5 Poush, 2071 |
Menu

नागरिक शनिबार

पत्रकारको डायरीबाट - कथा

  • बुधबार ३० फागुन, २०६९
  • नवराज खतिवडा
  • DISQUS_COMMENTS
(0 votes)
पत्रकारको डायरीबाट - कथा
प्यारी लक्ष्मी
जीवनभरको सम्झना!
तिमीलाई मेरा दैनिकी त्यहीँ आएर बताउने छु। यो अभागी मोफसल, यी दुर्गम जिल्ला, अत्यास र आस अनि जीवन-मृत्युको दोसाँधमा 'जीवनजस्तो बोझिलो भारी' बोकेर बाँचिरहेका यहाँका मानिस, बम-बारुदले विद्रोही र सुराकीका नाममा जीवनबाटै छुटकारा पाउनुपर्ने मानिसका कथा त्यहीँ आएर बताउने छु। हामी पत्रकारसँग यो दूरदराजमा कलमबाहेक के नै हतियार छ!
मलाई धेरै रात निद्रा परेन। आफ्नै असुरक्षाको एउटा आँधी मनभित्र मडारिएझैं लाग्थ्यो। एउटा पशुजस्तै निरीह मानिस। यमराजले नत्थी लगाएर तानिरहे जस्तो। एकलासका जंगलहरूमा। आँखामा पट्टी र मुखमा बुझो कोचिएर। बलिको बोकोलाई बरु सम्मान मिल्छ होला तर मानिसलाई मानिसले, हाय!

प्यारी, तिमीलाई के भनूँ, हिजो बेलुकी नोटबुकमा दैनिकी उतार्न बसेको थिएँ। झुन्ड्याइ मारिएका शिक्षक मुक्तिनाथ अधिकारीको दृश्य मस्तिष्कमा कोर्नु क्यामेरामा कैद गर्नभन्दा कठिन भयो। अतीतको एउटा जीवन्त तस्बिर टाँसिएर आयो। त्यही क्या, पत्रकार कृष्ण सेन 'इच्छुक' को मृत्युको दृश्य! आज यी दुई मृत्युका दृश्य र तिनका विम्ब-प्रतिविम्बका बीचमा आफूलाई विरोधाभासमा पाइरहेको छु। मृत्युहरूको साक्षी बन्न पुगेजस्तो! यो तीतो सत्यलाई मेरै आँखाले देख्नु कस्तो दुर्दान्त संयोग!

लक्ष्मी, हामी पत्रकार अर्काको मृत्युको समाचार लेखिरहेका हुन्छौं। भोलि कतै आफैं पनि...! खैर यस्तो दुस्वप्न नसोचौं अहिले।

तर, एउटा 'जोक' (यसलाई 'जोक' भनूँ कि 'आइरोनी',रियालिटी यस्तै छ) भन्छु है। हिजोको कुरा- युगबोधका सम्पादक नारायण दाइले भन्दै थिए- 'डेकेन्द्र, तिमीले कहिल्यै सोचेका छौ, हामी पनि यस्तै मृत्युपथका भाग्यमानी यात्री त बन्ने छैनौं!' मैले फ्याट्टै जवाफ दिएँ- 'अहँ, कहिल्यै पनि त्यस्तो सोचेको छैन, मेरो पनि...!'
...
चिठी पूरा गर्न नभ्याउँदै लक्ष्मीका आँखाबाट वर्षा हुन लाग्यो। आँधीले ढालेको रुखजस्तै उनी ढल्न पुगिन्। बेहोस लक्ष्मी, सुनसान कोठाको एउटा बेडमा लडिरहेकी छन्। उनको अन्तर्व्यथा कसलाई थाहा? अर्धचेतझैं छिन् उनी। हिक्क-हिक्क ध्वनि उनको कण्ठदेशबाट बाहिर आएको प्रस्ट सुनिन्थ्यो।
अपहरण भएको महिनौंपछि 'उसलाई मारिसके, किरिया गरे हुन्छ' भन्ने निचोड निकालेर विनादाहसंस्कार डेकेन्द्रको काजकिरिया गरेको पनि आज चार वर्ष बितिसकेको छ। यता डेकेन्द्रको शव उत्खनन् भएको समाचार पत्रिकाहरूमा छापिएका छन्। उत्खनन्बाट एउटा जीवनजस्तै इतिहास बोकेको अस्थिपञ्जर र हस्तीहाडनिर्मित डेकेन्द्रलाई भेट्टाइएको छ।

