोरिजनिस्कन्छ। 'द लास्ट मुरस् साई', 'द ग्राउन्डबीनीथ हर फीटअनि 'फ्युरीजस्ता शक्तिशाली उपन्यास निस्कन्छन्। विविध पुरस्कार पाएका उनी कथा र साहित्येत्तर कृतिहरूको सम्पादन पनि भ्याउँछन्। २००२ यता लेखिएका उपन्यासका प्लटहरू उनको मनमा सलबलाउन थालिसकेको पाठकलाई थाहा हुन्छ। 

इरानबाट आएका धम्कीप्रति उनलाई त्यत्ति आश्चर्य लाग्दैन। तर बेलायती मुस्लिमहरूजसलाई विश्वकै सबभन्दा उदारवादी मुस्लिम भनेर चिनिन्छतिनले खोलेका संघसंस्थाबाट पनि आउन थालेका धम्की र गालीले रुस्दीलाई निकै दुखित पार्छ। यसैक्रममा उनको उक्त विवादित उपन्यासलाई जापानी भाषामा अनुवाद गर्ने जापानी लेखकको गोली हानेर हत्या गरिन्छ। त्यही उपन्यासको नर्वेली प्रकाशकमाथि पनि हमला हुन्छ। तीन गोली खाएर पनि उनी बाँच्छन्। उनलाई समर्थन गर्ने मुस्लिम लेखक र विचारकहरूमाथि पनि सांघातिक हमला हुन थाल्छन्। 

'ओई सलमानअब तेरा दिन सिध्दिए। तँ सैतानको घर जाने बेला भयो। मैले थाहा पाइसकेंतँ कहाँ लुकेर बसेको छस्। अब केही दिनमात्र...! हाहाहाहा...!फिल्मी संवादमा रुस्दीमाथि धम्कीका पत्रहरूको ओइरो लाग्न थाल्छ। उपन्यास प्रकाशकका वितरण केन्द्र र पसलअगाडि बम पड्किन थाल्छन्। यसबाट विचलित किताब पसले र प्रकाशक आफ्ना कर्मचारीहरूको जीवनलाई ध्यानमा राखेर रुस्दीका किताब लुकाउन थाल्छन्। कति प्रकाशन गृह त उनका नयाँ या पुरानै किताबका मुद्रण गर्न हिच्किचाउँछन्। अन्तर्राष्ट्रिय हवाइसेवा उनका लागि सेवा दिन तयार हुन्नन्। विशेष बैंकसँग गरिने आर्थिक कारोबारमा सलमान रुस्दी भन्ने नाम आइरहँदा थप खतरा हुने भएकोले उनी आफूलाई मन परेका लेखक जोसेफ कन्राड र एन्टन चेखबबाट आधाआधा नाम मिलाएर नयाँ नाम राख्छन्जोसेफ एन्टोन। 

यो बाह्र्रतेह्र वर्षबीच रुस्दीको जीवन नाटकीय ढंगले अघि बढ्छ। उनी आफ्नो त्यो विवादित उपन्यासको सफ्ट कभरको पुनर्मुद्रण गर्न चाहन्छन्पैसा कमाउनभन्दा पनि लेखकको अस्मिता बचाउनका लागि। यो संसारमा लेखक र पाठकहरू स्वर्गबाट आगो चोरेर ल्याउने शक्तिशाली मनहरू हुन्। तिनलाई पनि आउँछ आफ्नो शक्ति देखाउन। उनको यही विचारले बेलायतलगायत युरोपका विभिन्न देश र इरानबीचको कुटनीतिक सम्बन्ध पनि बिग्रन थाल्छ। तेलको राजनीतिले यहाँ पनि प्रवेश गर्छ। आत्मालोचना गरेर लेखे अनि धार्मिकगुरुहरूसँग माफी मागेउनलाई मात्रै होइन बेलायती कुटनीतिक अधिकारीलाई पनि साजिलो हुने ब्यहोरा रुस्दीसमक्ष आइरहन्छ। स्वाभिमानी रुस्दीलाई यस्तो सौदाबाजी मन पर्दैन।

यही बीच बेलायतमा लेबर पार्टीको सरकार आँउछ। टोनी ब्लेयर प्रधानमन्त्री हुन्छन्। इरानमा पनि नयाँ आयातुल्ला खुमिनीको आगमन हुन्छ। सरकारमा पनि परिवर्तन हुन्छ। अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति हुन्छन्। 

'तिमीलाई थाहा छैन रुस्दीमेरो काम कति गाह्रो छ। हुन त बेलायतको प्रधानमन्त्री हुँ।ब्लेयर गुनासो गर्छन्। 

'मजस्तो लेखक भएर पनि हेर न मिस्टर प्रधानमन्त्रीम भएर बाँच्न झन् कहाँ सजिलो छ र!'