आजको अखबार असरल्ल लक्ष्मीको कोठमा लडिरहेको छ। उत्खनन्मा सहभागी पत्रकार जनक नेपालको 'सहकर्मीको शव खोज्दै' भन्ने रिपोर्ताज छापिएको मध्यपृष्ठ उनकै हातमा अझैसम्म पनि देख्न सकिन्थ्यो। त्यस आलेखमा डेकेन्द्रको अपहरण, यातना, मृत्यु, उनलाई जमिनमा गाडिएका कहानी र उत्खनन्सम्म उल्लेख छ।
अचेत अवस्थाकी लक्ष्मी अन्तर्लाेक यात्रा गर्न पुग्छिन्। स्वप्नमय यो यात्रामा उनले केही सहयात्रीबीच डेकेन्द्रलाई पनि देख्न पुग्छिन्।
त्यहाँ अट्टहास सुनिन्छ।

'केको हाँसो हो यस्तो?' ज्ञानेन्द्र खड्काले ती दुई भाइलाई हपार्छन् ।

जवाफमा वीरेन्द्र साहले कटाक्ष गरे- 'नेपालमा मानवअधिकारका कागजी कानुन र त्यसका धारा-उपधारालाई देखेर हाँसेको नि! पत्रकार भनिनेहरूको अन्तर्राष्ट्रिय अधिकार अनि त्यसका दफा-उपदफाका गर्व गर्नलायक अनुहारलाई देखेर हाँसेको! राज्यको अंग हुन पाई समाचार सम्प्रेषण गरेबापत राज्यको उन्नतिमा अतुलनीय योगदान पुर्या उनेमध्येको एक-एकजनाभित्र पर्न सफल भएर त्यसको उचित पारितोषिक पाइएकामा खुसी व्यक्त गर्न कुनै शब्द पनि बाँकी नरहेकाले हाँस्नु परेको नि...! बुझ्दैनौ यति जाबो कुरा पनि, हा...हा...हा...!'
त्यहाँ मानौं लाफ्टर थेरापी चल्दैछ। उनीहरू कहिल्यै हाँस्न नपाएको धोको आज पूरा गर्दैछन्।

मुक्तिनाथ अधिकारी, कृष्णमोहन श्रेष्ठ, कृष्ण सेन 'इच्छुुक', काजोल खातुनलगायत मुहारहरू हाँसोमा सहभागी थिए। निर्धक्क हाँसिरहेका।

कोही 'स्वर्ग साहित्य यात्रा' भन्ने साहित्यिक पत्रिका निकाल्ने कुरा गर्दै थिए। कोही 'स्वर्गपथ राष्ट्रिय दैनिक' त कोही भन्दै थिए, 'स्वर्गगमन रहस्य एफएम थाउजेन्ड मेगाहर्ज' को भव्य समुद्घाटन गर्न नेपालदेखि कुनै महान् अग्रगामी शीर्ष नेतालाई निम्तो पठाउनुपर्छ।'

त्यो दृश्य लक्ष्मीलाई अनौठो लागिरहेको थियो। मनमोहक बगैंचाभित्र रमाइलो बहसमा सामेल हिजोका जीवन्त पात्रलाई यस्तो अवस्थामा पाउँदा उनलाई आश्चर्य लाग्नु अस्वाभाविक थिएन। ती पात्र र तिनका क्रियाकलापलाई नियाल्न उनी अझ नजिक पुगिन्।

वीरेन्द्र साहको वाचनसँगै अघिको उन्मुक्त सभा स्थिर-स्तब्ध हुन पुग्यो। उनले भन्न थाले- 'ज्ञानेन्द्र! जीवन संगिनी र सन्तानसामु तिम्लाई सेरेर हत्या गरिएको खबरले पूरै देश स्तब्ध थियो त्यतिखेर। इराकमा नेपालीहरू रेटिएजस्तै आफ्नै देशमा आफ्नैद्वारा मारिएको त्यो निर्मम खबर! त्यतिखेर म तिम्रो मृत्युको समाचार पत्रपत्रिकामा हेर्दै आफ्नो असुरक्षित कलमलाई सहानुभूति दिँदै कति दिन अमिलो मन लिएर तिम्रो श्रद्धाञ्जलि सभामा एक थुंगा फूल लिएर पुगेको हुन्थें। समय बित्दै गयो। यस्ता 'कलम' र 'तारा' उल्कापातसँगै गिर्दै गरेका समाचार पनि छापिँदै गए। कति बेपत्ता पारिए। धेरैभन्दा धेरै कसले भ्याउने भनेर राज्य र विद्रोही भनाउँदा पक्षहरूको क्रम जारी थियो।