एकै भेटमा ब्लेयर र रुस्दी साथी बन्छन्।

 'लौ हेरसलमान रुस्दी एउटा बाठो मानिसभन्दा अरू केही पनि होइन। राजकीय मोज गर्दै छ। बेलायती महारानी र अन्य राजपरिवारका सदस्यले पाउने सुरक्षा र जीवनशैलीमा हिँड्छ। मोटाएको छ। जनताले तिरेको करको पैसाको हुनसम्म दुरुपयोग भयो नि।स्वयं प्रिन्स चार्ल्सबेलायती राजकुमार पनि यस्तै तर्क राख्छन्। समकक्षी लेखकहरू पनि रुस्दीमाथि त्यत्ति दया देखाउँदैनन्। खरो स्वभावका रुस्दीले मनग्यै खुच्चिङ भन्ने साथी पनि कमाइसकेका थिए। यति बेला भने रुस्दीलाई युरोप र अमेरिकाको स्वतन्त्र प्रेसले ठूलो सहयोग गर्छन्। उनलाई आफ्ना विचार राख्न अवसर दिइरहन्छन्। 

'ल ठीकै भयोरुस्दीले झन्डै चार्ल्सले पाउने सुविधा पाएछन्। तर त्यत्ति सुविधा पाएर पनि खै चार्ल्स महाशयले एउटा किताब पनि लेख्न नसकेको!रुस्दीलाई माया गर्ने व्यक्तिहरू मिडियामा बेलाबेलामा हुँकार गरिरहन्छन्। संसारका विभिन्न कुनाबाट माया अनि श्रद्धाका शब्दहरू फूलजस्तै उनीमाथि बेलाबेला खसिरहन्छ। 

साहित्य लेखेर संसारलाई दुर्घटनाबाट बचाउन सकिन्छ। लेखक आम मानिसको सबभन्दा आत्मीय साथी हो भन्ने रुस्दी कुनै अपराधीजस्तो अरूको आँखाबाट बचेर निस्कनुपर्दायात्रा गर्दा र आम नरनारीले झेल्नुपरेको झमेला देख्दा दिक्क हुन्छन्। मन लागेको ठाँउमा जाउँ्क लाग्छ,  मन परेका मित्रलाई भेट्न मन लाग्छतर त्यसो गर्न पाउँदैनन् उनी। उनलाई जीवन नै जेलजस्तो लाग्छ। आफ्नो जीवनमा सबभन्दा माया गर्ने देश भारतले पनि लामो समयसम्म उनलाई यात्रामा प्रतिबन्ध लगाउँछ। भारतको शिमलामा भएको पैतृक सम्पत्ति आखिरीमा अदालतले उनको नाममा पास गरिदिन्छ। निकै वर्षपछि केही खुकुलो अवस्थामा रुस्दी जवान छोरो जफरसँग भारत फर्कन्छन्। उनी यत्ति खुसी हुन्छन्दिल्ली एयरपोर्टमा भारतभूमिलाई घोप्टो परेर म्वाइँ खान मन लाग्छ।  उनलाई मनपर्ने र उनलाई पनि मन पराउने एडबर्ड सइददेखि दर्जनौं अन्य लेखकविचारक क्यान्सरको कारण बित्दै जान्छन्। मनभरि द्वन्द्व र पीडा बोकेका रुस्दीलाई जीवन झनै जटिल लाग्न थाल्छ। मृत्यु कतै कुनाबाट फतवा शैलीमा आक्रमण गर्दै छ। डर र त्रासमा छन्उनी। पुस्तकमा अरू पनि निकै पीडादायक क्षण छन्जसले पाठकहरुलाई रुस्दीको निकट पुर्‍याउँछन्। 

त्यसो त निकै रमाइला क्षण पनि पुस्तक छन्। बेलायतलगायत अन्य युरोपेली देशमा कडा सुरुक्षासाथ हिँड्दाबस्दा थकित भएका रुस्दी बेलाबेला अमेरिका जान पाउँछन्। एक दिन उनलाई भेट्न चर्चित अमेरिकी कवि एलेन गिन्सबर्ग उनी बसेको होटलमै आइपुग्छन्। 'संसार प्रसिद्ध कविले आफूलाई भेट्दा जीवनले नयाँ मोड लिन्छ कि!रुस्दीलाई लाग्छ, 'यी कविले एकचोटि कराए भने संसार ट्वाक्क रोकिने छ।तरचप्पल लाएर भेट्न आएका गिन्सबर्ग आफ्नो बडेमानको झोला बिसाउँछन् र रुस्दीलाई योगाभ्यास सिकाउन थाल्छन्। ओम शान्तिको मन्त्र राम्ररी जप्न सिकाउँछन्अनि फुत्त निस्केर जान्छन्। रुस्दी अचम्ममा पर्छन्। 

रुस्दीको केटी साथी पद्मा लक्ष्मीको नग्न तस्बिर फ्रान्सको एउटा ट्याब्लोइड पत्रिकाले छाप्छ। पद्मालाई यसले केही असर पार्दैन। 'बरुयो फोटो छापेबापत मेरो पारिश्रमिक कसरी असुल गर्नेसहयोग गर न प्रेमी!पद्माको अनुरोधपछि विभिन्न माध्यमको प्रयोग गरी रुस्दी प्रेमिकाको नग्न तस्बिरको पैसा असुल गर्छन्। आफूले पाएको गोता सम्झँदै उनी बेलाबेला हाँस्छन् पनि। 

समकालीन लेखकसँग त्यत्ति खुसी नभएका रुस्दी अमेरिकन लेखक सुसन सोन्टागअफ्रिकाली लेखक नादिन गोर्डिमर अनि भारतीय मुलकी क्यानेडियन कलाकार दीपा मेहतासँग निकट रहेको बुन सकिन्छ। उनलाई सहयोग गर्ने आत्मीय लेखकको सूचीमा गार्सिया मार्केजभाख्लाव हावेल अनि ह्यारोल्ड पिन्टर आदि पर्छन्। दर्जनौं प्रकाशन गृह छन्। रुस्दी र प्रकाशक गृहहरूको जोडीलाई एक्काइसौं शताब्दीको स्वतन्त्र प्रेस अनि पठन संस्कृतिले बनाएको बलियो शक्तिको रूपमा बुन सकिन्छ। उनी जानीजानी पाठकलेखकप्रकाशक र विचारकका माझ जान चाहन्छन्। उनी देखाउन चाहन्छन्लेखक पनि कम ज्याद्रो हुँदैन। ऊ पनि डरलाग्दा शक्तिहरूसँग लड्न सक्छ।

 पाठकहरू ८० को दसकदेखि अंग्रेजी साहित्यमा कलम चलाउने लेखकहरूको आनीबानी र तिनका शैलीबारे केही मात्रामा भए पनि परिचित हुन्छन्। कति लेखकहरू रुस्दीसँग पूर्वाग्रही भएझैं उनी पनि कम छैनन्यस मामिलामा। भारतमा उत्कृष्ट साहित्य अंग्रेजी भाषामै लेखिएका छन्जत्तिको बलियो अरू भारतीय भाषामा लेखिएका छैनन्। यो विवादित धारणाको रुस्दीले पुस्तकमा समर्थन जनाएका छन्। रुस्दी साँच्चि नै अलि जटिल र अप्ठ्यारा मानिस पनि हुन्। एकचोटि भनेपछि भन्यो भन्यो। आत्मालोचना गर्न मन नपराउने लेखक।

संसारको सबभन्दा बलिया लेखकमध्ये एकसबैलाई पुग्नेे जोस र चिन्ता बोकेर हिँड्नेचानचुन ६६ वर्षका रुस्दी अझै पनि केही धर्मगुरु अनि अतिवादी संस्थाहरूका निशानामा छन्। उनीमाथि राखिएको फतवा अहिले पनि जारी छ। रुस्दी अहिले अमेरिकामा लेखेरै बसेका छन्। उनको चौथो जीवनसाथीसँगको सम्बन्ध पनि २००७ मा नै टुंगिइसकेको छ। लेखन कार्यलाई दिएको उनको निरन्तरता लेखकहरूले लडेका केही महŒवपूर्ण युद्धमा पर्छन्। 