एकदिन- अनायास डेकेन्द्रलाई 'सोधपुछ' गर्नुछ भनेर लगिएको बारे समाचार छापियो। मैले सम्झें- हिजोका दिनमा अरूको अपहरण र मृत्युको समाचार सम्प्रेषण गरिदिने उसको पनि कसैले दैनन्दिन टिपोट गरिदिए हुन्थ्यो! उसको भन्नु नै के छ र। कसले, कहिले, कतिबजे, कहाँबाट, कतातिर र किन लगे भनेर पाइलैपिच्छेका खबर उसले न टिप्न पाउँथ्यो न मोबाइल गरेर कुनै मिडियामा फ्ल्यास गर्न नै! केही दिनपछि (अर्थात् कतिलाई त ठानिएको अपराधको प्रकृति हेरी मानवअधिकारवादीका रोहबरमा छोडेका छन्, ऊ त पत्रकार हो, अब त छुटाउलान् भन्ने आश पनि मरिसकेपछि) अब पक्कै पनि छिनोफानो हुनेछ। कति यातना खाइरहेको हुँदो हो उसले। अब अमरत्वको वरदान दिन्छन् होला! तर उसका ती अमर गाथालाई लेखिदिएर कसैले इतिहासचाहिँ सुरक्षित (जीवन असुरक्षित भए पनि) गरिदिए हुन्थ्यो भन्ठानंे।

मलाई धेरै रात निद्रा परेन। आफ्नै असुरक्षाको एउटा आँधी मनभित्र मडारिएझैं लाग्थ्यो। एउटा पशुजस्तै निरीह मानिस। यमराजले नत्थी लगाएर तानिरहे जस्तो। एकलासका जंगलहरूमा। आँखामा पट्टी र मुखमा बुझो कोचिएर। बलिको बोकोलाई बरु सम्मान मिल्छ होला तर मानिसलाई मानिसले, हाय! जता भन्यो त्यतै, जे भन्यो त्यही, जसो गर्योय उसै सहनुपर्दा त्यो मान्छेले आफ्ना को को सम्झँदो होला त्यतिबेला? पहिले त ऊ लागेको पार्टी वा संस्था सम्झँदो हो। उसको गुहार पार्टी वा संस्थाले नसुनेपछि आफूले चिनेजानेका मान्छे सम्झँदो हो। तिनले पनि नसुनेपछि आफ्नो घर-परिवार सम्झँदो होला। अन्तरमनको त्यो सुदूर पुकार आफ्ना परिवारले पनि नसुनेपछि प्रेमिका वा पत्नी सम्झँदो हो। त्यसरी नै छोराछोरी सम्झँदै बिलाउँदै गएको ऊ पाउँदो होला। जीवन-मरणको दोसाँधमा उभिएको त्यस्तो व्यक्तिको आशाका सबै त्यान्द्रा चुँडिएपछि भीरबाट खस्नै लागेको फर्सीजस्तै, डुब्नै लागेको मानिसजस्तै, नितान्त एक्लो बनेको महसुस गर्दाे होला। न कुनै भगवान् आउँछ कि भन्ने आसमा बाँकी जीवनले मानौं आसन्न अवश्यम्भावी मृत्यु-काललाई नै पर्खंदोे होला। आँखामा पट्टी र मुखमा बुझो खाँदिएका सबैको दशा यस्तै हुन्छ भन्ठान्दै जीवनको त्यो अन्तिम क्षणमा आफ्नी जन्मदातृ आमालाई सम्झेर धुरुधुरु रुँदो होला ऊ। डाँको छाडेर रुन पनि नपाएपछि आँसुमात्र झार्दाे हो। त्यसपछि पनि जब मृत्युकै कमान्डरसरह बनेको कसैले 'रुन्छस्' भनेर रुन पाउने अधिकार पनि छिनालिदिएपछि पागल बनेर हाँस्तो हो। जब 'हाँस्छस् साले' को ललकारले उसको अन्तरहृदयको रसातलमै घोचेपछि आफ्नो गर्भदेखिको बल, निडरता, आक्रोश अनि पराक्रम निकालेर सत्य र न्यायका लागि आफैं बलिदानी हुन तयार भई 'ठोक नरपिशाच गोली यही छातीमा' भन्दो हो। भयंकर वीरता, अपूर्व साहसको शिखरमा चढेर कायरहरूलाई हाँक दिँदो हो, त्यतिबेला। न्याय नै मर्न थालेपछि न्याय बचाउन त्यतिखेर हर सच्चा मानिस शहीद हुन तयार हुन्छ भनेको सत्य यतिखेरै चरितार्थ हुन्छ होला। अमर शहीद बन्न तयार हुने तिमी हाय वीर ...!'
यो सुनिरहेका ज्ञानेन्द्र खड्का आफ्नो त्यतिबेलाको दृश्य सम्झेर झस्किरहेका थिए। वीरेन्द्रको वर्णन भने रोकिएको थिएन।

'हेर डेकेन्द्र, जब मैले पनि तिम्रोजस्तै हालतको भागी बन्ने सौभाग्य प्राप्त गरंे, अनायास सोधपुछ नामको न्यायिक पुर्जी-पासपोर्ट पाएँ, अपहरणमा परें। कृपया उसलाई जीवनको भिक्षा देऊ भन्ने लाखौं मानिस र राष्ट्रिय, अन्तर्राष्ट्रिय संंस्था-व्यक्तिका आवाज पनि क्षीण भयो- जब मलाई मारिदिए, तबमात्र अमर भएको महसुस गरंे। ती बहादुरलाई धन्यवाद नदिई कसरी रहँू!

हो, यतिखेरै म मेरो मृत्युको मूल्य खोजिरहेछु। म किन मारिएँ? त्यसको अर्थ पुष्टि नभएको देखेर मेरो मृत्युप्रति पश्चाताप भइरहेको छ। हामीलाई मारेपछि उनीहरूले के पाए? सत्ता? इमान्दारिता बेचेर सत्तासीन हुनुमा के गर्व हुन्छ र? किन ढाँटछ्न देश र जनतालाई उनीहरू? देश लुट्नेलाई लुट्न दिएकै छन्। चेलीहरू लुटिएकै छन्। हामीलाई गरिएको कारबाहीपछि लुटपाट, अपहरण र हत्या रित्तिएको भए हुन्थ्यो, किन रोकिएन? सत्ताकै नाममा जनता पीडित बनिरहने कहिलेसम्म? अमन, चयन, शान्ति यही हो? लोकतन्त्रको अभ्यास यस्तै हो, जहाँ एउटा हत्यारालाई जनताले कारबाही गर्न माग गरिरहँदा सत्तासीनहरू उन्मुक्ति दिन्छन्, संरक्षण दिन्छन्, किन? देश आत्मनिर्भर बनाउन के गर्योह त हाम्रो मृत्युले? आज हरेक शहीदको मुटु यही कुराले छियाछिया हुने गरेको छ!

अब त हाम्रा हत्यारालाई विनम्रतापूर्वक भनूँ कि- हे महावीरहरू, सक्छौ भने हामीलाई एकपल्ट फेरि पनि त्यसरी नै मारिदेऊ। यसरी मारिदेऊ, अबका दिनमा कसैले, कहिल्यै पनि अस्थिपञ्जरका डेकेन्द्र र वीरेन्द्र साहहरू खोजीमर्दा भेट्न नसकुन्। सक्छौ भने, यो धर्ती र यो आकाशको आँखा छोपेर हाम्रा लासहरूलाई अनन्तमा लगेर गाडिदेऊ। हाम्रा कलमले म्युजियममा थन्किनु नपरोस्। दस हजार रुपैयाँको भारी पुनः बोक्न नपरोस्। कलमसहित गाडिएका ती लासहरू कहिल्यै नभेटिऊन् ताकि तिमीहरूलाई पछि कुनै अदालतले प्रमाण पाइयो भनी कठघरामा नउभ्याओस्!'
'शिवपुरीमा बेपत्ता पारेजस्तै हो?' 'इच्छुक' ले हाँस्दै प्रश्न गरे। 'त्यो त पत्ता नै भइहाल्यो नि!' स्मित मुस्कान दिँदै सानी काजोलले व्यंग्य गरिन्। उनले यसरी बोलिन् मानौं सभाका बाँकी सबैले भन्नै लागेको मनको कुरा उनले नै बोलिदिइन्। फेरि हाँसोको फोहोरा छुट्यो।
झल्यास्स हुन्छिन् लक्ष्मी। अब उनलाई अडेसा दिने उनको सानो छोरा र उनकी आमा गंगादेवीबाहेक कोठामा कोही पनि आउँदैन।