लेख। लेखकहरू होलेख। भत्काओ पुराना पर्खालहरू। हल्लाऊ पुरानो धर्ती। च्यात पुराना विचारका बादल। पानी पारपानी। हिन्दुमुस्लिमक्रिश्चियनबौद्धमार्गी अनि अन्य स्वभावका धर्म अनुयायी हुनुभन्दा अगाडि हामी कथावाचकी थियौं। कथा हाम्रा लागि बाँच्ने आधार थियो। रछ। त्यसैले पनि नयाँ कथा आवश्यक छ। उज्यालोका सन्तानहरू अब धेरै भइसके। तिमीमाथि सम्पूर्ण शक्ति खनिन सक्छन्। तरस्वतन्त्र लेखनको वकालत गर्न कहिल्यै नछोड। शक्ति साधनाबाट आउँछ। लेखकले आर्जन गरेको शक्तिले सबैलाई बचाउँछ। यो पुस्तक पढेको महिनौं दिनसम्म पनि रुस्दी पाठकका मनबाट हराएर जाँदैनन्। 

सलाम रुस्दीतिमी अनि तिम्रो संघर्षपूर्ण यात्रालाई।

चाबीचालकका कथा

फर्पिङ, सेतीदेवीका राजनप्रसाद श्रेष्ठले केयुकेएलमा चाबीचालकको काम गर्न थालेको पाँच वर्ष भयो। तर, पानीको संकट बढ्दै जाँदा यही जागिर उनका लागि निल्नु न ओकल्नु बनेको छ।

माधवको सादगी

माधवको सादगी

माधवकुमार नेपाल अर्थात्, नेपाली राजनीतिका एक हस्ती। २०५६ सालको संसदीय निर्वाचन प्रायोजनका लागि तस्बिर खिच्न जाँदा उनी आफ्नो चर्चित जुँगा मिलाउँदै थिए।

मुक्तिनिम्ति ज्यानको बाजी

मुक्तिनिम्ति ज्यानको बाजी

महिलामाथि हुने चरम उत्पीडनले जयपुरी घर्तीलाई राजनीतिमा लाग्न उक्सायो। उनी जहाँ समस्या देख्थिन्, त्यसको समाधान राजनीतिले मात्र गर्न सक्छ भन्ने सोच्थिन्।पुरुषले पाँचवटीसम्म श्रीमती थुपार्थे, उनीहरुलाई कजाएर आफू मालिक बन्न खोज्थे।

गाउँले जिब्रोमा

गाउँले जिब्रोमा

स्पष्टीकरण : मलाई अंग्रेजी भाषा र साहित्यका पारखी नेपालीभाषी मित्रहरूले बारबार सुझाउनुहुन्छ– ‘तपाईंको लेखनमा प्रयोग हुने अंग्रेजी शब्दहरू गलत उच्चारणका साथ प्रयोग हुन्छन्। त्यसो नगर्नोस्! अन्याय हुन्छ।'

कवि कहिल्यै बूढो हुँदैन

कवि कहिल्यै बूढो हुँदैन

हेर्नेहरू भन्थे, 'मालती–मंगले' नाटक हेर्दा जस्तै कठोर मान्छे पनि रुन्छ। सो गीतिनाटक चितवनको नारायणगढमा पनि मञ्चन भयो। त्यतिबेला म ११–१२ वर्षको हुँदो हुँ। बासहित स्कुलबाट सबै शिक्षक जाने भए। मैले बालाई...

सडक–समन्वयको अभाव

सार्वजनिक सवारीका लागि रूट परमिट जारी गर्ने काम यातायात व्यवस्था विभागले गर्छ। तर सुन्दै अचम्म, कुन रुटमा कस्ता गाडी चल्छन्, विभागलाई नै थाहा छैन। उपत्यकाभित्रका २४ रुटमध्ये धेरैमा विभागको जानकारीबेगर...

वाग्मती मनोलग

वाग्मती मनोलग

ऊ टक्क अडियो।‘उता माथि नजाऔं!' उसले भन्यो, ‘बास बस्न बाँदरको लर्को होला।'मोबाइलको मधुरो उज्यालोले भुइँ नियाल्दै ऊ बस्यो। कोक र स्न्याक्स बोकेको प्लास्टिकको थैलो पनि दुबोमा बिसायो।

नजिकियो सदरमुकाम

नजिकियो सदरमुकाम

म्याङलुङ– तेह्रथुमलाई कोयाखोलाले दुई भागमा विभाजन गरेको थियो। राजनीतिक भागबन्डा, सामाजिक, साँस्कृतिक सम्बन्ध, आर्थिक कारोबार सबै दुईतिर थियो। कोयाखोलावारि सदरमुकामतर्फका जलजले, सिम्ले, इसिवु, सम्दु, खाम्लालुङको सम्बन्ध म्याङलुङसँग थियो।