आँसु सकिएको सुख्खा रोदन। आवाज हराएको चित्कार। यो विलौनाको मानौं कुनै गति नै छैन। कस्ले सुन्ने? आफ्नी आमाको यो दुर्दशा देखेर उनकी सानी छोरी बोलिन्- 'आमा! हामी मात्र टुहुरा र तिमी मात्र विधवा भएका छैनौ। भोलि हामी सबैको दिन आउने छ, नरोऊ आमा, हामी छँदै छौँ नि!'
लक्ष्मी बच्चीलाई अँगालोमा कस्छिन्। एउटा सुदूर सपनालाई छोरीका आँखाका नानीभित्र नियालिरहन्छिन्।

सम्पादकको अवशान

सम्पादकको अवशान

केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये...

हिंसाको विश्वव्यापी महामारी

हिंसाको विश्वव्यापी महामारी

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला महिला हिंसाका घटना दिनहुँजसो अखबारमा आइरहेका छन्। तथ्यांक भन्छ– धेरै हिंसा परिवारका सदस्यबाटै हुने गरेको छ। अधिकारकर्मी भन्छन्– जहाँ माया र सुरक्षा हुनुपर्ने...

दशक ६० को सौन्दर्य

दशक ६० को सौन्दर्य

काठमाडौं– मदन पुरस्कार विजेता राजन मुकारुङलाई जुनसुकै साहित्य–सभा सम्मेलनमा गए पनि एकैनासका विषय सोधिँदोरहेछ– आञ्चलिक लेखन, सीमान्तकृत लेखन र साँस्कृतिक पहिचान।

नेपालको झन्डा बोकेर

नेपालको झन्डा बोकेर

सपना देख्ने मान्छे सफल हुन्छ। संघर्षका सिँढी चढ्दै चुलीमा पुग्छ। आरोही सञ्जय पण्डित सफलताका सिँढी उक्लिरहेछन्। जुलाई २० मा एल्ब्रुस टाकुरा चुमे उनले। रसियाको एल्ब्रुस युरोप महादेशकै अग्लो चुली हो।

भ्रुणहत्या

भ्रुणहत्या

म त्रि–चन्द्र क्याम्पसका कोठाकोठा चिच्याउँदै हिँडेको छु, ‘कोई हुनुन्छ? सहयोग गर्नुस् न प्लिज! ‘बी पोजेटिभ ब्लड' हुने कोई हुनुन्छ?” मेरो चिच्च्याई कोठाका भित्तामा ठोक्किँदै झ्यालबाट बाहिर उछिट्टिन्छ अनि घन्टाघरको सुईमा ठोक्किन्छ।...

युरोपले गरायो 'युटर्न'

युरोपले गरायो 'युटर्न'

'अंग्रेज बु्रअर नभई कम्पनी चलाउन नपाइने भयो, लौन खोज्न जाऔं !'काठमाडौंमा डिस्टिलरी चलाउने एकजना साथीको आग्रह टार्न नसकेर युरोप घुम्न हिँडेका वसन्तराज मिश्रको निम्ति त्यही भ्रमण जिन्दगीकै महत्वपूर्ण 'टर्निङ प्वाइन्ट'...

विपन्नका लागि ‘काल’

विपन्नका लागि ‘काल’

लहान-‘हरेक वर्ष शीतलहर किन काल बनेर आउँछ?’ गत वर्ष कठ्यांग्रिएर प्राण गुमाएका लहान– १ का डम्बर सदाकी पत्नी ठकनीले दुखेसो पोखिन्। साहु–महाजनसँग दाउरा मागेर पतिको अन्त्येष्टि गरेको त्यो दिन सम्झँदै...

पाँच करोड जिन्दावाद

पाँच करोड जिन्दावाद

‘पाँच करोड जिन्दावाद...! पाँच करोड जिन्दावाद...!' निद्रामै नारा लगाउँदै मुठ्ठी उचालेर छारेरोग लागेजसरी तन्किन थालेपछि जहानले अत्तालिँदै मलाई उठाइछन्, ‘ए बूढा के भो? किन कराएको निद्रामा? पाँच करोड चिठ्ठा परेको...